लरेन्स र दिपेन्द्र चम्किंदा धनगढीले जोड्यो १६१ रन : पिपिएल टि-२०

  • विकेटनेपाल – १५ कार्तिक, बिहिबार (पोखरा)

बिदेशी खेलाडी डेनिएल लरेन्स र कप्तान दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि १०८ रनको साझेदारी गरेपछि धनगढी ब्लुजले बुटवल ब्लासटर्सलाई जितका लागि १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिंग गर्न उत्रिएको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६१ रनको योगफल तयार गरेको हो। उसका कप्तान दिपेन्द्र ऐरीले अविजित ५६ रन तथा डेनिएल लरेन्सले ५२ रनको योगदान गरे।

Daniel Lawrence
Daniel Lawrence

कुनै समय ३७/२ को खराब अवस्थामा रहेको धनगढीको इनिगमा दिपेन्द्र र लरेन्सले तेस्रो विकेटका लागि १०८ रनको साझेदारी गरे। अविजित ५६ रन बनाउने क्रममा ऐरीले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

यस्तै प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा लरेन्सले ३९ बलमा ५२ रन जोडे। त्यसक्रममा उनको ब्याटबाट ३ चौका र २ छक्का नीस्कियो।

ऐरी र लरेन्स बाहेक धनगढीका लागि पिटर ट्रेगोले १४, सौरभ खनालले अविजित १३ तथा दिलिप नाथ र सुबेन्दु पाण्डेले समान १०-१० रन बनाए।

Bipin Khatri
Bipin Khatri

बुटवलको बलिङ्गमा बिपिन खत्रीले सर्वाधिक २ विकेट हात पारे। आफ्नो ४ ओभरको स्पेलमा बिपिनले सुबेन्दु पाण्डे र पिटर ट्रेगोलाई पभेलियन फर्काए। यस्तै रोहन मुस्तफा र अभिनास बोहोराको नाममा समान १-१ विकेट रह्यो।

प्रतियोगिता अन्तर्गत ३ खेल खेलेको धनगढीले १ मा जित निकालेको छ भने बुटवलले समान ३ खेलबाट २ जित निकालेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy