थाईल्याण्डमा सफल योंगस्टार क्लबलाई दांग क्रिकेट लभर्सको सम्मान

Monty Desai

यसै हफ्ता थाईल्याण्डको सफल भ्रमण गरेको दांगको योंगस्टार युवा क्लब क्रिकेट टिमलाई ‘क्रिकेट लभर्स अफ दांगले’ बुधबार सम्मान गरेको छ l

थाईल्याण्ड क्रिकेट एसोसिएसनको टिमसंग खेलेको ३ मध्ये २ वटा खेलमा बिजयी योंगस्टार टिमले सिरिज आफ्नो पक्षमा पार्दै भ्रमण सफल बनाएको थियो l टिमले थाईल्याण्डमा खेलेको एउटा ५० ओभरको र दूइवटा टि-२० खेल मध्ये दुवै टि-२० खेलमा ठुलो अन्तरको जित हात पारेको थियो भने ५० ओभरको खेलमा पराजित भएको थियो l

नेपाली क्रिकेटमै दुर्लभ जस्तो क्लबको विदेश भ्रमणमा सफलता पाएको नेपाली टिमले समग्र देशको र दांगको नाम उचो पारेको भन्दै क्रिकेट लभर्स दांगले सम्मान गरेको हो l

ब्यबसायी अनिल बस्नेतको सभापतित्व रहेको कार्यक्रम पुर्ब रास्ट्रिय खेलाडी मनोज वैश्य, राखेप काठमाडौँ जिल्ला कोषाध्यक्ष केशब श्रेष्ठ, राप्ति समाजका पुर्ब अध्यक्ष गोपाल बस्नेत लगायतको बिशेष आतिथ्यमा सम्पन्न भएको थियो l img_9570

कार्यक्रममा बोल्दै योंगस्टार क्रिकेट टिमका कप्तान रुपेश शर्माले देशको लागि खेल्न नपाए पनि क्लबको लागि खेलेर पनि देश र आफ्नो ठाउँको नाम उँचो पार्न पाएकोमा गर्ब गरेको बताउनुभयो l उनले प्रतियोगिताको पहिलो खेलमा खेलाडीहरु नर्भस भएर हार बेहोर्नु परेपनि त्यसपछि टिम एकजुट भएर खेल्दै दुवै खेलमा विजय हात पार्न सकेको बताए l

img_9606

कार्यक्रमको सुरुवात मेट्रोतरकारी ( metrotarkari.com ) का कार्यकारी अधिकृत समेत रहनुभएका ब्यबसायी अनिल बस्नेतले खेलाडीको स्वागत गर्दै गर्नुभएको थियो l त्यसपछि दांगकै रास्ट्रिय क्रिकेटर मनोज वैश्य, राप्ती समाजका गोपाल बस्नेत, राखेप जिल्ला कोषाध्यक्ष केशब श्रेष्ठ लगाएतले खेलाडीहरुको प्रदर्शनको तारिफ गर्दै दांग र समग्र देशकै नाम उँचो भएको बताउनुभयो l

खेलाडीहरुको सम्मान कार्यक्रम पछि बचेको रु. १० हजार रुपैया समेत क्रिकेट लभर्स दांगले कार्यक्रममा योंगस्टार क्लबलाई प्रदान गरेको थियो l

२०५२ सालमा दांगमा स्थापना भएको योंगस्टार क्लबले लगातार रुपमा प्रतियोगिताहरु आयोजना गर्दै र सहभागी हुँदै आएको छ l रास्ट्रिय क्रिकेट टिमका पुर्ब विकेटकिपर-ब्याट्सम्यान मनोज वैश्य क्लबकै उत्पादन हुन् l

सम्बन्धित :- 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]