डेभ व्हाटमोरद्वारा नेपालको मुख्य प्रशिक्षक पदबाट राजिनामा

Dav Whatmore

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ व्हाटमोरले ओमान भ्रमण पछि मुख्य प्रशिक्षण पद छाड्ने निर्णय गरेका छन्।

व्हाटमोरले नेपाल क्रिकेट संघलाई आफ्नो एजेन्ट मार्फत ईमेल गर्दै शुक्रबार पदबाट राजिनामा दिएका हुन्। व्हाटमोरले पठाएको पत्रमा परिवारबाट टाढा रहेर कोरोना महामारीकालमा काम गर्न कठिन भएको जसकारण पद छाड्ने निर्णयमा पुगेको बताएको उल्लेख छ।

“ओमानमा सेप्टेम्बर १९ सम्म चल्ने विश्वकप लिग-२ सकिएलगत्तै नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजिनामा दिना यो पत्रमार्फत जानकारी गराउन चाहन्छु। निकै सोचविचार गरेर मैले यो निर्णय लिएको हुँ जुन निर्णयमा पुग्न मैले गहिरो चिन्तन गरेको थिएँ।” व्हाटमोरले क्यानलाई पठाएको पत्रमा उल्लेख छ।

व्हाटमोरको राजिनामापछि क्यानले बिज्ञप्ति जारी गर्दै व्हाटमोरको राजिनामा अप्रत्यासित भएको बताउदै चकित पारेको बताएको छ। “प्रशिक्षक व्हाटमोरको अचानक राजिमानाबाट नेपाल क्रिकेट संघ चकित छ। उनले व्यक्तिगत कारण देखाउदै ओमान भ्रमण पछि तुरुन्त लागु हुने गरि राजीनामा घोषणा गरेका छन्। उनले यो वर्षको सुरुवातमा क्यानसंग एक वर्षे अनुबन्ध गरेका थिए।” बिज्ञप्तिमा उल्लेख छ।

श्रोतका अनुसार व्हाटमोरले पुनः भारतको बरोडा रन्जी टिमको मुख्य प्रशिक्षण पद सम्हाल्नेछन्। यो वर्ष मार्चमानै भारतीय मिडीयाहरुले व्हाटमोर आगामी सिजन बरोडाको प्रशिक्षणको लागि आउने बताएका थिए।

नेपालले विश्वकप लिग-२ अन्तर्गत ओमानमा सेप्टेम्बर १३ देखि १९ तारिखसम्म एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। सेप्टेम्बर १९ तारिखमा नेपालले ओमानसंग सिरिजको अन्तिम खेल खेल्ने छ जुन खेल ६७ वर्षीय व्हाटमोरको नेपालको लागि अन्तिम खेल हुनेछ।

व्हाटमोर गत वर्ष डिसेम्बरमा एक वर्षको लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको कार्यकाल सकिन अझै ४ महिना बाँकी रहेको छ।

व्हाटमोरको कार्यकालमा नेपालले एउटा मात्र प्रतियोगितामा सहभागिता जनायो। यो वर्ष अप्रिलमा नेदरल्याण्ड र मलेसियासंग खेलिएको टि-२० अन्तर्राष्ट्रियमा नेपालले उत्कृस्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको थियो। उक्त सिरिजमा नेपालले ब्याटिंगमा निकै सुधारिएको प्रदर्शन तथा खेल शैलीनै परिवर्तन गरेपछि व्हाटमोरको चौतर्फी तारिफ भएको थियो। एकदिवसीय अन्तर्राष्ट्रियमा भने कोभिड-१९ का कारण बारम्बार प्रतियोगिता स्थगित हुँदा उनको कार्यकालमा नेपालले कुनै पनि प्रतियोगिता खेल्न पाएको छैन।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]