टेस्टमा ठुलो किर्तिमान नजिक स्टेन

  • विकेटनेपाल, पौष १० – मंगलबार

दक्षिण अफ्रिकाले बक्सिंग डेमा पाहुना टिम पाकिस्तान बिरुद्द ३ टेस्ट खेलको सिरिजको सुरुवात गर्दैछ। खेल सुपरस्पोर्ट्स पार्क सेन्चुरियनमा स्थानीय समय बिहान १० बजे ( नेपाली समय १:४५ बजे दिउसो ) सुरु हुनेछ।

बुधबार सुरु हुने पहिलो टेस्टमा दक्षिण अफ्रिकी बलर डेल स्टेन आफ्नो देशको लागि सबैभन्दा सफल टेस्ट खेलाडी बन्ने उदेश्य सहित मैदानमा उत्रने छन्। टेस्ट क्रिकेटमा ४२१ विकेट लिईसकेका स्टेनले अब मात्र १ विकेट लिंदा उनि दक्षिण अफ्रीकाको लागि टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलर बन्ने छन्। ४२१ विकेटसंगै स्टेन पुर्व दक्षिण अफ्रिकी महान क्रिकेटर शन पोलक स्टेनसंग बराबरीमा छन्।

“मात्र १ विकेट हैन, म भित्र अझ धेरै विकेट छ ” स्टेनले टेस्ट अघि बताएका छन् “मैले आफुलाई मात्र १ विकेट लिन तयार गरेको छैन। मेरो त्यो भन्दा अझ ठुलो उद्देश्य छ”

३ टेस्टको सिरिजमा स्टेनसंग पोलक मात्रै हैन धेरै विकेट लिने सुचीमा उनि भन्दा थोरै माथि रहेका रिचर्ड हेड्ली ( ४३१ विकेट ) , स्टुवार्ट ब्रड ( ४३३ विकेट ) , रंगना हेराथ ( ४३३ विकेट ) लाई पनि उछिन्ने मौका रहेको छ।

सन् २०१५ जुलाईमानै आफ्नो टेस्ट करियरको ४०० औं टेस्ट विकेट लिएका स्टेनले छिट्टैनै उक्त किर्तिमान आफ्नो नाममा लेखाउने आंकलन गरिएको थियो। तर लगातारको चोटले कतै उनको करियरनै धरापमा पर्दा ४०० देखि ४२२ सम्म पुग्न उनलाई ३ बर्ष बढी समय लाग्यो।

“मलाई पनि लाग्छ केहि राम्रो कुरा हुँदैछ, यदी म सफल हुन्छु भने यो रेकर्ड सम्म पुग्न निकै लामो समय लागेको छ। मलाई गर्व महसुस हुनेछ तर म पुनः अर्को गन्तव्यतर्फ लाग्नेछु” स्टेनले बताएका छन्।

सन् २०१६ मा अस्ट्रेलिया बिरुद्द वेस्टर्न अस्ट्रेलिया क्रिकेट एकेडेमीको मैदानमा भएको टेस्ट खेलमा करियरनै खतरामा पर्ने गरि स्टेनको हातमा चोट लागेको थियो। उक्त चोटले पिरोलिएका स्टेनलाई पुनः देशको जर्सीमा फर्किन करिब १४ महिना लाग्यो। उमेरले ३५ नाघेका स्टेनले सन् २००४ मा इंग्ल्याण्ड बिरुद्ध टेस्टमा डेब्यु गरेका थिए। एकदिवसीयमा सन् २००५ मा डेब्यु गरेका उनले १२१ खेलमा १९२ विकेट लिएका छन्।

दक्षिण अफ्रिकाको लागि टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट:

डेल स्टेन: ८८ खेल – ४२१ विकेट , शन पोलक : १०८ खेल – ४२१ विकेट , मखाया एन्टिनि : १०१ खेल – ३९० विकेट , एलेन डोनाल्ड: ७२ खेल – ३३० विकेट , मोर्ने मोर्केल: ८६ खेल – ३०९ विकेट

टेस्ट क्रिकेटमा ४०० विकेट भन्दा धेरै विकेट लिने बलरहरु :- 

१. मुथैया मुरलीधरन ( श्रीलंका ) – ८०० विकेट , २. शेन वार्न ( अस्ट्रेलिया ) – ७०८ विकेट , ३. अनिल कुम्बले ( भारत ) – ६१९ विकेट ,
४.
जेम्स एण्डरसन ( इंग्ल्याण्ड ) – ५६५ विकेट , ५. ग्लेन म्याकग्राथ ( अस्ट्रेलिया ) – ५६३ विकेट, ६. कर्टनि वाल्स ( वेस्ट इन्डिज ) – ५१९ विकेट, ७. कपिल देब ( भारत ) – ४३४ विकेट, ८. रंगना हेराथ ( श्रीलंका ) – ४३३ विकेट, ९. स्टुवार्ट ब्रड ( इंग्ल्याण्ड ) – ४३३ विकेट,
१०. सर रिचर्ड हेडली ( न्युजिल्याण्ड ) – ४३१ विकेट, ११. डेल स्टेन ( दक्षिण अफ्रीका ) – ४२१ विकेट, १२. शन पोलक ( दक्षिण अफ्रीका ) – ४१७ विकेट ,१३. हरभजन सिंह ( भारत ) – ४१७ विकेट, १४. वासिम आक्रम ( पाकिस्तान ) –  ४१४ विकेट ,
१५. कर्टलि एम्ब्रोस ( वेस्ट इन्डिज ) – ४०५ विकेट

दक्षिण अफ्रिकाको टिम:

Faf du Plessis (c), Quinton de Kock (wk), Dean Elgar, Aiden Markram, Theunis de Bruyn, Hashim Amla, Temba Bavuma, Keshav Maharaj, Kagiso Rabada, Dale Steyn, Duanne Olivier, Zubayr Hamza, Dane Paterson

पाकिस्तानको टिम:

Sarfraz Ahmed (c & wk), Fakhar Zaman, Imam-ul-Haq, Azhar Ali, Haris Sohail, Babar Azam, Asad Shafiq, Hasan Ali, Yasir Shah, Mohammad Amir, Shaheen Afridi, Faheem Ashraf, Shan Masood, Mohammad Rizwan





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]