आईपीएल २०२० अन्तर्गत १६ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ।
शारजाह मैदानमा दिल्लीले दिएको २२९ रनको लक्ष्य पछाउने क्रममा कोलकाताले पुरै २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर २१० रन बनाउन सक्यो।
कोलकाताको ब्याटिंगमा नितिश रानाले सर्वाधिक ५८ रन ( ३५ बलमा ४ चौका र ४ छक्का ) , ओएन मोर्गनले ४४ रन ( १८ बलमा १ चौका र ५ छक्का ) , राहुल त्रिपाठीले ३६ ( १६ बलमा, ३ चौका र ३ छक्का ) तथा शुबमन गिलले २८ रन ( २२ बलमा २ चौका र १ छक्का ) बनाए।
दोश्रो ओभरमा ओपनर सुनिल नारायणलाई ( ३ ) एनरिक नोर्कियाले बोल्ड गर्दै सुरुवाती सफलता दिलाए। दोश्रो विकेटको लागि अर्का ओपनर शुबमन गिलले नितिश रानासंग ६६ रनको साझेदारी गरे। नवौं ओभरमा गिललाई अमित मिश्राले विकेटकिपर रिशभ पन्तबाट क्याच आउट गराए। त्यसपछि कोलकाताले लगातार विकेट गुमायो। दशौँ ओभरमा १३ रन बनाएर आन्द्रे रसेल रबाडाको बलमा नोर्कियाबाट क्याच आउट भए। अर्धशतक पुरा गरेपछि नितिश राना र कप्तान दिनेश कार्तिक ( ६ ) हर्षल पटेलले गरेको १३ औं ओभरमा क्याच आउट भए। लगत्तै ओभरमा नोर्कियाले प्याट कमिन्स ( ५ ) लाई पेभेलियन फर्काए।
रोमान्चक अन्त्य
छैठौं नम्बरमा आएका ओएन मोर्गनले त्यसपछि राहुल त्रिपाठीसंग आक्रामक साझेदारी गरे। अन्तिम ४ ओभरमा जित्न ७८ रन आवस्यक रहंदा मार्कस स्टोइनिसले गरेको १७ औं ओभरमा राहुल त्रिपाठीले ३ छक्का र १ चौका प्रहार गरे। १८ औं ओभरमा रबाडालाई मोर्गनले लगातार ३ छक्का प्रहार गरे। उक्त ओभरमा २३ रन बन्यो जसपछि २ ओभरमा जित्न ३१ रन आवस्यक रह्यो।
१९ औं ओभरमा नोर्कियाले दिल्लीलाई कम्ब्याक गराए। पहिलो २ बलमा २ रन दिएका उनले तेश्रो बलमा मोर्गनलाई क्याच आउट गराए र ७८ रनको साझेदारी तोडे। उक्त ओभरमा नोर्कियाले मात्र ५ रन खर्चिए।
अन्तिम ओभरमा जितको लागि २६ रन आवस्यक रह्यो। मार्कस स्टोइनिसको पहिलो बलमा त्रिपाठीले चौका प्रहार गरे। तर लगत्तै बलमा स्टोइनिसले उनलाई बोल्ड गरे। ओभरमा उनले मात्र ७ रन खर्चिए र टिमलाई जित दिलाए।
दिल्लीको बलिंगमा दक्षिण अफ्रिकी फास्ट बलर एनरिक नोर्कियाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३३ रन खर्चिए। हर्षल पटेलले ( ४-०-३४-२ ) २ विकेट लिए भने अमित मिश्रा ( २-०-१४-१ ), मार्कस स्टोइनिस ( र कागीसो रवाडाले ( ४-०-५१-१ ) ले समान १ विकेट लिए। रभीचन्द्रन आश्विन ( २-०-२६-० ) विकेटविहिन रहे।
दिल्लीको कीर्तिमानी योगफल
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनाएको थियो।
दिल्लीको लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ८८ रन बनाए जुन क्रममा मात्र ३८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। यती पृथ्वी शले ६६ रन ( ४१ बलमा ४ चौका र ४ छक्का ) , श्रेयस ऐयरले ३८ ( १७ बलमा ५ चौका र १ छक्का ) तथा शिखर धवनले २६ ( १६ बलमा २ चौका र २ छक्का ) बनाए।
दिल्लीको सुरुवात राम्रो रह्यो जुन क्रममा पृथ्वी श र शिखर धवनले ५६ रनको साझेदारी गरे। छैठौं ओभरमा धवन १६ बलमा २ चौका र २ छक्का मद्दतले २६ रन बनाएर वरुण चक्रवर्तीबाट क्याच आउट भए।
दोश्रो विकेटको लागि पृथ्वी र कप्तान श्रेयस ऐयरले ७३ रनको साझेदारी गरे। १३ औं ओभरमा कमलेश नगरकोटीले पृथ्वीले क्याच आउट गराए जसअघि उनले ४१ बलमा ४ चौका र ४ छक्का मद्दतले ६६ रन बनाए। शले ३५ बलमा अर्धशतक पुरा गरेका थिए।
त्यसपछि पनि कप्तान ऐयरले एक किनार सम्हालीरहे र रिशभ पन्तसंग साझेदारी अघि बढाए जुन क्रममा तेश्रो विकेटको लागि ७२ रनको साझेदारी गरे। १८ औं ओभरमा पन्तलाई आन्द्रे रसेलले क्याच आउट गरे जसअघि उनले १७ बलमा ५ चौका र १ छक्का मद्दतले ३८ रन बनाए। १९ औं ओभरमा मार्कस स्टोइनिस मात्र १ रन बनाएर आन्द्रे रसेलको दोश्रो शिकार बने। त्यसपछि श्रेयस ऐयर र शिमरन हेटमायर अविजित रहे।
कोलकाताको बलिंगमा आन्द्रे रसेलले सर्वाधिक २ विकेट लिए। अन्य सबै बलरले १० रन भन्दा बढी प्रतिओभर रन खर्चदा रसेलले ४ ओभरमा मात्र २९ रन खर्चिए। त्यस क्रममा उनले अन्तिम ओभरमा मात्र ७ रन खर्चिए। वरुण चक्रवर्ती ( ४-०-४९-१ ) र कमलेश नगरकोटी ( ३-०-३५-१ ) ले समान १ विकेट लिए। प्याट कमिन्स ( ४-०-४९-० ) , सुनिल नारायण ( २-०-२६-० ) , शिभम माभी ( ३-०-४०-० ) विकेटविहिन रहे।
दिल्लीको कीर्तिमान : लिग इतिहासमा दिल्लीले बनाएको यो दोश्रो ठूलो योगफल हो भने लिग इतिहासकै १३ औं ठूलो योगफल हो। यस अघि २०११ मा दिल्लीले पन्जाब बिरुद्ध २३१ रन बनाएको थियो जुन रेकर्ड तोड्न थोरैले असफल रह्यो। कोलकाता बिरुद्ध कुनै पनि टिमले बनाएको यो सबैभन्दा ठूलो योगफल हो। यस अघि कोलकाता बिरुद्ध सबैभन्दा ठूलो योगफल दिल्लीलेनै बनाएको थियो। २०१८ मा दिल्लीले कोलकाता बिरुद्ध २१९ रन बनाएको थियो।
अंकतालिका र आगामी खेल
चौथो खेलमा तेश्रो जित पछि दिल्ली ६ अंक बटुल्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। समान अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै बैंगलोर दोश्रो स्थानमा झरेको छ। दिल्ली अघिल्लो खेलमा हैदरावादसंग १५ रनले पराजित भएको थियो भने त्यस अघि चेन्नाई र पन्जाबलाई पराजित गरेको थियो।
कोलकाता हारपछि पाँचौ स्थानमा पुगेको छ जसले ४ खेलमा २ जित र २ हार बेहोरेको छ। समान अंक रहे पनि मुम्बई र हैदरावाद नेटरन रेटमा कोलकाता भन्दा अघि रहेको छ।
दिल्लीले आगामी खेल सोमबार बैंगलोर बिरुद्ध खेल्नेछ। कोलकाताले बुधबार चेन्नाई बिरुद्ध खेल्नेछ। लिग अन्तर्गत आइतबार पनि २ खेल हुनेछ। पहिलो खेलमा मुम्बई र हैदरावाद शारजाहमा खेल्नेछन् जुन ३:४५ बजे सुरु हुनेछ। दोश्रो खेल पन्जाब र चेन्नाई बीच दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ७:४५ बजे सुरु हुनेछ।
दुर्घटनामा अफगानिस्तान ओपनर नजीबुल्लाह गम्भीर घाइते
लयमा फर्केका कोहलीले बनाए नयाँ इतिहास
IPL : कोहली फर्ममा फर्किदा बैंगलोरको तेश्रो जित, अंकतालिकाको शिर्ष स्थानमा
आईपीएल खेल्न युएई उडे स्टोक्स, को संग खेल्ने छन् पहिलो खेल