दिल्ली क्यापिटल्सले आइपिएल जित्न सक्ने ३ आधारहरु

  • विकेटनेपाल – ६ चैत्र, बुधवार

इन्डियन प्रिमियर लिग ( आइपिएल ) क्रिकेटको बाह्रौं संस्करण सुरु हुन अब ४ दिन मात्र बाँकी रहेको छ। प्रतियोगिताको मिति नजिकिंदै जाँदा समर्थकहरु माझ यस सिजनको उपाधी कसले जित्ने भन्नेमा अड्कलबाजी सुरु हुनु नौलो कुरा होइन।

नेपाली गुग्ली ब्वाई सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले मार्च २४ तारिकमा मुम्बई इन्डीएन्स बिरुद्ध पहिलो खेल खेल्दैछ। प्रतियोगिताको उद्घाटन खेलमा गत सिजनको विजेता धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ।

प्रतियोगिता इतिहासको सर्वाधिक असफल टोली मानिएको दिल्ली डेयरडेभिल्सले यस सिजन आफ्नो नाम परिवर्तन गरेर दिल्ली क्यपिटल्स राख्ने निर्णय लियो। आफ्नो उपाधी खडेरी तोड्न दिल्लीले लिएको यो कदम फलदायी होला वा नहोला त समयले बताउने छ, तर प्रतियोगिताको सुरुवात अघि दिल्लीले यस सिजन उपाधी जित्न सक्ने आधारहरु भने प्रसस्त रहेका छन्।

पछिल्लो बर्ष नयाँ कप्तान गौतम गम्भीरका साथ सिजन सुरुवात गरेको दिल्लीले कमजोर प्रदर्शन गरेको थियो। कप्तान गम्भीरसंगै टोलीको समेत लगातारको खराब प्रदर्शन पछि बिच सिजनमानै गम्भीरले कप्तानी छाड्ने निर्णय लिएका थिए। गम्भीरको सो निर्णयपछी टोलीले युवा भारतीय खेलाडी श्रेयस अय्यरलाई कप्तानी सुम्पिएको थियो।

अय्यरको कप्तानीमा टोलीले केहि नयाँ खेलाडीहरु लाई समेत सिजनको अन्त्यतर्फ परिक्षण गरेको थियो। नेपाली लेग स्पिनर सन्दिप लामिछानेसंगै पृथ्वी शा, जुनियर डाला जस्ता खेलाडीले सिजनको अन्तिमको खेलहरुमा मात्र दिल्लीको प्रतिनिधित्व गर्ने मौका पाएका थिए। लिग चरणका १४ खेलहरु मात्र ५ जित दर्ता गर्न सकेको दिल्ली पछिल्लो सिजन अंकतालिकाको पुछारमा रहेको थियो।

पछिल्लो सिजनको गल्तिबाट पाठ सिक्दै यस सिजन दिल्लीलाई प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्ने मौका रहेको छ। यो सिजन दिल्ली टिममा सन्दिप संगै शिखर धवन, रिशाभ पन्त, अक्सर पटेल, अमित मिश्रा, इशान्त शर्मा, हनुमा बिहारी, श्रेयस ऐयर, पृथ्वी शा, कोलिन मुनरो, कोलिन इन्ग्राम, ट्रेन्ट बोल्ट, कागीसो रबाडा जस्ता खेलाडीहरु रहेका छन्।

यी हुन् दिल्ली क्यापिटल्सले आइपिएल जित्न सक्ने ३ आधार :

३) बलियो स्पिन अट्याक : भारतीय क्रिकेटमा दिल्लीको घरेलु मैदान फिरोज सा कोट्लालाई स्पिनको घर मानिने गरिन्छ। पछिल्लो केहि बर्षयता टि-२० क्रिकेट र आइपिएलमा समेत स्पिनरहरुको प्रदर्शन उच्च रहँदै आएको छ।

यहि पक्षलाई मध्यनजर गर्दा, यस सिजन दिल्ली क्यापिटल्स सर्वाधिक बलियो स्पिन अट्याक भएको टोली मध्ये एक हो। दिल्लीको स्क्वाडमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेसंगै आइपिएल क्रिकेटका भेटरान अमित मिश्रा, युवा अक्षर पटेल र राहुल तेवाटिया रहेका छन्। यी ४ स्पिनरहरुको नाममा आइपिएल करियरमा सानदार कुल २२४ विकेट रहेको छ।

गत सिजन ३ खेलमा मात्र मौका पाएका सन्दिपले ५ विकेट लिंदै प्रभावित बनाएका थिए भने १ वर्ष पछि उनि परिपक्व बलर भैसकेका छन्।अमित मिश्राले पनि गत सिजन राम्रो बलिंग गरेका थिए।

स्क्वाडमा ३ लेग स्पिनर र एक लेफ्ट आर्म स्पिनरको उपस्थिति दिल्लीका लागि आइपिएल जित्न सक्ने आधार बन्न सक्छ।

२) बिष्फोटक ओपनिंग बिकल्प : टि-२० क्रिकेटमा पहिलो ६ ओभर भित्र सर्वाधिक सम्भव रन जोड्नु महत्वपूर्ण रहन्छ। त्यसको सिंगो जिम्मा रहन्छ दुई ओपनर ब्याट्सम्यानलाई। तर पछिल्लो सिजन दिल्लीले ब्याटिंगमा राम्रो सुरुवात पाउन सकेको थिएन। गौतम गम्भीर, जेसन रोए जस्ता खेलाडी आशा अनुरुप प्रदर्शन गर्न चुक्दा दिल्लीले ओपनिंग ब्याटिंगमा समस्या खेप्नु पर्यो।

यससिजन भने दिल्लीले अक्सनबाट सफल ओपनर शिखर धवनलाई टोलीमा समेटेको छ। यस्तै युवा खेलाडी पृथ्वी शा, कोलिन मुन्रो, कोलिन इन्ग्राम, रिसभ पन्त जस्ता ओपनिंग गर्न सक्षम खेलाडी समेत दिल्लीको स्क्वाडमा रहेका छन्। महत्वपूर्ण पक्ष के छ भने, सबै ओपनिंग बिकल्पमा रहेका खेलाडीहरु टि-२० क्रिकेटमा आक्रामक ब्याटिंग गर्ने क्षमता राख्दछन्।

Prithvi Shaw
Prithvi Shaw

सनराइजर्स हैदरावादबाट यस सिजन दिल्ली आएका शिखर धवनको आइपिएलमा १२३.५ को स्ट्राइक रेट रहेको छ। यस्तै धवनसंग ओपनिंग गर्ने सम्भाव्य खेलाडी रहेका पृथ्वी शा: को आइपिएल करियरमा १५३.१२ को स्ट्राइक रेट रहेको छ। धवन र शा: बाहेक समेत दिल्लीमा कोलिन मुन्रो ( १३०.९९ ), कोलिन इन्ग्राम ( १२९.६३ ) जस्ता बिष्फोटक ओपनिंग क्षमता राख्ने ब्याट्सम्यानको उपस्थिति दिल्लीले आइपिएल जित्न सक्ने आधार बन्न सक्छ।

१) बलियो भारतीय ब्याटिंग लाइन अप : दिल्ली क्यापिटल्सको सबैभन्दा बलियो पक्ष हो, उसको भारतीय ब्याटिंग लाइन – अप। टोलीका कप्तान श्रेयस अय्यरसंगै रिसभ पन्त, पृथ्वी शा, शिखर धवन, हनुमा बिहारी जस्ता भारतीय खेलाडीको उपस्थिति टोलीको मजबुत पक्ष हो।

Shreyas Iyer- Risabh Pant
Shreyas Iyer- Risabh Pant

केहि समय अघि सकिएको घरेलु टि-२० प्रतियोगिता सैयद मुस्ताक अलि ट्रफीमा उच्च फर्ममा रहेका अय्यर र शा: ले दिल्लीको ब्याटिंग युनिटलाई उर्जा दिएका छन्। यस्तै पछिल्लो समय भारतीय टोलीका लागि लगातार खेल्दै आएका धवन र पन्त समेत टोलीमा हुनु दिल्लीको जितको अर्को ठोस आधार बन्न सक्छ।

रिशभ पन्तले गत सिजन आईपीएलमा ५२.६१ को औशतले कुल ६८४ रन बनाएका थिए जो सिजनकै दोश्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए। यस्तै श्रेयस अय्यरले पनि गत सिजन राम्रो ब्याटिंग गरेका थिए।

 

 





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]