IPL : चाहर चम्किदा पन्जाब १०६ रनमै रोकियो

आईपीएल २०२१ अन्तर्गत आठौँ खेलमा पन्जाब किंग्स र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गरिरहेका छन्।

वानखडे स्टेडियम, मुम्बईमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको पन्जाब किंग्सले २० ओभरमा ८ विकेट क्षेतीमा मात्र १०६ रन बनाउदै चेन्नाईलाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अत्यन्त खराब सुरुवात गरेको पन्जाबले पहिलो ५ विकेट २५ रनमै गुमाएको थियो। पहिलो ओभरमा खाता नखोल्दै मायाँक अग्रवाललाई दिपक चाहरले बोल्ड गरेका थिए। तेश्रो ओभरमा केएल राहुल ५ रन बनाएर रन आउट हुन पुगे। १० रन बनाएका क्रिस गेल र खाता नखोल्दै निकोलस पुरनलाई चाहरले पाँचौ ओभरमा क्याच आउट गराए। सातौँ ओभरमा १० रन बनाएर दिपक हुडा पनि चाहरको शिकार भए।

त्यसपछि छैठौं नम्बरमा ब्याटिंग गर्न आएका शाहरुख खानले एक किनार सम्हाल्दै टिमको योगफल १०० पार गराए। अन्तिम ओभरमा आउट हुनु अघि खानले ३६ बलमा ४ चौका र २ छक्का मद्दतले ४७ रन बनाए।झाई रिचर्डसनले १५ रन बनाए।

चेन्नाई सुपर किंग्सको बलिंगमा दिपक चाहरले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र १३ रन खर्चिए। स्याम करन, मोईन अलि र ड्वेन ब्राभोले समान १ विकेट लिए।

लिग अन्तर्गत चेन्नाईले पहिलो खेलमा दिल्लीसंग ७ विकेटको हार बेहोरेको थियो भने पन्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको थियो।

यो पनि पढ्नुस 

https://wicketnepal.com/ysto-cha-nepal-netherland-t20-cric/

https://wicketnepal.com/paras-ko-sthan-jora-le-line-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy