क्यान प्रदेश-१ अध्यक्षमा डन्डु शेर्पा निर्विरोध, पर्सा जिल्लामा दाउद

नेपाल क्रिकेट संघ प्रदेश-१ को अध्यक्षमा मिंग्मा डन्डु शेर्पा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्षमा उम्मेदवारी दिएका विप्लव घोसले अन्तिम समयमा नाम फिर्ता लिंदा शेर्पा निर्विरोध चयन भएका हुन्।

शेर्पाको नेतृत्वमा १३ सदस्यीय कमिटि चयन भएको छ। उपाध्यक्षमा नविन घिमिरेले सुनिल कार्कीलाई पराजित गरे। राष्ट्रिय क्रिकेट टिमका पुर्व विकेटकिपर ब्याट्सम्यान तथा हाल नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल सचिव चयन भएका छन्। कोषाध्यक्षमा विरू श्रेष्ठ रहेका छन्।

को हुन् शेर्पा ? 

अध्यक्ष मिंग्मा डन्डु शेर्पा नेपाल क्रिकेट संघका पुर्व सीओओ  तथा पोखरा प्रिमियर लिग आयोजक छुम्बी लामाका दाई हुन्। शेर्पा योंग कम्युनिष्ट लिग वाइसीएल नेपालका केन्द्रिय सचिव हुन् तथा नेकपाका प्रदेश-१ कमिटि सदस्य समेत हुन्।

शेर्पा आफ्नै भाइ छुम्बी लामा तथा राष्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्का र उप-कप्तान ज्ञानेन्द्र मल्ल संलग्न रहेको क्विन्स इभेन्ट्सले आयोजना गर्ने पोखरा प्रिमियर लिगको टिम चितवन राइनोजको प्रवन्ध निर्देशक समेत हुन्। उक्त टिमको कप्तान पारस खड्का रहेका थिए। यस्तै क्विन्सले घोषणा गरेको वुमेन्स च्याम्पियन्स लिग टि-२० का समेत शेर्पा मालिक हुन्।

प्रदेश-१ कै ताप्लेजुङका स्थानीय बासिन्दा शेर्पाले निर्वाचित भएपछि क्रिकेट विकासको लागि काम गर्ने बताएका छन्। प्रदेश-१ मा झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर गरि ५ वटा जिल्ला क्रिकेट संघ रेहका छन्। शेर्पाले प्रदेशका अन्य जिल्लालाई समेत प्रदेशमा जोड्ने बचनबद्धता व्यक्त गरेका छन्।

पारस खड्का र ज्ञानेन्द्र मल्लसंग अध्यक्ष शेर्पा। उनि पिपिएल टिम चितवनका प्रवन्ध निर्देशक समेत हुन्  ( फोटो – डन्डु शेर्पाको फेसबुक )

“‘प्रदेश १ मा क्रिकेटको विस्तार र विकासका लागि मेरो नेतृत्वको टोलीले भरपुर काम गर्नेछ । यस क्षेत्रमा रहेका संभावित जिल्लाहरुमा हामी क्रिकेट संघसँग थप जिल्लाहरुलाई आवद्ध गराउने छाैं । अहिले प्रदेश १ मा ५ जिल्लामा मात्रै क्रिकेट संघमा जोडिएका छन् । मेरो कार्यकाल भरमा सम्पूर्ण प्राविधिक कामका साथै क्रिकेट विकासका लागि थप पहल गर्नेछु ।’ अध्यक्ष शेर्पाले लुम्बिनी भ्वाइससंगको अन्तर्वार्तामा बताएका छन्।

पर्साको अध्यक्षमा दाउद

आजै सम्पन्न पर्सा जिल्ला क्रिकेट संघको निर्वाचनले दाउद अन्सारीलाई अध्यक्ष चयन गरेको छ। संघको कार्यसमितिमा उपाध्यक्ष मुर्तुजा हवारी, सचिवमा सतिश सिंह राजपुत तथा कोषाध्यक्षमा बाबुजान अन्सारी रहेका छन्। कुल ३९ वटा जिल्ला क्रिकेट संघहरु मध्ये अब निर्वाचन हुन काठमाडौँ मात्रै बाँकी रहेको छ।

जिल्लाको निर्वाचन पछि प्रदेशको निर्वाचन हुँदै केन्द्रको चुनाव सम्पन्न भएमा नेपाललाई आईसीसीले लगाएको प्रतिबन्ध फुकुवा हुनेछ। प्रदेश-१ भन्दा अघि सुदुरपश्चिम प्रदेशको निर्वाचनबाट हरि रेग्मी अध्यक्ष चयन भइसकेका छन्। भदौ महिनामा प्रदेश-५ , प्रदेश-२ को पनि साधारणसभा सम्पन्न हुने बताईएको छ।

क्यानको केन्द्रिय साधारणसभाको लागि असोज ३ र ४ गते गर्न स्वतन्त्र समितिले प्रस्ताव गरेको बताईएको छ।

नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो। त्यस बेला नेपाल क्रिकेट संघले साधारणसभा गर्दै चतुरबहादुर चन्दलाई अध्यक्ष चुनेको थियो। त्यसलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता नदिंदै परिषदले रमेश सिलवाललाई ( हाल राखेपको सदस्य सचिब ) अध्यक्ष बनाएर क्यानको अर्को तदर्थसमिति बनाएको थियो। उक्त तदर्थ समिति बिरुद्ध निर्वाचित क्रिकेट संघले २०७२ मङ्सिरमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो।





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]