अन्तर बिद्यालय इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

ललितपुरमा अवस्थित डिएभी स्कुलमा अन्तर बिद्यालय इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । डिएभी स्पोटस् एकेडेमीले आयोजना गरेको प्रतियोगितामा १० वटा बिद्यालयले सहभागिता जनाएका थिए । टुरनामेन्टको फाईनलमा अक्षरा स्कुलले एल आर आई स्कुललाई पराजित गर्दै उपाधी हासिल गर्न सफल भयो।

टस जितेर बलिङ रोजेको अक्षरा स्कुलले एल आर आई स्कुललाई ७२ रन मा रोकेको थियो। ७३ रनको लक्ष्य पाएको अक्षरा स्कुल ले अन्तिम ओभरमा ३ विकेटले खेल जितेको थियो।

प्रतियोगिताको प्लेयर अफ द टुरनामेन्ट एल आर आई स्कुलका आसिश रुद्र भएका थिए । प्रतियोगिताको फाईनल नेपाली क्रीकेट टिमका खेलाडी दिलिप नाथको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । प्रतियोगितालाई डिएभी स्कुल र स्काइलाइन नेपाल प्रालिले सहयोग गरेको थियो।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy