नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ व्हाटमोर नियुक्त, चिन्नुस को हुन् व्हाटमोर

नेपाली रास्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका डेभ व्हाटमोर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघले बिहिबार प्रेस बिज्ञप्ति जारि गर्दै व्हाटमोरलाई अधिकारिक रुपमा नेपालको मुख्य प्रशिक्षक भएको घोषणा गरेको छ।

क्यानद्वारा जारि बिज्ञप्तिमा संघको जेनेरल म्यानेजरमा रौनक बहादुर मल्ल, चिफ फाइनान्स अफिसरको रुपमा रमेश कुमार न्यौपाने तथा क्रिकेट म्यानेजरको रुपमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान बिनोद दास नियुक्त भएको बताएको छ।

नेपालको मुख्य प्रशिक्षक बन्न ७२ प्रशिक्षकले आवेदन दिएका थिए । क्यानले अन्तिम चरणमा अन्तवार्ताका लागि १५ जनालाई छनोट गरेको थियो । तर, अन्तवार्ताका लागि १२ जना मात्र उपस्थित भए । अन्तर्वार्तापछि क्यानले वाटमोर सहित ३ प्रशिक्षकको नाम आइसीसीमा पठाएको थियो । आइसीसीको सहमतीमा क्यानले वाटमोरलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

नेपालको मुख्य प्रशिक्षक नियुक्त भएपछि व्हाटमोरले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको र नेपालमा काम गर्न उत्साहित भएको प्रतिक्रिया दिएका छन्। व्हाटमोरलाई उधृत गर्दै उनका व्यवस्थापक कौस्तभ लाहिरीले बताएका छन् –

“डेभ नयाँ चुनौतीको लागि उत्साहित रहेका छन् र उनि विश्वास गर्छन कि नेपालमा राम्रो क्रिकेट प्रतिभाहरु छन् र नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ। नेपाल सुन्दर देश हो र डेभ नेपालको युवा प्रतिभाहरुलाई अघि बढाउने चुनौती स्वीकार्न तयार छन्।”

क्यानले व्हाटमोरले प्रशिक्षण बापत पाउने तलब सुबिधा तथा अवधि बारे भने बिज्ञप्तिमा खुलाइएको छैन।

को हुन् व्हाटमोर

पूर्व अस्ट्रेलियन टेस्ट क्रिकेटर तथा श्रीलंकालाई १९९६ को बिश्वकप जिताईसकेका प्रशिक्षक ह्वाटमोरले पाकिस्तान, बंगलादेश र जिम्बाबे क्रीकेट टिम तथा आईपीएलमा कोलकाता नाइट राइडर टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालीसकेका छन्। पछिल्लो पटक जिम्बाबे रास्ट्रिय टिम प्रशिक्षण गरेका ६६ बर्षिय प्रशिक्षक उनले अस्ट्रेलियाको लागि सात टेस्ट र एउटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल समेत खेलेका छन्।

भारतलाई २००७ को बिश्वकपमा बंगलादेशले पराजित गर्दा ह्वाटमोरनै प्रशिक्षक थिए भने त्यसै बर्ष बंगलादेशले पहिलो टेस्ट जित्दा, अस्ट्रेलिया र दक्षिण अफ्रीकालाई पराजित गर्दा पनि उनले प्रशिक्षण गरेका थिए। पाकिस्तान क्रिकेट टिमलाई प्रशिक्षण गर्ने सफल प्रशिक्षकको नाम लिंदा पनि ह्वाटमोरकै नाम अघि आउने गर्छ।

२०१७ मा व्हाटमोर नेपाल आएका थिए

व्हाटमोरले जिम्बाबे पछि भारतको रनजी टिम केरलाको २०१७ देखि १९ सम्म प्रशिक्षक गरेका थिए। त्यस अवधिमा उनले केरला क्रिकेटको विकासमा ठूलो प्रभाव पारेको भन्दै प्रसंशा हुने गरेको छ।

फेब्रुअरी २०२० मा व्हाटमोर सिंगापुर राष्ट्रिय क्रिकेट टिमको समेत प्रशिक्षक नियुक्त भएका थिए।

व्हाटमोर सन् २०१७ जनवरीमा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अघि नेपाल आएका थिए। त्यसबेला उनलाई ‘ब्याट एण्ड बल फाउन्डेसन’ ले नेपाल भित्र्याएको थियो। करिब २ साता नेपाल बस्ने क्रममा त्यसबेला उनले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रशिक्षक गरेका थिए।

त्यसबेला व्हाटमोरले प्रशिक्षक सकेर स्वदेश फर्कने क्रममा नेपालले सुधार गर्नुपर्ने पक्षबारे विकेटनेपालसंग प्रतिक्रिया दिएका थिए –

“अन्य विकासोन्मुख क्रिकेट रास्ट्रहरु जस्तै नेपालले सुधार गर्नु पर्ने पक्ष भनेको खेलको अफ्टेरो परिस्थितिहरु सामना गर्दा देखाउने प्रतिक्रिया हो र त्यही पक्ष जोड दिएर मैले काम गरे ।”

“नेपालमा धेरै राम्रा खेलाडीहरु छन् । ति खेलाडीहरुको विकास हुनु जरुरिछ, उनीहरुले अवसर पाउनु जरुरि छ र उनीहरुलाई आवस्यक पर्ने सुबिधा पाउनुपर्ने आवस्यकता छ ।’

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy