एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता सुरु, पहिलो दिन नार्स, एस बिस्ट एसोसिएट्स र शंकर एसोसिएट्स विजयी

ललितपुरको पुल्चोक इन्जिनियरिङ मैदानमा सोमबार देखि एघारौं संस्करणको ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन’ इन्टर फर्म क्रिकेट प्रतियोगिता’ सुरु भएको छ।

प्रतियोगिताको पहिलो दिन सम्पन्न तिन वटा खेलमा नार्स, एस बिस्ट एसोसिएट्स र शंकर एसोसिएट्स विजयी भएका छन्।

आजको पहिलो खेलमा नार्सले जेबि राई भण्डारी डीबिन्सलाई १५ रनले पराजित गर्यो। नार्सले दिएको ९४ रनको लक्ष्य पछ्याएको डीबिन्सले ७८ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित नार्सका प्रसुन कंडेलले २ विकेट लिए।


आजको दोश्रो खेलमा एस. बिस्ट एसोसिएट्सले एबिएस एसोसिएट्सलाई १० विकेटले पराजित गर्यो। एबिएसले दिएको ४२ रनको लक्ष्य एस. बिस्टले विकेट नगुमाई ४.३ ओभरमै पछ्यायो। प्लेयर अफ द म्याच घोषित एस. बिस्टका कुशल श्रेष्ठले ३ विकेट लिए।


आजको तेश्रो खेलमा शंकर एसोसिएट्सले सुबिज एण्ड एसोसिएट्सलाई ६ विकेटले पराजित गर्यो। सुबिजले दिएको ७३ रनको लक्ष्य शंकरले ४ विकेट गुमाएर ८.३ ओभरमा भेटायो। प्लेयर अफ द म्याच घोषित शंकरका सागर राईले २८ रन बनाए।

 

प्रतियोगिताको उद्घाटन सांसद तथा पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर जबराले गर्नु भएको थियो। नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनका अध्यक्ष महेन्द्र खड्काले शुभकामान मन्तव्य राख्नु भएको थियो।

प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको छ जसलाई ७ समुहमा बिभाजन गरिएको छ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले बिभिन्न कार्यक्रम अन्तर्गत क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy