थाईल्याण्डमा सफल योंगस्टार क्लबलाई दांग क्रिकेट लभर्सको सम्मान

यसै हफ्ता थाईल्याण्डको सफल भ्रमण गरेको दांगको योंगस्टार युवा क्लब क्रिकेट टिमलाई ‘क्रिकेट लभर्स अफ दांगले’ बुधबार सम्मान गरेको छ l

थाईल्याण्ड क्रिकेट एसोसिएसनको टिमसंग खेलेको ३ मध्ये २ वटा खेलमा बिजयी योंगस्टार टिमले सिरिज आफ्नो पक्षमा पार्दै भ्रमण सफल बनाएको थियो l टिमले थाईल्याण्डमा खेलेको एउटा ५० ओभरको र दूइवटा टि-२० खेल मध्ये दुवै टि-२० खेलमा ठुलो अन्तरको जित हात पारेको थियो भने ५० ओभरको खेलमा पराजित भएको थियो l

नेपाली क्रिकेटमै दुर्लभ जस्तो क्लबको विदेश भ्रमणमा सफलता पाएको नेपाली टिमले समग्र देशको र दांगको नाम उचो पारेको भन्दै क्रिकेट लभर्स दांगले सम्मान गरेको हो l

ब्यबसायी अनिल बस्नेतको सभापतित्व रहेको कार्यक्रम पुर्ब रास्ट्रिय खेलाडी मनोज वैश्य, राखेप काठमाडौँ जिल्ला कोषाध्यक्ष केशब श्रेष्ठ, राप्ति समाजका पुर्ब अध्यक्ष गोपाल बस्नेत लगायतको बिशेष आतिथ्यमा सम्पन्न भएको थियो l img_9570

कार्यक्रममा बोल्दै योंगस्टार क्रिकेट टिमका कप्तान रुपेश शर्माले देशको लागि खेल्न नपाए पनि क्लबको लागि खेलेर पनि देश र आफ्नो ठाउँको नाम उँचो पार्न पाएकोमा गर्ब गरेको बताउनुभयो l उनले प्रतियोगिताको पहिलो खेलमा खेलाडीहरु नर्भस भएर हार बेहोर्नु परेपनि त्यसपछि टिम एकजुट भएर खेल्दै दुवै खेलमा विजय हात पार्न सकेको बताए l

img_9606

कार्यक्रमको सुरुवात मेट्रोतरकारी ( metrotarkari.com ) का कार्यकारी अधिकृत समेत रहनुभएका ब्यबसायी अनिल बस्नेतले खेलाडीको स्वागत गर्दै गर्नुभएको थियो l त्यसपछि दांगकै रास्ट्रिय क्रिकेटर मनोज वैश्य, राप्ती समाजका गोपाल बस्नेत, राखेप जिल्ला कोषाध्यक्ष केशब श्रेष्ठ लगाएतले खेलाडीहरुको प्रदर्शनको तारिफ गर्दै दांग र समग्र देशकै नाम उँचो भएको बताउनुभयो l

खेलाडीहरुको सम्मान कार्यक्रम पछि बचेको रु. १० हजार रुपैया समेत क्रिकेट लभर्स दांगले कार्यक्रममा योंगस्टार क्लबलाई प्रदान गरेको थियो l

२०५२ सालमा दांगमा स्थापना भएको योंगस्टार क्लबले लगातार रुपमा प्रतियोगिताहरु आयोजना गर्दै र सहभागी हुँदै आएको छ l रास्ट्रिय क्रिकेट टिमका पुर्ब विकेटकिपर-ब्याट्सम्यान मनोज वैश्य क्लबकै उत्पादन हुन् l

सम्बन्धित :- 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy