डीएभी स्कुल क्रिकेट च्याम्पियन

डिएभी स्लेकुल क्यानभास इन्डोर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

बिहिवार भएको बिराटनगर बोडिङ स्कुल बिरुद्धको फाईनल खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरको खेलमा १ विकेट गुमाउदै १३२ रन बनायो । डिएभीका लागि उत्कृष्ट ब्याटिङ गरेका आदित्य रोनियारले ३० बलमा ८० रनको नटआउट पारि खेलेका थिए । बलिङतर्फ बिराट बोडिङका राकेश चौधरीले २ ओभरमा ३० रन खर्चेर १ विकेट हात पारेका थिए ।

डिएभीले दिएको १३३ रनको लक्ष्य पछ्याएको बिराट बोडिङ ६.५ ओभरमै ५६ रनमा समेटिए पछि डिएभीले ७६ रनको जित निकाल्यो । बिराटको ब्याटिङमा अशिम चौधरीले सर्वाधिक १३ रन हानेका थिए । डिएभीका सुरज श्रेष्ठले उत्कृष्ट बलिङ गदै २ ओभरमा ७ रन खर्चेर २ विकेट लिदा रिसनमानले २ ओभरमा १५ रन खर्चेर २ विकटनै लिएका थिए । प्लयर अफ द म्याचको उपाधि आदित्यले पाए ।

प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका डिएभीका रिशममान मलेखु म्यान अफ द सिरिज चुनिए । उनले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गदै ५ खेलबाट ९ विकेट लिदा ब्याटिङतर्फ ४९ रन बनाएका थिए । प्रतियोगिताको बेष्ट बलरमा वेबिलोनका इसान्त विक चुनिए । उनले ३ खेलमा ५ विकेट लिएका थिए । बेष्ट ब्याट्समानको उपाधि ओम नेश्नल स्कुलका सार्थक धितालले जिते । तीनै जना उत्कृष्ट खेलाडीलाई वाईवाई जिएचसीएले ६ महिनाका लागि निशुल्क तालिमको ब्यवस्था गरेको छ । साउन १२ गते सुरुभएको प्रतियोगिताको बिजेता टिम तथा खेलाडीलाई यू–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दासले पुरस्कृत गरेका थिए ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]