जाँदा-जाँदै नेपाली क्रिकेटबारे व्हाटमोरको यस्तो भनाई

Dav Whatmore
  • विकेटनेपाल – माघ २६

२ साता नेपाल बसाइँ सकेर स्वदेश फर्कनु अघि प्रशिक्षक डेभ व्हाटमोरले नेपाली क्रिकेटरहरुको प्रतिभाको तारिफ गर्दै नेपालले सुधार्नु पर्ने पक्ष औल्याएका छन्।

२१ जनवरीमा नेपाल आएका पुर्ब श्रीलंका, पाकिस्तान, बंगलादेश र जिम्बाबे रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक व्हाटमोर ७ फेब्रुअरी ( बिहिबार ) स्वदेश फर्किए । ब्याट एण्ड बल फाउन्डेसनको सम्पूर्ण खर्चमा नेपाल आएका पुर्ब अस्ट्रेलियन क्रिकेटरले पहिलो २ दिन नेपाली प्रशिक्षकहरुलाई र १० दिन बिश्व क्रिकेट लिग च्याम्पियनसिप तयारीमा रहेको ३२ सदस्यीय नेपाली टिमलाई प्रशिक्षण गरे ।

स्वदेश फर्कनु अघि विकेटनेपालसंगको कुराकानीमा ६२ बर्षिय व्हाटमोरले नेपालले सुधार्नु पर्ने पक्षबारे आफुले काम गरेको बताए-

‘अन्य विकासोन्मुख क्रिकेट रास्ट्रहरु जस्तै नेपालले सुधार गर्नु पर्ने पक्ष भनेको खेलको अफ्टेरो परिस्थितिहरु सामना गर्दा देखाउने प्रतिक्रिया हो र त्यही पक्ष जोड दिएर मैले काम गरे ।’

Dav Whatmore
पारस खड्कासंग डेभ व्हाटमोर

नेपाली खेलाडीहरु प्रतिभावान रहेको जसलाई अवसरको खाँचो रहेको कुरामा जोड दिंदै उनले भने-

“म निकै खुसि छु यहाँको खेलाडीहरुमा भएको प्रतिभा देखेर l भर्खरै यु-१९ एसिया कपमा श्रीलंका जस्तो रास्ट्रसंग १ रनको नतिजाले हार्नु त्यसको प्रमाण हो। त्यो त यु-१९ स्तरको उदाहरण मात्रै हो, अवस्य नेपालमा त्यो भन्दा अझ धेरै राम्रा खेलाडीहरु छन् । ति खेलाडीहरुको विकास हुनु जरुरिछ, उनीहरुले अवसर पाउनु जरुरि छ र उनीहरुलाई आवस्यक पर्ने सुबिधा पाउनुपर्ने आवस्यकता छ ।’

Dav Whatmore watching Sandeep Lamichhane bowling

नेपाली क्रिकेट टिम माथिल्लो स्तरमा क्रिकेट खेलीरहेको भएता पनि आयरल्याण्ड, अफगानिस्तान जस्तो रास्ट्रहरुको स्तरमा पुग्न भने अझ धेरै बाटो हिंड्नु पर्ने उनले बताए-

“नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिप जस्तो ठुलो स्तरमा क्रिकेट खेलीरहेको छ जसको बाटो हुँदै नेपालको बिश्वकप खेल्ने सम्भावना छ। तर आयरल्याण्ड र अफगानिस्थानले जसरि बिश्व क्रिकेटमा स्थान बनाउनु र सोच्न भन्दा पनि पहिले नेपालमा प्रथम श्रेणी क्रिकेट हुनु आवस्यक छ।”

व्हाटमोर श्रीलंकालाई १९९६ को बिश्वकप जिताएका प्रशिक्षक हुन्। अस्ट्रेलियाको लागि सात टेस्ट र एक एकदिवसीय खेलेका उनि पछिल्लो पटक जिम्बाबे रास्ट्रिय क्रिकेट टिमको प्रशिक्षक थिए।

यो पनि 

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]