डीएभीलाई स्कुल क्रिकेटको उपाधि

प्रथम डाक्टर बाबुराम पोखरेल मेमोरियल अन्तर-स्कुल सुपर सिक्स क्रिक्सल प्रतियोगिताको उपाधि ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ टिम ले जितेको छ।

भीएस निकेतन स्कुलद्वारा आयोजित प्रतियोगिताको बुधबार ललितपुर, हात्तीबन स्थित जीएचसीए क्रिक्सलमा सम्पन्न फाइनलमा डीएभी ‘ए’ ले डीएभी स्कुल ‘बि’ टिमलाई पराजित गर्यो।

फाइनलमा टस जितेर ब्याटिंग गरेको डीएभी ‘बि’ ले दिएको २५ रनको सामान्य लक्ष्य डीएभीले मात्र ४ ओभरमा विकेट नगुमाई पुरा गर्दै ६ विकेटको जित दर्ता गर्यो। निर्धारित ६ ओभरको खेलमा डीएभी ‘बि’ ले ५ ओभरमा सबै विकेट गुमायो।

प्लेयर अफ द फाइनल घोषित डीएभी ‘ए’ का बलर केशव अग्रवालले घातक बलिंग गर्दै मात्र ६ रन खर्चेर ३ विकेट लिए। यस्तै ब्याटिंगतर्फ सुब्रत मल्लिकले सर्वाधिक अविजित १४ रन बनाए।

यस अघि आजै सम्पन्न पहिलो सेमीफाइनलमा डीएभी ‘ए’ ले एलआरआई स्कुललाई २२ रनले तथा डीएभी ‘बि’ ले अपि स्कुललाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थीयो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी डीएभी ‘ए’ का प्रसिद्ध जैसी घोषित भए भने उत्कृस्ट ब्याटर पनि जैसीनै घोषित भए। उत्कृस्ट बलर मनकामना स्कुलका बिलक न्यौपाने घोषित भए।

भदौ २४ गते देखि ३ दिन चलेको प्रतियोगितामा उपत्यकाका २६ वटा स्कुलहरु सहभागी भएका थिए।

 





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]