कोलकाता बिरुद्ध दिल्लीको कीर्तिमानी योगफल

१३ औं आईपीएल अन्तर्गत १६ औं खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्।

शारजाह मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनाउदै कोलकातालाई २२९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दिल्लीको लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ८८ रन बनाए जुन क्रममा मात्र ३८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। यती पृथ्वी शले ६६ रन ( ४१ बलमा ४ चौका र ४ छक्का ) , श्रेयस ऐयरले ३८ ( १७ बलमा ५ चौका र १ छक्का ) तथा शिखर धवनले २६ ( १६ बलमा २ चौका र २ छक्का ) बनाए।

दिल्लीको सुरुवात राम्रो रह्यो जुन क्रममा पृथ्वी श र शिखर धवनले ५६ रनको साझेदारी गरे। छैठौं ओभरमा धवन १६ बलमा २ चौका र २ छक्का मद्दतले २६ रन बनाएर वरुण चक्रवर्तीबाट क्याच आउट भए।

ओपनर पृथ्वी शले ६६ रन बनाए

दोश्रो विकेटको लागि पृथ्वी र कप्तान श्रेयस ऐयरले ७३ रनको साझेदारी गरे। १३ औं ओभरमा कमलेश नगरकोटीले पृथ्वीले क्याच आउट गराए जसअघि उनले ४१ बलमा ४ चौका र ४ छक्का मद्दतले ६६ रन बनाए। शले ३५ बलमा अर्धशतक पुरा गरेका थिए।

त्यसपछि पनि कप्तान ऐयरले एक किनार सम्हालीरहे र रिशभ पन्तसंग साझेदारी अघि बढाए जुन क्रममा तेश्रो विकेटको लागि ७२ रनको साझेदारी गरे।  १८ औं ओभरमा पन्तलाई आन्द्रे रसेलले क्याच आउट गरे जसअघि उनले १७ बलमा ५ चौका र १ छक्का मद्दतले ३८ रन बनाए। १९ औं ओभरमा मार्कस स्टोइनिस मात्र १ रन बनाएर आन्द्रे रसेलको दोश्रो शिकार बने। त्यसपछि श्रेयस ऐयर र शिमरन हेटमायर अविजित रहे।

कोलकाताको बलिंगमा आन्द्रे रसेलले सर्वाधिक २ विकेट लिए। अन्य सबै बलरले १० रन भन्दा बढी प्रतिओभर रन खर्चदा रसेलले ४ ओभरमा मात्र २९ रन खर्चिए। त्यस क्रममा उनले अन्तिम ओभरमा मात्र ७ रन खर्चिए। वरुण चक्रवर्ती ( ४-०-४९-१ ) र कमलेश नगरकोटी ( ३-०-३५-१ ) ले समान १ विकेट लिए। प्याट कमिन्स ( ४-०-४९-० ) , सुनिल नारायण ( २-०-२६-० ) , शिभम माभी ( ३-०-४०-० ) विकेटविहिन रहे।

श्रेयस ऐयरले अविजित ८८ रन बनाए

दिल्लीको नयाँ कीर्तिमान

लिग इतिहासमा दिल्लीले बनाएको यो दोश्रो ठूलो योगफल हो भने लिग इतिहासकै १३ औं ठूलो योगफल हो। यस अघि २०११ मा दिल्लीले पन्जाब बिरुद्ध २३१ रन बनाएको थियो जुन रेकर्ड तोड्न थोरैले असफल रह्यो। कोलकाता बिरुद्ध कुनै पनि टिमले बनाएको यो सबैभन्दा ठूलो योगफल हो। यस अघि कोलकाता बिरुद्ध सबैभन्दा ठूलो योगफल दिल्लीलेनै बनाएको थियो। २०१८ मा दिल्लीले कोलकाता बिरुद्ध २१९ रन बनाएको थियो।

खेलमा दिल्लीको अन्तिम-११मा रभीचन्द्रन आश्विनले पुनरागमन गरेका छन्। अमित मिश्रा अर्को स्पिनरको रुपमा टिममा रहंदा इशान्त शर्मा र  अक्षर पटेललाई बाहिर राखिएको छ। फास्ट बलर हर्षल पटेललाई मौका दिईएको छ।

दुवै टिमले समान ३ खेल खेल्दा २ जित र १ हार बेहोर्दै ४ अंक बटुलेका छन्। अंकतालिकामा दिल्ली तेश्रो तथा कोलकाता चौथो स्थानमा रहेको छ। आज सम्पन्न पहिलो खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै अंकतालिकाको शिर्षस्थानमा उक्लेको थियो।

IPL : कोहली फर्ममा फर्किदा बैंगलोरको तेश्रो जित, अंकतालिकाको शिर्ष स्थानमा

धोनीलाई लक्षित गर्दै पठानको व्यंग्यात्मक ट्वीट “कसैको लागि उमेर अंक मात्रै, अरुको लागि खेल छोड्ने कारण”

आईपीएल खेल्न युएई उडे स्टोक्स, को संग खेल्ने छन् पहिलो खेल

टि-२० क्रिकेट सुधार गर्न शेन वार्नले दिए ३ सुझाव





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]