रबाडाको सिजनकै उत्कृस्ट बलिंग, बैंगलोरलाई सहजै पराजित गर्दै दिल्ली शिर्षमा

आईपीएल २०२० अन्तर्गत १९ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै चौथो जित दर्ता गरेको छ। जितसंगै दिल्ली अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। ( अंकतालिका सबैभन्दा तल हेर्नुस ) 

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै दिल्लीले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा बिराट कोहली कप्तानीको टिमले २० ओभरमा ९ विकेट गुमाएर मात्र १३७ रन बनाउन सक्यो।

बैंगलोरको लागि कप्तान बिराट कोहलीले सर्वाधिक ४३ रन बनाए जुन क्रममा ३९ बलमा २ चौका र १ छक्का प्रहार गरे।

बैंगलोर कप्तान बिराट कोहलीले सर्वाधिक ४३ रन बनाए

ओपनर देभदत्त पडीक्कललाई तेश्रो ओभरमा रभीचन्द्रन आश्विनले क्याच आउट गराएपछि क्रिजमा आएका कोहलीले एक किनार सम्हालेता पनि अर्को किनारमा बैंगलोरले लगातार विकेट गुमायो। आरोन फिंच १३, ए भी डी भिल्लीयर्स ९ , मोइन अलि ११ रन बनाएर आउट भए। कुनै पनि ब्याट्सम्यानले कोहलीलाई लामो समय क्रिजमा साथ दिन सकेनन्।

कोहलीलाई १४ औं ओभरमा कागीसो रबाडाले विकेट किपर रिशभ पन्तबाट क्याच आउट गराउदै दिल्ली खेलमा पूर्णत हावी भएको थियो। रबाडाले कोहलीपछि वासिंगटन सुन्दर ( ११ ) , शिभम दुबे ( ११ ) र इसुरु उडाना ( १ ) लाई पेभेलियन फर्काउदै टिमलाई पूर्णत हावी गराए।

दिल्लीको बलिंगमा दक्षिण अफ्रिकी पेसर कागीसो रबाडाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए। जारि सिजन कुनै पनि बलरले एकै इनिंगमा ४ विकेट लिएको यो पहिलो पटक हो भने स्वतः सिजनको उत्कृस्ट बलिंग स्पेल हो।

लिग इतिहासमा रबाडाको यो तेश्रो उत्कृस्ट स्पेल हो। आईपीएलमा उनले एकै इनिंगमा ४ विकेट लिएको यो तेश्रो पटक हो। गत सिजन उनले बैंगलोर बिरुद्ध उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा २१ रन खर्चेर ४ विकेट लिएका थिए। यस्तै गत सिजननै उनले हैदरावाद बिरुद्ध दोश्रो उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा २२ रन खर्चेर ४ विकेट लिएका थिए।

रबाडाले जारि सिजनकै उत्कृस्ट स्पेल दर्ता गरे

देब्रे हाते स्पिनर अक्षर पटेल ( ४-०-१८-२ ) विकेट लिए र फास्ट बलर नोर्कियाले ( ३-०-२२-२ ) ले समान २ विकेट लिए । रभीचन्द्रन आश्विनले ( ४-०-२६-१ ) १ विकेट लिंदा हर्षल पटेल ( ४-०-४३-० ) मात्र विकेटविहिन रहे।

दिल्लीको ब्याटिंग 

टस हारेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९६ रन बनाएको थियो। दिल्लीले बैंगलोर बिरुद्ध बनाएको यो लिग इतिहासकै सर्वाधिक योगफल हो।

दिल्लीको लागि मार्कस स्टोइनिसले अविजित इनिंग खेल्ने क्रममा मात्र २६ बलमा ५३ रन बनाए जुन क्रममा ६ चौका र २ छक्का प्रहार गरे। २४ बलमा अर्धशतक पुरा गरेका स्टोइनिसको आईपीएल करियरमा तेश्रो तथा जारि सिजन दोश्रो अर्धशतक हो। यस अघि उनले पहिलो खेलमा पन्जाब बिरुद्ध ५३ रन बनाएका थिए।

राम्रो सुरुवात गर्ने क्रममा ओपनर पृथ्वी शले २३ बलमा ४२ ( ५ चौका र २ छक्का ) र शिखर धवनले ३२ ( २८ बलमा ३ चौका ) रन बनाए। रिशभ पन्तले २५ बलमा ३७ ( ३ चौका र २ छक्का ) रन बनाए। श्रेयस ऐयर र शिमरन हेटमायरले समान ११ रन बनाए।

स्टोइनिसले २६ बलमा ५३ रन बनाए

ओपनर पृथ्वी श र शिखर धवनले पहिलो विकेटको लागि ६८ रनको साझेदारी गरेका थिए। सातौँ ओभरमा पृथ्वीलाई मोहम्मद सिराजले तथा १० औं ओभरमा धवनलाई इसुरु उडानाले क्याच आउट गराए। कप्तान श्रेयस ऐयर ( ११ ) पनि १२ औं ओभरमा क्याच आउट भए जुन क्रममा मोइन अलिको बलिंगमा देभदत्त पडीक्कलले बाउन्ड्रीमा उत्कृस्ट क्याच गरे।

चौथो विकेटको लागि रिशभ पन्त र मार्कस स्टोइनिसले चौथो विकेटको लागि ८९ रनको साझेदारी गरे। पन्तलाई १९ औं ओभरमा मोहम्मद सिराजले बोल्ड गरे।

१३ ओभरमा १०२/३ को अवस्थाबाट दिल्लीले अन्तिम ७ ओभरमा ९४ रन तथा अन्तिम ५ ओभरमा गुमाएर ६२ रन जोड्यो।

बैंगलोरको बलिंगमा मोहम्मद सिराजले सर्वाधिक २ विकेट ( ४-०-३४-२ ) लिए। मोइन अलि ( २-०-२१-१ ) र इसुरु उडानाले ( ४-०-४०-१ ) ले समान १ विकेट लिए। नभदिप सैनी ( ३-०-४८-० ) , युजभेन्द्र चहल ( ३-०-२९-० ) र वासिंगटन सुन्दर ( ४-०-२०-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल

 

पाँचौ खेल खेल्दा चौथो जित दर्ता गर्दै दिल्ली ८ अंक सहित अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। दिल्लीले एक मात्र खेल हैदरावाद बिरुद्ध गुमाएको थियो भने पन्जाब, चेन्नाई र कोलकातालाई पराजित गरेको थियो।

बैंगलोर ५ खेलमा ३ जित र २ हार पछि तेश्रो स्थानमा यथावत रहेको छ। मुम्बई ४ खेलमा ३ जित र १ हार सहित समान ६ अंक रहे पनि बैंगलोर भन्दा नेट रन रेटमा अघि रहँदै दोश्रो स्थानमा रहेको छ।

लिग अन्तर्गत दिल्लीले आगामी खेल शुक्रबार राजस्थान रोयल्स बिरुद्ध तथा बैंगलोरले शनिबार कोलकाता बिरुद्ध खेल्ने तालिका रहेको छ। भोलि मंगलबार मुम्बई इन्डीएन्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। खेल शेख जायद स्टेडीयममा ७:४५ बजे राति सुरु हुनेछ।

हारपछि दिल्लीको तारिफ गर्दै कोहलीले भने – “पराजित गर्न मुस्किल टिम”

विश्वकीर्तिमान सहित कोहलीले बनाए २ ठूलो कीर्तिमान

हैदरावादलाई अर्को झट्का ! भुवनेश्वर कुमार आईपीएलबाटै बाहिर

घाइते हुँदा अमित मिश्रा प्रतियोगिताबाटै बाहिर, सन्दिपको सम्भावना बढ्यो

कोरोनाका कारण डिपीएलको चौथो संस्करण सर्यो

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy