इन्डो नेपाल टी–२० : आयोजक डिएभीको विजयी सुरुआत

काठमाडौं । आयोजक डिएभी क्रिकेट एकेडेमीले टिप टप इन्डो नेपाल टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ।

तल्लाे मुलपानी क्रिकेट मैदानमा साेमबार सम्पन्न खेलमा नेक्सस क्रिकेट एकेडेमीलाई ९ विकेटले पराजित गरेकाे हाे।

नेक्ससले दिएकाे ६८ रनकाे लक्ष्य डिएभीले ५।१ ओभरमा एक विकेट गुमाएर ६९ रन बनाउँदै लक्ष्य पूरा गर्याे।

श्रेयश अग्रवालले १६ बलमा ४१ रन बनाए बने क्रीतिक ज्ञावलीले ९ बलमा १७ रन बनाए।

त्यसअघि पहिले ब्याटिङ गरेकाे नेक्ससले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६७ रन मात्रै बनाउन सक्याे। उसका लागि युनिक गाैतमले १४ तथा बिधान बस्नेतले १३ रन बनाए।

यस्तै, प्लेयर अफ द म्याच श्रेयश घाेषित भए।

डिएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सुरु भएको प्रतियाेगिता आगामी माघ १८ गतेसम्म सञ्चालन हुनेछ। जसमा कुल ६ टोलीको सहभागिता छ।

यस्तै प्रतियोगिताको मुख्य प्रायोजक टिप टिप छ। प्रतियोगितामा १६ वर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाएका छन्।

लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेका छन्।

प्रतियोगितामा बोलपुर युथ टाउन, वेस्ट बंगाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोर्ट्स एकेडेमीको सहभागिता रहनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy