स्टेन विश्वकप टिमबाट बाहिरिए, नयाँ खेलाडीले पाए मौका

२०७६ जेष्ठ २१, मंगलवार २१:०३

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकपमा कमजोर प्रदर्शन गर्ने क्रममा दक्षिण अफ्रीकाले पहिलो २ खेलमा इंग्ल्याण्ड र बंगलादेशसंग हार बेहोरीसकेको छ। २ खेलमा पराजित भएपछि सम्हालिने प्रयासमा रहेको टिमलाई अर्को दुखद समाचारले पिरोलेको छ।

स्टार तिब्र गति बलर डेल स्टेन दक्षिण अफ्रिकी टोलि बाट बाहिरिएका छन्। टिमका सबैभन्दा अनुभवी बलर चोटको कारण खेल्न नसक्ने भएका हुन्।

इन्डियन प्रिमियर लिगको दौरान काँधमा चोट लागेपछि स्टेनले विश्वकपको पहिलो २ खेल गुमाएका थिए। चोट निको हुन समय लाग्ने भएपछि स्टेनले आफ्नो नाम फिर्ता लिएका हुन्।

स्टेनको सट्टा अब टिममा अर्का तेज बलर ब्युरेन हेनड्रिक्सलाई समावेस गरिएको छ। २९ वर्षीय बायाँ हाते पेसर हेनड्रिक्सले यसै वर्ष जानकारीमा पाकिस्तान बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए जुन क्रममा २ खेलमा १ विकेट लिएका थिए।

प्रतियोगिता अन्तर्गत दक्षिण अफ्रीकाले तेश्रो खेलमा भारतसंग बुधबार खेल्दैछ। भारतसंगको खेल अघि अभ्यास सत्रमा सहभागी हुँदा स्टेन खेल्न सक्ने अनुमान गरिएपनि त्यसो हुन सकेन।

अर्का दक्षिण अफ्रिकी बलर लुंगी एनगिडी पनि मांसपेसीको खिचावको कारण १० दिन टिमबाट बाहिर रहने छन्।

३५ वर्षीय स्टेनले दक्षिण अफ्रीकाको लागि १२५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै १९६ विकेट लिएका छन्। यस्तै ९३ टेस्टमा ४३९ विकेट र ४४ टि-२० मा ६१ विकेट समेत लिएका छन्।

दक्षिण अफ्रिकी टिम : हाशिम अमला, क्विन्टन डीकक, फाफ डु प्लेसिस ( कप्तान ) , रस्सी भान डर दुस्सेन, जेपी डुमिनि, डेभिड मिलर, एन्डीले फेलुक्वायो, ड्वेन प्रिटोरिअस, कागीसो रबाडा, लुंगी एनगीडी, इमरान ताहिर, एडेन मारक्रम, ताब्रिज शाम्सी, क्रिस मोरिस, ब्युरन हेनड्रिक्स

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy