IPL : चाहर चम्किदा पन्जाब १०६ रनमै रोकियो

आईपीएल २०२१ अन्तर्गत आठौँ खेलमा पन्जाब किंग्स र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गरिरहेका छन्।

वानखडे स्टेडियम, मुम्बईमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको पन्जाब किंग्सले २० ओभरमा ८ विकेट क्षेतीमा मात्र १०६ रन बनाउदै चेन्नाईलाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अत्यन्त खराब सुरुवात गरेको पन्जाबले पहिलो ५ विकेट २५ रनमै गुमाएको थियो। पहिलो ओभरमा खाता नखोल्दै मायाँक अग्रवाललाई दिपक चाहरले बोल्ड गरेका थिए। तेश्रो ओभरमा केएल राहुल ५ रन बनाएर रन आउट हुन पुगे। १० रन बनाएका क्रिस गेल र खाता नखोल्दै निकोलस पुरनलाई चाहरले पाँचौ ओभरमा क्याच आउट गराए। सातौँ ओभरमा १० रन बनाएर दिपक हुडा पनि चाहरको शिकार भए।

त्यसपछि छैठौं नम्बरमा ब्याटिंग गर्न आएका शाहरुख खानले एक किनार सम्हाल्दै टिमको योगफल १०० पार गराए। अन्तिम ओभरमा आउट हुनु अघि खानले ३६ बलमा ४ चौका र २ छक्का मद्दतले ४७ रन बनाए।झाई रिचर्डसनले १५ रन बनाए।

चेन्नाई सुपर किंग्सको बलिंगमा दिपक चाहरले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र १३ रन खर्चिए। स्याम करन, मोईन अलि र ड्वेन ब्राभोले समान १ विकेट लिए।

लिग अन्तर्गत चेन्नाईले पहिलो खेलमा दिल्लीसंग ७ विकेटको हार बेहोरेको थियो भने पन्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको थियो।

यो पनि पढ्नुस 

https://wicketnepal.com/ysto-cha-nepal-netherland-t20-cric/

https://wicketnepal.com/paras-ko-sthan-jora-le-line-wn21/





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]