सनराइजर्स हैदरावादको अन्तिम-११ बाट डेभिड वार्नरलाई हटाउने निर्णय धेरै फ्यान र एक्स्पर्टहरुलाई समेत चित्त बुझेको छैन। वार्नरबारे धेरैले विभन्न थरि धारणा बनाइरहेका छन्। यसै बीच दक्षिण अफ्रिकी फास्ट बलर डेल स्टेनले आईपीएल २०२१ नै डेभिड वार्नरको सनराइजर्स हैदरावादमा अन्तिम सिजन हुने महसुस गरेको बताएका छन्।
वार्नरलाई आइतबार राजस्थान रोयल्स बिरुद्ध खेलमा अन्तिम-११ बाट हटाउने हैदरावाद टिम व्यवस्थापनको निर्णयले स्टेन आश्चर्यचकित भएका हुन्-
“यो अचम्मको कुरा हो कि उनि अन्तिम-११ को हिस्सा छैनन्। यो बुझ्न सकिन्छ कि आगामी सिजन टिमको कप्तानी परिवर्तन गर्दै केनलाई राखिनेछ।”
“तर डेभिड गजबको ब्याट्सम्यान हुन् र म अझै उनलाई अन्तिम-११ मा स्थान दिन्थे। मलाई लाग्छ वार्नर अरेन्ज आर्मी ( सनराइजर्स हैदरावाद ) को जर्सीमा संभवत यो नै अन्तिम पटक देखिनेछन्।” ईएसपीएन क्रिक्इन्फोसंग कुराकानीमा स्टेनले बताए।
वार्नर आईपीएल इतिहासकै सर्वाधिक सफल विदेशी खेलाडी हुन् जसले विदेशी खेलाडी मध्ये लिगमा सर्वाधिक ५ हजार ४ सय ४७ रन बनाएका छन् भने लिग इतिहासकै सर्वाधिक ५० अर्धशतक पनि आफ्नो नाम गरेका छन्। वार्नरले लिगमा सर्वाधिक तिन पटक अरेन्ज क्याप समेत जितीसकेका छन्।
टिमका अपरेसन डीरेक्टर टम मुडीले वार्नरलाई हटाउनुको पछाडी टिम सन्तुलन मिलाउने उद्देश्य बताएता पनि स्टेनले भने उक्त कुरा विश्वास गरेनन्-
“मलाई थाहा छैन यदी डेभिडले मनिष पाण्डेलाई हटाऊदा उक्त निर्णय माथि प्रश्नचिन्ह खडा गरेका थिए। मलाई लाग्छ, कहिले काहीं टिम व्यवस्थापनलाई त्यो कुरा सैह्य हुँदैन। एउटा कप्तान जो मैदानमा जाने गर्छ उसलाई टिमको मालिकत्व दिन जरुरि हुन्छ।”
“बन्द कोठा भित्र पक्कै केहि हुँदैछ जसको बाहिर कसैलाई सुइँको समेत छैन।”
वार्नरलाई कप्तानीबाट हटाउनु अघि हैदरावादले ६ मध्ये ५ खेलमा हार बेहोरेको थियो। अर्कोतर्फ वार्नर छिटो रन बनाउन सकेट असफल हुँदा आएका थिए। उनले ६ खेलमा २ अर्धशतक मद्दतले १९३ रन बनाउदा स्ट्राइक रेट मात्र ११०.२८ रहेको छ। तर वार्नरको स्ट्राइक रेटको संघर्ष मात्रै उनलाई आइतबार अन्तिम-११ बाट बाहिर राख्नुको कारण थिएन। अर्को कारण वार्नरको हैदरावादको थिंक ट्यांकसंग विवाद भएको बुझ्न सकिन्छ।
हैदरावादको अघिल्लो खेलमा मनिष पाण्डेलाई अन्तिम-११ मा समाबेश नगरेपछि वार्नरले पाण्डेलाई हटाउनुको पछाडि आफ्नो नभई छनौटकर्ताको हात रहेको र उक्त निर्णय कठोर भएको बताएका थिए। वार्नरले खुलेआमरूपमा भनेको उक्त कुराले टिमको व्यवस्थापन र वार्नर बीचको सम्बन्ध प्रस्ट झल्किन्थ्यो।
तर अब सम्पूर्ण विवादहरु छताछुल्ल भइसकेको छ र स्पस्ट देखिन्छ कि वार्नर र सनराइजर्स हैदरावादको सम्बन्ध आगामी दिनमा सहज रुपमा अघि बढ्ने देखिदैन।
धेरैले पढेको
https://wicketnepal.com/kane-wiliamson-rashid-spell-wn21/
https://wicketnepal.com/pbks-vs-dc-29th-m-rep-wn21/
https://wicketnepal.com/susta-suruwat-harko-karan-rcb-wn21/