इन्डो नेपाल टी–२० : आयोजक डिएभीको विजयी सुरुआत

काठमाडौं । आयोजक डिएभी क्रिकेट एकेडेमीले टिप टप इन्डो नेपाल टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ।

तल्लाे मुलपानी क्रिकेट मैदानमा साेमबार सम्पन्न खेलमा नेक्सस क्रिकेट एकेडेमीलाई ९ विकेटले पराजित गरेकाे हाे।

नेक्ससले दिएकाे ६८ रनकाे लक्ष्य डिएभीले ५।१ ओभरमा एक विकेट गुमाएर ६९ रन बनाउँदै लक्ष्य पूरा गर्याे।

श्रेयश अग्रवालले १६ बलमा ४१ रन बनाए बने क्रीतिक ज्ञावलीले ९ बलमा १७ रन बनाए।

त्यसअघि पहिले ब्याटिङ गरेकाे नेक्ससले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६७ रन मात्रै बनाउन सक्याे। उसका लागि युनिक गाैतमले १४ तथा बिधान बस्नेतले १३ रन बनाए।

यस्तै, प्लेयर अफ द म्याच श्रेयश घाेषित भए।

डिएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सुरु भएको प्रतियाेगिता आगामी माघ १८ गतेसम्म सञ्चालन हुनेछ। जसमा कुल ६ टोलीको सहभागिता छ।

यस्तै प्रतियोगिताको मुख्य प्रायोजक टिप टिप छ। प्रतियोगितामा १६ वर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाएका छन्।

लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेका छन्।

प्रतियोगितामा बोलपुर युथ टाउन, वेस्ट बंगाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोर्ट्स एकेडेमीको सहभागिता रहनेछ।





थप समाचार

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]

आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। […]

आइजिपी कप : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने

काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने […]