मनोजको अर्धशतकमा दंगाली गोर्खाजको जित

  • विकेटनेपाल, बैशाख ७ – कोहलपुर 

आशिर्वाद पेन्ट्स नेपालगंज कप टि-२० प्रतियोगिता अन्तर्गत पाँचौ दिनको पहिलो खेलमा दंगाली गोर्खाजले बर्दिया टाइगर्सलाई ८ विकेटले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै बर्दिया टाइगर्सले दिएको १३० रनको लक्ष्य दंगाली गोर्खाजले १७ ओभरमा २ विकेट मात्रै गुमाएर भेटायो।
प्रतियोगितामा दंगालीले हात पारेको ३ खेलमा यो दोश्रो जित हो भने बर्दियाले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ।

 

 

मनोज सुनारले अर्धशतक बनाए

लक्ष्य पछ्याउने क्रममा ओपनिंग ब्याटिंग गरेका मनोज सुनारले ५० रन बनाए।३४ बलको इनिंगमा उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए जो खेलको प्लेयर अफ द म्याच समेत चुनिए। मनोजले अर्का ओपनर सन्दिप सुनारसंग पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। सन्दिप २९ रन बनाएर आउट भए जुन क्रममा १७ बलमा ४ चौका र २ छक्का हिर्काए।

सन्दिप र मनोजको विकेट पछि विनायक गिरि र अमर सिंह रौटेलाले तेश्रो विकेटको लागि ४७ रनको साझेदारी गरे।अमरले ३५ बलमा २ चौका र १ छक्का मदतले २४ रन तथा अमरले १६ बलमा ५ चौका मदतले २३ रन बनाए। बलिंगतर्फ बर्दिया टाइगर्सका आकाश बिस्ट र अविनाश बोहाराले समान १/१ विकेट लिए।

अविनाश बोहरा र आकाश बिस्ट

टस हारेर ब्याटिंग गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनाएको थियो।

९३/६ को खराब स्थितिमा रहेको अवस्थामा सातौ विकेटको लागि अविनाश बोहारा र आकाश बिस्टले ३६ रनको साझेदारी गर्दै टिमको स्कोर १२९ पुर्याएका थिए। आकाश बिस्टले २५ रन बनाए जुन क्रममा १५ बलमा २ छक्का र १ चौका हिर्काए भने अविनाश बोहराले ९ बलमा २ छक्का मदतले अविजित १५ रन बनाए।

यस अघि राजबिर सिंहले २८ रन ( २४ बल, २ चौका र १ छक्का ) , भरत थापाले १६, नबिन ओलीले १७ रन तथा कप्तान सुबेन्दु पाण्डेले १२ रन योगदान दिए। दंगाली गोर्खाज बलर बिष्णु कटारिया र अमर सिंह रौटेलाले समान २/२ विकेट हात पारे। यस्तै अनिल खरेल, शहिद अन्सारी र सागर ढकालले समान १/१ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच मनोज सुनार घोषित भए। स्कोरकार्ड हेर्नुस 

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]