झापामा दुइ दिवसीय सन्बी दमक सुपर लिग आयोजना हुने

२०७६ फाल्गुन १५, बिहीबार २०:३४

दमकमा चैत २९ देखि बैशाख १३ गते सम्म सन्बी अन्डर-१६ दमक सुपर लिग आयोजना हुने भएको छ। आयोजक दमक क्रिकेट क्लबले प्याटृयोटिक कृकेट ट्रेनिङसंगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगिता दुइदिवसिय फर्म्याटमा आयोजना हुनेछ जसमा कुल ६ टिम सहभागी हुनेछन्। प्रतियोगितामा ७ खेल हुनेछन् र १५ दिनको हुनेछ।

प्रतियोगितालाई सन्बीले मुख्य प्रायोजन गरेको छ। यस्तै प्रतियोगिताको ब्रान्ड एम्बासडर पारस खड्का हुने ट्रेनिङ सेन्टरका सचिब दिपेश रिमालले जानकारी गराए।

प्रतियोगितामा आयोजक दमक प्यट्रोयोटिक, सुनसरी जिल्ला कृकेट संघ, बिराटनगर कृकेट क्लब र एकेडेमी, ग्रेट हिमालयन कृकेट एकेडेमी, ओएसिस कृकेट एकेडेमी भाग लिने छन्। एउटा भाग लिने टिमको भने टुंगो लागेको छैन।

यो प्रतियोगिता हाम्रो नगरमै हुनु पर्छ भन्ने हेतुले हुम्से दुम्से सामुदायिक वनको खेल मैदानको स्तरोन्नतिको लागि दमक नगरपालिकालाई प्रस्ताव राखेको कुरा क्लबका अध्यक्ष अबिश खनालले जानकारी दिए।

प्रतियोगिता १५ दिन सम्म चल्नेछ र प्रत्येक दिन उपस्थिति भएका एक जाना दर्शक बराबर रु.१ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई प्रदान गर्ने कुरा सेन्टरका अध्यक्ष रोशन धितालले जानकारी गराए। प्रतियोगिता भरी मैदानमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको लागि डोनेसन बक्स राखिनेछ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अबिश खनाल, सेन्टरका अध्यक्ष रोशन धिताल, सचिब दिपेश रिमाल, उपाध्यक्ष प्रनिता पोख्रेल, सेन्टरका हेड कोच तथा पुर्ब अन्तर्राष्ट्रिय खेलाडि लाक्पा लामा उपस्थित थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy