डेल स्टेनद्वारा सन्यास घोषणा

विश्व क्रिकेटका महान फास्ट बलर डेल स्टेनले सबै किसिमको क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।

३८ वर्षीय दक्षिण अफ्रिकी खेलाडीले १७ वर्षीय करियरको अन्त्य ट्वीटर पोस्ट मार्फत गरेका हुन्।”जुन खेललाई म सर्वाधिक मन पराउछु त्यो खेलबाट म अधिकारिक रुपमा खेल सन्यास लिंदैछु। तितो र मिठो तर धन्य छु। धन्यवाद सबैलाई, मेरो परिवार र साथी खेलाडीहरु, पत्रकार, फ्यानहरुलाई यो यात्रामा साथ दिनु भएकोमा।” स्टेनले लेखेका छन्।

देशको लागि ९३ टेस्ट, १२५ एकदिवसीय र ४७ टि-२० खेलेका स्टेन अब दक्षिण अफ्रिकी जर्सीमा देखिने छैनन्। उनले टेस्टमा ४३९, एकदिवसीयमा १९६ र टि-२० मा ६४ विकेट लिएका थिए।


आफ्नो गति र स्विंगको लागि विश्वप्रसिद्ध बलरले अस्ट्रेलिया बिरुद्ध अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेलेका थिए। घरेलु टि-२० सिरिजमा उनले गत वर्ष २०२० फेब्रुअरीमा अन्तिम पटक खेल खेलेका थिए। उनि २०१९ एकदिवसीय विश्वकप अघि घाइते भएपछि प्रतियोगिताबाट बाहिर भएका थिए। त्यसपछि उनले टेस्ट र एकदिवसीयबाट सन्यास घोषणा गरेका थिए। स्टेन २०१० देखि २०१३ सम्म टेस्ट नम्बर-१ बलर रहेका थिए जो २०१५ मा पुनः नम्बर-१ स्थानमा पुगेका थिए।

सन् २००४ डिसेम्बरमा इंग्ल्यान्ड बिरुद्ध टेस्ट डेब्यु गरेका स्टेनले २००५ मा एसिया-११ बिरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। २०१९ मा श्रीलंका बिरुद्ध खेलिएको एकदिवसीय उनको करियरको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय रह्यो।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]