झापामा दुइ दिवसीय सन्बी दमक सुपर लिग आयोजना हुने

दमकमा चैत २९ देखि बैशाख १३ गते सम्म सन्बी अन्डर-१६ दमक सुपर लिग आयोजना हुने भएको छ। आयोजक दमक क्रिकेट क्लबले प्याटृयोटिक कृकेट ट्रेनिङसंगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगिता दुइदिवसिय फर्म्याटमा आयोजना हुनेछ जसमा कुल ६ टिम सहभागी हुनेछन्। प्रतियोगितामा ७ खेल हुनेछन् र १५ दिनको हुनेछ।

प्रतियोगितालाई सन्बीले मुख्य प्रायोजन गरेको छ। यस्तै प्रतियोगिताको ब्रान्ड एम्बासडर पारस खड्का हुने ट्रेनिङ सेन्टरका सचिब दिपेश रिमालले जानकारी गराए।

प्रतियोगितामा आयोजक दमक प्यट्रोयोटिक, सुनसरी जिल्ला कृकेट संघ, बिराटनगर कृकेट क्लब र एकेडेमी, ग्रेट हिमालयन कृकेट एकेडेमी, ओएसिस कृकेट एकेडेमी भाग लिने छन्। एउटा भाग लिने टिमको भने टुंगो लागेको छैन।

यो प्रतियोगिता हाम्रो नगरमै हुनु पर्छ भन्ने हेतुले हुम्से दुम्से सामुदायिक वनको खेल मैदानको स्तरोन्नतिको लागि दमक नगरपालिकालाई प्रस्ताव राखेको कुरा क्लबका अध्यक्ष अबिश खनालले जानकारी दिए।

प्रतियोगिता १५ दिन सम्म चल्नेछ र प्रत्येक दिन उपस्थिति भएका एक जाना दर्शक बराबर रु.१ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई प्रदान गर्ने कुरा सेन्टरका अध्यक्ष रोशन धितालले जानकारी गराए। प्रतियोगिता भरी मैदानमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको लागि डोनेसन बक्स राखिनेछ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अबिश खनाल, सेन्टरका अध्यक्ष रोशन धिताल, सचिब दिपेश रिमाल, उपाध्यक्ष प्रनिता पोख्रेल, सेन्टरका हेड कोच तथा पुर्ब अन्तर्राष्ट्रिय खेलाडि लाक्पा लामा उपस्थित थिए।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]