दंगालीको तेश्रो जितमा हरिको आक्रामक ब्याटिंग

Hari Chhetri
  • विकेटनेपाल, ८ बैशाख – कोहलपुर 

आशिर्वाद पेन्ट्स नेपालगंज कप टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलहरुमा दंगाली टाइगर्स र लुम्बिनी यात्रिजले जित हात पारेका छन्। दिनको पहिलो खेलमा लुम्बिनी यात्रिजले पाल्पा योद्धाजलाई ४ विकेटले तथा दोश्रो खेलमा दंगाली टाइगर्सले बाँके ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्यो।

जितसंगै प्रतियोगितामा खेलेको ४ खेलमा ३ जित र १ हार सहित ६ अंक बटुलेको छ भने लुम्बिनी यात्रिजले लगातार ३ खेलमा जित सहित समान ६ अंक बटुलेको छ। अंकतालिका हेर्नुस

दिनको दोश्रो खेलमा टस हारेर ब्याटिंग गर्दै बाँके ब्लास्टर्सले दिएको १३४ रनको लक्ष्य दंगाली गोर्खाजले १८ ओभरमै पुरा गर्यो। जितमा प्ल्येयर अफ द म्याच समेत चुनिएका दंगालीका हरि क्षेत्रीले मात्र १५ बलमा ३ चौका र ४ छक्का मदतले अविजित ४२ रनको योगदान दिए। यस्तै ओपनर मनोज सुनारले ३९ रन बनाउन ३९ बलमा ४ चौका र १ छक्का हिर्काए। सदाब अन्सारीले २८ रन योगदान दिए। १४.२ ओभरमा ८७/३ को अवस्थाबाट शहिद अन्सारी र हरि क्षेत्रीले चौथो विकेटको लागि ४७ रनको साझेदारी गर्दै जिततर्फ डोर्याएका थिए।

बाँके बलर अजय साहनी र रोमन बमले समान १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बाँके ब्लास्टर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३३ रन बनाएको थियो।

ब्लास्टर्सको इनिंगमा बिशाल केसीले सर्वाधिक ३९ तथा रोमन बमले ३२ रन योगदान दिए। अन्डर-१६ राष्ट्रिय टिमका खेलाडी रहीसकेका बिशालले अविजित इनिंग खेल्ने क्रममा मात्र २४ बलमा ४ चौका र २ छक्का तथारोमनले २९ बलमा १ चौका र २ छक्का प्रहार गरे। ओपनिंग ब्याटिंग गरेका राष्ट्रिय क्रिकेटर तथा टिम कप्तान महेश क्षेत्रीले २६ रन बनाउन ४० बलमा १ चौका हाने।

दंगाली गोर्खाजका बलर सन्दिप सुनारले २ विकेट हात पारे भने बिष्णु कटरिया, सागर ढकाल, शाहिद अन्सारी र अनिल खरेलले समान १ विकेट हात पारे।

पहिलो खेल 

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारि आशिर्वाद पेन्ट्स नेपालगंज कप क्रिकेटको शनिबार सम्पन्न छैठौ दिनको पहिलो खेलमा लुम्बिनी यात्रिजले पाल्पा योद्धाजलाई ४ विकेटले पराजित गरेको छ। लुम्बिनीको यो लगातार तेश्रो जित हो भने पाल्पाको लगातार तेश्रो हार। तेश्रो हारसंगै पाल्पाको प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना सकिएको छ भने लुम्बिनीले उत्कृस्ट २ हुँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै पाल्पाले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १८.२ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा १६.२ ओभरमा ११२ रनको अवस्थामा रहेको लुम्बिनीको लागि सातौँ विकेटको साझेदारीको रुपमा बसिर अहमद र निजामुद्दिन हलवाईले ३८ रन बनाएपछि १० बल अगावै जित दर्ता गरेको हो। बसिरले १४ बलमा ३ छक्का र १ चौका मदतले ३१ रन बनाए भने निजामुद्दिनले १ चौका र १ छक्का मदतले १२ रन बनाए।

यस अघि ओपनर बिशाल खत्रीले २९ रन तथा आदील खानले आक्रामक ३५ रन ( २१ बल, ३ चौका र ३ छक्का ) प्रहार गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए। यस्तै कुशल मल्लले १८ रन योगदान दिए।

बलिंगतर्फ पाल्पा योद्दाजका दिपेन्द्र रावतले ४ विकेट लिने क्रममा ४ ओभरमा १६ रन खर्चिए पनि जितको लागि पर्याप्त हुन सकेन। विजय चौधरी र भिम धमलाले समान १/१ विकेट लिए।

यस अघि पाल्पा योद्धाजले पुरै २० ओभर ब्याटिंग गर्दै ४ विकेट गुमाएर १४४ रनको योगफल तयार गरेको थियो।

पाल्पाको इनिंगमा यु-१९ राष्ट्रिय क्रिकेट खेलाडी समेत रहीसकेका प्रनित थापा मगरले अविजित अर्धशतक बनाए। मात्र २८ बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे। इनिंगको अन्तिम बलमा ४६ रनमा रहेको अवस्थामा कृष्ण कार्कीको बलमा चौका प्रहार गर्दै उनले अर्धशतक पुरा गरेका थिए।

प्रनित थापाले अर्धशतक बनाए

यस अघि ओपनर रित गौतमले ३२ रन ( ४३ बल, ३ चौका ) बनाएर रन तथा अर्का ओपनर अनुपम सिंह १० रनमा आउट भए। प्रनित थापा र सिद्धान्त राज शाहीले चौथो विकेटको लागि ४८ रनको साझेदारी गर्दै लक्ष्य ठुलो बनाउन महत्वपूर्ण योगदान दिएका थिए। सिद्धान्तले १२ बलमा २ छक्का मदतले २० रन बनाए। यस्तै तेश्रो नम्बरमा ब्याटिंग गरेका दिपेन्द्र रावतले २० रन बनाए।

लुम्बिनी यात्रिजका बलर कुशल मल्ल र निजामुद्दिन हलवाईले समान १/१ विकेट लिए। विकेट बिहिन रहेका कप्तान कृष्ण कार्कीले ४ ओभरमा ४३ रन खर्चिन पुगे।

प्रतियोगिता अन्तर्गत आइतबार हुने २ खेलमा लुम्बिनी यत्रिज र रोल्पा गोरिलाज तथा बर्दिया टाइगर्स र बाँके ब्लास्टर्स बीच खेलिनेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]