IPL Match2 : दिल्ली पहिले ब्याटिंग गर्दै , सन्दिप छैनन् अन्तिम-११ मा

१३ औं आईपीएल टि-२० दोश्रो दिन लिगको दोश्रो खेलमा श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्स र केएल राहुल कप्तानीको किंग्स-११ पन्जाब प्रतिस्पर्धा गर्दैछन्। लिग अन्तर्गत पहिलो खेलमा शनिवार राति डिफेन्डिङ च्याम्पियन मुम्बईलाई चेन्नाईले ५ विकेटले पराजित गरेको थियो। युएईको दुबई स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय राति ७:४५ बजे सुरु हुनेछ।

खेलमा किंग्स-११ पन्जाबले टस जितेर दिल्लीलाई ब्याटिंगको निम्तो दिएको छ।

दिल्लीले नेपाली स्पिनर सन्दिपलाई अन्तिम-११ मा स्थान दिएन। उसले ४ विदेशी खेलाडीको रुपमा शिमरन हेटमायर, कागीसो रबाडा, मार्कस स्टोइनिस र एनरिक नोर्कियालाई स्थान दिएको छ। स्पिनरको रुपमा टिमले अक्षर पटेल र रभीचन्द्रन आश्विनलाई स्थान दिएको छ भने दुवै लेग स्पिनर सन्दिप लामिछाने र अमित मिश्रालाई बाहिर राखेको छ। खेल अघि अभ्यासको क्रममा घाइते भएपछि इशान्त शर्मा खेलबाट बाहिर भएका छन् जसको स्थानमा मोहित शर्माले स्थान बनाएका छन्।


दिल्लीको अन्तिम ११ : श्रेयस ऐयर ( कप्तान ) , पृथ्वी शा, रिशभ पन्त, शिखर धवन, रभीचन्द्रन आश्विन, अक्षर पटेल, मोहित शर्मा, शिमरन हेटमायर, कागीसो रबाडा, मार्कस स्टोइनिस र एनरिक नोर्किया

पन्जाबले अन्तिम-११ मा क्रिस गेललाई बाहिर राखेको छ। यु-१९ विश्वकपमा उत्कृस्ट प्रदर्शन गरेका लेग स्पिनर रभी बिस्नोइलाई उसले मौका दिएको छ।

पन्जाबको अन्तिम ११ : केएल राहुल ( कप्तान ) , मायाँक अग्रवाल, करुण नायर, सरफराज खान,  ग्लेन म्याक्सवेल , शेल्डन कटरेल, क्रिस जोर्डन, निकोलस पुरन, क्रिश्नप्पा गोथम, रभी बिस्नोइ, मोहम्मद शामी

२०१८ मा दिल्लीले अक्सनमार्फत सन्दिपलाई २० लाख भारतीय रुपैयाँमा टिममा अनुबन्ध गरेको थियो। त्यसपछि पहिलो सिजन ३ खेल तथा दोश्रो सिजन नेपाली स्पिनरले ६ खेलमा अन्तिम-११ मा मौका पाएका थिए। ९ खेलमा सन्दिपले कुल १३ विकेट लिएका छन्।

लिगको उपाधि हालसम्म जित्न नसकेको दिल्ली र पन्जाब यो सिजन पहिलो उपाधि जित्ने लक्ष्य सहित सुरुवाती खेल जित्दै लय प्राप्त गर्न चाहन्छ। गत सिजन दिल्ली दोश्रो क्वालीफायरमा चेन्नाईसंग पराजित भएको थियो। पन्जाब भने लिग चरणमा छैठौं स्थानमा रहेपछि प्लेअफ पुग्न असफल रहेको थियो। गत सिजन दिल्लीले पन्जाबलाई १ खेलमा पराजित गरेको थियो भने १ खेलमा पराजित भएको थियो।

हेड टु हेड नतिजा : लिग इतिहासमा दिल्ली र पन्जाबले एकअर्का बिरुद्ध हालसम्म कुल २४ खेल खेलेका छन्। त्यस मध्ये पन्जाबले १४ खेलमा जित हात पारेको छ भने दिल्लीले १० खेल जित हात पारेको छ। अन्तिम ५ खेल मध्ये पन्जाबले ४ खेल जितेको छ।

यो पनि पढ्नुस :-

IPL Match 2 : दिल्ली र पन्जाबको बलियो र कमजोर पक्ष

अधिकांश ठूला भारतीय मिडियाको सम्भावित-११ मा सन्दिप, मिश्रा बाहिर

पहिलो खेल अघि दिल्लीलाई झट्का, इशान्त नखेल्ने सम्भावना

IPL 2020 : भेट्रान स्पिनर मिश्राले बनाउन सक्छन् ३ रेकर्ड





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]