डेभिड वार्नर टि-२० विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित

अस्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नर टि-ट्वान्टी विश्वकप २०२१ को प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका छन्।

३५ वर्षीय देब्रे हाते ब्याट्सम्यान प्रतियोगितामा वार्नरले ७ खेलमा ४८.१६ को औशत र १४६.७० को स्ट्राइक रेटले ४ अर्धशतक प्रहार गर्दै २८९ रन बनाए। पाकिस्तानका बाबर आजम ( ६ खेलमा ३०३ रन ) पछि उनि प्रतियोगिताको दोश्रो सर्वाधिक विकेटकर्ता समेत रहे।

न्युजिल्यान्ड बिरुद्ध फाइनलमा ८ विकेटको जित दर्ता गर्ने क्रममा अस्ट्रेलियन ओपनर वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का मद्दतले ५३ रन बनाएका थिए। यस्तै वार्नरले सेमीफाइनलमा पाकिस्तान बिरुद्ध ४९ रन बनाएका थिए। उनले सुपर-१२ चरणमा वेस्टइन्डिज विरुद्ध अविजित ८९ रन तथा श्रीलंकासंग ६५ रन बनाएका थिए।

अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक टि-२० विश्वकपको उपाधि जित्न सफल भयो।





थप समाचार

यस्ता छन् नेपालसँग खेल्ने वेस्ट इन्डिज ए को टोलीमा रहेका खेलाडीहरु

काठमाडौं । नेपालको सिनियर क्रिकेट टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्न नेपाल आउन लागेको वेस्ट इन्डिज ए टोलीको घोषणा भएको […]

नेपाल आउने वेस्ट इन्डिज ए टोलीको घोषणा

काठमाडौं । नेपालको सिनियर टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्न नेपाल आउन लागेको वेस्ट इन्डिज ए टोलीको घोषणा भएको छ […]

जैसवालको शतकमा राजस्थानको जित, मुम्बईलाई हराउँदै राजस्थान प्लेअफ नजिक

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३८ औं खेलमा ओपनर यसश्वी जैसवालको शतकको सहयोगमा मुम्बई इन्डियन्सलाई पराजित गरि […]

राजस्थानले मुम्बईबाट पायो १८० रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३८ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १ सय ८० रनको लक्ष्य […]

मलेसियन लिगमा सहभागी हुने नेपाली क्रिकेटरको विदाई

काठमाडौं । मलेसियामा आयोजना हुने मलेसियन सुपर कप २०२४ मा सहभागीता जनाउने ६ नेपाली क्रिकेटरको विदाई भएको छ । नेपाल […]

अभानी प्रिमियर लिग : वारियर्स र सगरमाथा विजयी

काठमाडौं । अभानी प्रिमियर लिगमा वारियर्स क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब विजयी भएका छन् । सिड्नीमा जारी लिगमा वारियर्सले […]