डीएभीलाई इन्डोर स्कुल क्रिकेट उपाधि

२०७९ जेष्ठ २५, बुधबार १९:१०

ग्रेट हिमालय क्रिकेट एकेडेमीद्वारा आयोजित स्कुल इन्डोर क्रिकेट लिगको पहिलो संस्करणको उपाधि डीएभी स्कुलले जितेको छ।

ललितपुर हात्तीवनमा सम्पन्न फाइनामा डीएभीले मोक्षदा स्कुललाई रोमान्चक खेलमा ३ रनले पराजित गर्यो। डीएभीले दिएको १०८ रनको लक्ष पछ्याएको मोक्षदाले निर्धारित १० ओभर ब्याटिंग गरेता पनि ६ विकेट क्षतिमा १०४ रन मात्र बनायो।

डीएभीको जितमा प्लेयर अफ द म्याच घोषित आदर्श अग्रवालले अलराउण्ड प्रदर्शन गर्दै २९ रन बनाउनुको साथै २ विकेट पनि लिए। यस्तै इशु देओले २९ रन बनाए। मोक्षदाका रोहित शर्माले मात्र १५ बलमा ५३ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन।

बुधबारनै सम्पन्न सेमीफाइनलमा डीएभीले युनाइटेड स्कुललाई ५९ रनले तथा मोक्षदाले अक्षरा स्कुललाई २० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी डीएभीका आदर्श अग्रवाल घोषित भए। यस्तै उत्कृस्ट ब्याट्सम्यान मोक्षदाका संयम नेपाल तथा उत्कृस्ट बलर मोक्षदाकै इशान शाह घोषित भए।

तिन दिन चलेको प्रतियोगितामा युनाइटेड स्कुल, एभरेष्ट स्कुल, अक्षरा स्कुल, काभ्या स्कुल, सैनिक स्कुल, मोक्षदा स्कुल, निस्ट स्कुल, एलआरआई स्कुल, रोजबड स्कुल र डीएभी स्कुल गरि उपत्यकाका १० टिमहरु सहभागी रहे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy