युवा खेलाडीहरुलाई व्हाटमोरको यस्तो टिप्स ( भिडियो सहित )

Dav Whatmore
  • विकेटनेपाल – माघ २० , किर्तिपुर 

नेपाली क्रिकेट टिमलाई प्रशिक्षण गराईरहेका बिश्वप्रसिद्ध प्रशिक्षक डेभ व्हाटमोरले बिहीबार किर्तिपुर स्थित हिमालयन क्रिकेट एकेडेमीको भ्रमण गर्दै क्रिकेट टिप्स दिए l

श्रीलंकालाई १९९६ बिश्वकप जिताएका व्हाटमोरले क्रिकेटको सिपहरु सिक्न एकेडेमीको विद्यार्थीलाई प्रोत्साहन गरे-

“क्रिकेटको सिपहरु सिक र तिखार किनकि जब उमेर बढ्दै जान्छ त्यो बेला राम्रो सिप भएको खेलाडीले मात्र अतिरिक्त अफ्टेरो परिस्थितिको सामना गर्नसक्छ l”

पाकिस्तान, बंगलादेश, श्रीलंका, जिम्बाबे र आइपीएलमा कोलकाता नाइट राइडरको प्रशिक्षण गरिसकेका ६२ बर्षिय व्हाटमोरले जति सक्दो सिप तिखार्न पर्ने आवस्यकतामा जोड दिए l

अटोग्राफ दिंदै व्हाटमोर

“तिमि ब्याट्सम्यान हौ भने उमेर बढ्दै जाँदा बल झन् तिब्र गतिमा आउछ, यदी तिमि बलर हौ भने ब्याट्सम्यान झनै सुधारिएको हुनेछ त्यसैले तिमिहरुको सिप राम्रो हुनु आवस्यक छ”

उनले एकेडेमीमा सिक्दा जति सक्दो प्रशिक्षकहरुको सहायता लिंदै धेरै प्रश्न गर्न समेत आग्रह गरे –

“भोलि कस्लाई थाहा छ ? तिमिहरु मध्येबाट कोहि रास्ट्रिय टिमबाट खेल्नेछ”

अस्ट्रेलियाबाट ७ टेस्ट र एउटा एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका व्हाटमोरले एकेडेमीको सुबिधाको तारिफ गर्दै प्रशिक्षार्थीहरु भाग्यमानी रहेको बताए l साथै उनले फिटनेस खेलाडीको लागि अत्यन्त आवस्यक रहेकोमा जोड दिदै फिटनेसलाई हेलचेक्र्याइँ नगर्न समेत अनुरोध गरे l

फिटनेस ट्रेनर राजेश चौहान

व्हाटमोर संगै एकेडेमी पुगेका नेपाली टिमका फिटनेस ट्रेनर राजेश चौहानले पनि प्रशिक्षार्थीहरुलाई टिप्स दिएका थिए l जिम्बाबे क्रिकेट टिमका फिटनेस ट्रेनर रहीसकेका चौहानले खेलाडीलाई फिटनेसको महत्व बताऊदै स्वस्थ खाना खान उतिकै आवस्यक रहेको बताए l

हिमालयन क्रिकेट एकेडेमी क्रिकेटर भुवन कार्की, प्रदिप ऐरी लगायतको लगानीमा यसै बर्ष स्थापना गरिएको हो l

व्हाटमोरलाई बल एण्ड ब्याट फाउन्डेसनले नेपाल र केन्या बीच बिश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिमको प्रशिक्षणको लागि नेपाल ल्याएको हो l

 





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]