डेल स्टेनद्वारा सन्यास घोषणा

विश्व क्रिकेटका महान फास्ट बलर डेल स्टेनले सबै किसिमको क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।

३८ वर्षीय दक्षिण अफ्रिकी खेलाडीले १७ वर्षीय करियरको अन्त्य ट्वीटर पोस्ट मार्फत गरेका हुन्।”जुन खेललाई म सर्वाधिक मन पराउछु त्यो खेलबाट म अधिकारिक रुपमा खेल सन्यास लिंदैछु। तितो र मिठो तर धन्य छु। धन्यवाद सबैलाई, मेरो परिवार र साथी खेलाडीहरु, पत्रकार, फ्यानहरुलाई यो यात्रामा साथ दिनु भएकोमा।” स्टेनले लेखेका छन्।

देशको लागि ९३ टेस्ट, १२५ एकदिवसीय र ४७ टि-२० खेलेका स्टेन अब दक्षिण अफ्रिकी जर्सीमा देखिने छैनन्। उनले टेस्टमा ४३९, एकदिवसीयमा १९६ र टि-२० मा ६४ विकेट लिएका थिए।


आफ्नो गति र स्विंगको लागि विश्वप्रसिद्ध बलरले अस्ट्रेलिया बिरुद्ध अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेलेका थिए। घरेलु टि-२० सिरिजमा उनले गत वर्ष २०२० फेब्रुअरीमा अन्तिम पटक खेल खेलेका थिए। उनि २०१९ एकदिवसीय विश्वकप अघि घाइते भएपछि प्रतियोगिताबाट बाहिर भएका थिए। त्यसपछि उनले टेस्ट र एकदिवसीयबाट सन्यास घोषणा गरेका थिए। स्टेन २०१० देखि २०१३ सम्म टेस्ट नम्बर-१ बलर रहेका थिए जो २०१५ मा पुनः नम्बर-१ स्थानमा पुगेका थिए।

सन् २००४ डिसेम्बरमा इंग्ल्यान्ड बिरुद्ध टेस्ट डेब्यु गरेका स्टेनले २००५ मा एसिया-११ बिरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। २०१९ मा श्रीलंका बिरुद्ध खेलिएको एकदिवसीय उनको करियरको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय रह्यो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy