सुपर ओभरमा पुगेको सनसनीपूर्ण खेलमा दिल्लीद्वारा कोलकाता पराजित

इन्डियन प्रिमियर लिग आईपीएलको दसौं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै दोश्रो जित हात पारेको छ। कोलकाताले तेश्रो खेल खेल्दा पहिलो हार बेहोर्यो।

सनसनीपूर्ण रहेको खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा दिल्लीले पहिले ब्याटिंग गर्दै दिएको ११ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले १ विकेट गुमाएर ६ रन मात्रै बनाउन सक्यो।

यस अघि कोलकाताले पहिले ब्याटिंग गर्दै १८६ रनको लक्ष्य दिएको थियो जुन पछ्याउने क्रममा दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १८५ रन बनाउदा खेल सुपर ओभरमा पुगेको थियो।

प्रिथ्भी शाको उत्कृस्ट इनिंग, नाटकीय रह्यो कुलदिपको अन्तिम ओभर 

कोलकाताले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले ओपनर शिखर धवनलाई चाडै गुमाउन पुग्यो। ९ बलमा २ चौका र १ छक्का मदतले १६ रन बनाएका शिखरलाई पियुष चावलाले आउट गरे।

तेश्रो ओभरमा धवन आउट भएपछि अर्का ओपनर प्रिथ्भी शा र कप्तान श्रेयस ऐयरले दोश्रो विकेटको लागि ८९ रनको साझेदारी गर्दै दिल्लीको योगफल १०० पार गराए। कप्तान ऐयरलाई आन्द्रे रसेलले १२ औं ओभरमा क्याच आउट गराए। ३२ बलमा ऐयरले ४ चौका र २ छक्का प्रहार गरे।

दोश्रो विकेट गुमे पछि प्रिथ्भी शा र रिशभ पन्तले दिल्लीको योगफल अघि बढाए। दुवैले तेश्रो विकेटको लागि ५४ रनको साझेदारी गरे र दिल्लीलाई जित नजिक पुर्याए। रिशभ ११ रन बनाएर कुलदिप यादबको बलमा १८ औं ओभरमा आउट भए।

आईपीएल करियरमा पहिलो शतकको नजिक पुगेका प्रिथ्भी दुर्भाग्यपूर्ण रहे र शतकबाट १ रन टाढा हुँदा लकी फर्गुसनको बलमा क्याच आउट हुन पुगे। ५५ बलमा उनले १२ चौका र ३ छक्का मदतले ९९ रन बनाए।

नाटकीय अन्तिम ओभर , कुलदिपको उत्कृस्ट बलिंग

दिल्लीलाई अन्तिम ओभरमा जितको लागि ६ रन आवस्यक थियो र बलिंग गर्दै थिए कुलदिप यादब। कुलदिपले आफ्नो अघिल्लो ओभरमा ३ रन दिएर १ विकेट लिने क्रममा रिशभ पन्तको विकेट लिएका थिए।

 

अन्तिम ओभरको पहिलो बलमा हनुमा बिहारीले १ रन लिएपछि दोश्रो बलमा कोलिन इन्ग्रामले २ रन लिए। तेश्रो बलमा इन्ग्रामले रन बनाउन सकेनन्। ३ बलमा ३ रन आवस्यक रहंदा चौथो बलमा इन्ग्रामले १ रन लिए। पाँचौ बलमा हनुमा बिहारी क्याच आउट हुन पुग्दा खेल रोमान्चक बनेको थियो।

दिल्लीलाई अन्तिम बलमा जितको लागि २ रन आवस्यक रह्यो। क्रिजमा रहेका इन्ग्रामले अन्तिम बलमा १ रन पुरा गरे र २ रन लिने चक्करमा उनि रन आउट हुन पुगे। खेल टाई भयो र सुपर ओभरमा पुग्यो।

यस्तो रह्यो सुपर ओभर 

सुपर ओभरमा दिल्लीको लागि ब्याटिंग गर्न रिशभ पन्त र कप्तान श्रेयस ऐयर आए। कोलकाताको लागि बलिंगमा प्रसिध कृष्ण आए जसले खेलमा  ४ ओभर बलिंग गर्दै ३३ रन खर्चिएका थिए।

दिल्लीको ब्याटिंग ( सुपर ओभर ) , १०/१ रन 

पहिलो बल – १ रन ( रिशभ पन्त )
दोश्रो बल – चौका ( श्रेयर ऐयर )
तश्रो बल – आउट ( श्रेयर ऐयर )
चौथो बल – २ रन ( रिशभ पन्त )
पाँचौ बल – २ रन ( रिशभ पन्त )
छैठौं बल – १ रन ( रिशभ पन्त )

कोलकाताको ब्याटिंग ( सुपर ओभर ) , ६/१

दिल्लीले दिएको ११ रनको लक्ष्य पछ्याउन कोलकाता कप्तान दिनेश कार्तिक र आन्द्रे रसेल आए। दिल्लीले कागीसो रबाडालाई बलिंग गर्न पठायो।

पहिलो बल – चौका ( आन्द्रे रसेल )
दोश्रो बल – डट ( आन्द्रे रसेल )
तेश्रो बल – आउट ! बोल्ड , ( आन्द्रे रसेल )
चौथो बल – १ रन ( रोबिन उथप्पा )
पाँचौ बल – १ रन ( दिनेश कार्तिक )
छैठौं बल – १ रन ( रोबिन उथप्पा )

कोलकाताको ब्याटिंग ( पहिलो इनिंग ) : रसेल र कार्तिकको उत्कृस्ट साझेदारी 

जारि खेलमा टस जितेर दिल्लीले पहिले बलिंग गर्ने निर्णय गरेपछि दिल्लीको घरेलु मैदान फिरोजशाहमा कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १८५ रनको योगफल तयार गरेको थियो।

टस हारेर ब्याटिंग गरेको कोलकाताको सुरुवात राम्रो हुन सकेन। ओपनर निखिल नैक ७ रन तथा क्रिस लिन २० रन बनाएर आउट भए भने रोबिन उथप्पाले पनि ११ रन मात्रै बनाउन सके। निखिल राना १ रन तथा शुबमन गिल ४ रन मात्रै बनाएर आउट हुँदा कोलकाताले पहिलो ५ विकेट ६१ रनमा गुमाएको थियो।

नैकलाई सन्दिप लामिछानेले चौथो ओभरमा एलबिडब्लु धरापमा पारेका थिए भने हर्षल पटेलले उथप्पा र नितिश रानाको विकेट लिए।

५ विकेट गुमेपछि भने दिल्लीको लागि आन्द्रे रसेल र दिनेश कार्तिकले उत्कृस्ट साझेदारी गरे। छैठौं विकेटको रुपमा आक्रामक ब्याटिंग गर्ने क्रममा दुवैले ९५ रनको साझेदारी गरे।

रसेल १८ औं ओभरमा आउट हुनु अघि उनले मात्र २८ बलमा ६ छक्का र ४ चौका प्रहार गरे। यस क्रममा उनले सन्दिप लामिछानेले गरेको इनिंगको १२ औं ओभरमा लगातार २ छक्का प्रहार गरेका थिए। २३ बलमा अर्धशतक पुरा गरेका रसेललाई क्रिस मोरिसले क्याच आउट गराए।

रसेलको विकेटपछि अर्को किनारमा आक्रामक ब्याटिंग गरेका दिनेश कार्तिक पनि ५० रन बनाएर आउट भए जसले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

इनिंगको अन्तिममा पियुष चावलाले १२ रन ( ५ बलमा १ छक्का र १ चौका ) र कुलदिप यादबले १० रन बनाएपछि कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १८५ रनको योगफल तयार गर्यो ।

दिल्लीको बलिंगमा हर्षल पटेलले सर्वाधिक २ विकेट ( ४-०-४०-२ ) लिए। कागीसो रबाडा ( ४-०-४१-१ ) , क्रिस मोरिस ( ४-०-३५-१ ), अमित मिश्रा ( ४-०-३६-१ ) र सन्दिप लामिछाने ( ४-०-२९-१ ) ले समान १/१ विकेट लिए। ५ बलर मध्ये सन्दिप सबैभन्दा किफायती रहे।

सन्दिपको राम्रो सुरुवात 

सिजनको पहिलो खेलमा सन्दिपले राम्रो बलिंग गर्ने क्रममा ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए। यस क्रममा नेपाली स्पिनरले १३ बलमा रन दिएनन्। कोलकाता

सन्दिपको पहिलो ओभर – १ रन ( डट बल, डट बल, डट बल, डट बल, डट बल , १ रन )

खेलको दोश्रो ओभरमा बलिङ्ग गरेका सन्दिपले उत्कृस्ट सुरुवात गर्ने क्रममा ओभरमा मात्र १ रन खर्चिए। निखिल नायकले सन्दिपको ६ वटै बलको सामना गरे जसले लगातार ५ बलमा रन बनाउन सकेनन् भने छैठौं बलमा १ रन लिंदै मेडन ओभर टारेका थिए।

Sandeep Lamichhane

दोश्रो ओभर – ६ रन र १ विकेट ( १ रन, डट बल, डट बल, विकेट ( निखिल नैक ) , चौका र १ रन )

लगातार स्पेलमा इनिंगको चौथो ओभर बलिङ्ग गरेका सन्दिपले ६ रन खर्चेर १ विकेट हात पारे। ओभरको पहिलो बलमा क्रिस लिनले १ रन लिएपछि स्ट्राइकमा आएका निखिल नैकले २ बलमा रन बनाउन सकेनन्।

ओभरको चौथो बलमा सन्दिपले गरेको गुगलीमा निखिल फस्न पुगे र प्याडमा लाग्दा उनि एलबिडब्लु हुँदै पेभेलियन फर्किए। अम्पायरको निर्णय बिरुद्ध रिभ्यु लिएका थिए जुन सन्दिपको पक्षमा गयो।

त्यसपछि ब्याटिंगमा आएका नयाँ ब्याट्सम्यान रोबिन उथप्पाले पहिलो बलमै सन्दिपलाई चौका प्रहार गरे भने अन्तिम बलमा १ रन लिए।

तेश्रो ओभर – २ रन ( २ रन र रन आउट, १ रन, डट बल, १ रन, १ रन , डट बल )

पाओरप्लेको ओभर पछि इनिंगको दशौँ ओभरमा ब्याटिंग गर्न आएका सन्दिपको पहिलो बलमा शुभमन गिल रन आउट भए। तेश्रो रन लिने चक्करमा उनि आउट भए। त्यस पछिको ५ बलमा सन्दिपले ३ रन मात्रै खर्चिए जुन सिंगल बाट आयो भने २ बल डट गरे। आक्रामक ब्याट्सम्यान आन्द्रे रसेलले ओभरमा ३ वटा बल सामना गरे पनि उनले १ लिन सके र २ बल डट खेले।

चौथो ओभर – १७ रन ( डट बल, डट बल, चौका , १ रन, छक्का , छक्का )

१२ औं ओभरमा स्पेलको अन्तिम ओभर गर्न आएका सन्दिपलाई आन्द्रे रसेलले अन्तिम २ बलमा २ छक्का प्रहार गरे। ओभरको पहिलो २ बल डट फालेका सन्दिपले गरेको तेश्रो बलमा दिनेश कार्तिकले चौका प्रहार गरे। त्यसपछि चौथो बलमा १ रन लिएर आन्द्रे रसेललाई पालो दिए । रसेलले सन्दिपले गरेको पाँचौ गुग्ली बललाई डिप मिड-विकेट माथि छक्का प्रहार गरे भने दोश्रो बललाई सन्दिपको टाउको माथिबाट छक्का प्रहार गरे ।

४ ओभर बलिंग गर्दा सन्दिपले २९ रन खर्चेर १ विकेट लिए।

आईपीएलको गत सिजन ३ खेलमा सन्दिपले ५ विकेट लिएका थिए र यो एउटा विकेट पछि कुल विकेट संख्या ४ खेलमा ६ पुगेको छ।

सन्दिपले बलिंग गर्दै गर्दा कमेन्टेटरहरुले लगातार उनको तारिफ गरे र नेपालको शान बताए। सन्दिपको बलमा ड्रिफ्ट भएको र स्टम्पमा बल गर्नाले राम्रो बलर भएको भन्दै उनको तारिफ गरेका थिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]