रहानेको शतकमा राजस्थानद्वारा दिल्लीलाई १९२ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग अन्तर्गत ४० औं खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा अघिल्लो खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेलाई दिल्लीले अन्तिम-११ मा स्थान दिएन। सन्दिपको सट्टा क्रिस मोरिसलाई दिल्लीले अन्तिम-११ मा स्थान दिएको छ।

दिल्ली क्यापिटल्स अन्तिम-११ : पृथ्वी शा, शिखर धवन, श्रेयस ऐयर (c), ऋषब पन्त (w), कोलिन इन्ग्राम, क्रिस मोरिस, शेरफाने रदरफोर्ड, अक्सर पटेल, कागीसो रबाडा, अमित मिश्र, इशान्त शर्मा

रहानेको शतक 

सवाईमान सिंह स्टेडियम जयपुरमा जारि खेलमा दिल्लीले टस जितेर राजस्थानलाई ब्याटिंगको निम्तो दियो।

ओपनर सन्जु स्यामसन खाता नखोली रन आउट भए पछि दोश्रो विकेटको लागि कप्तान स्टिभ स्मिथ र अजिंके रहानेले शतकीय साझेदारी गरे।

१४ औं ओभरमा  आउट हुनु अघि स्मिथले ५० रन बनाए। ३२ बलमा उनले ८ चौका प्रहार गरे। स्मिथको विकेट पछि पनि रहानेले इनिंग सम्हालीरहे।

रहानेले १७ औं ओभरमा आईपीएलमा आफ्नो दोश्रो शतक पुरा गरे। ५६ बलमा उनले शतक पुरा गरे। अन्तिमसम्म अविजित रहाने क्रममा उनले ६३ बलमा ११ चौका र ३ छक्का मदतले १०५ रन बनाए।

२० ओभरमा राजस्थानले ६ विकेट गुमाएर १९१ रनको योगफल तयार गर्यो।

दिल्लीको लागि कागीसो रबाडाले सर्वाधिक २ विकेट ( ४-०-३७-२ ) लिए भने इशान्त शर्मा ( ४-०-२९-१ ) , अक्षर पटेल ( ४-०-३९-१ ) र क्रिस मोरिस ( ४-०-४१-१ ) ले १/१ विकेट लिए।

आईपीएल अंकतालिकामा दिल्ली १० खेलमा ६ जित र ४ हार सहित १२ अंकको साथ तेश्रो स्थानमा रहेको छ। राजस्थान भने ९ खेलमा ३ जित र ६ हार बेहोर्दा ६ अंक सहित सातौँ स्थानमा छ। आजको खेल दिल्लीले जित दिल्ली अंकतालिकाको पहिलो स्थानमा उक्लनेछ। चेन्नाई हाल १४ अंक सहित पहिलो स्थानमा रहेको छ जसको नेट रनरेट दिल्लीको भन्दा कम रहेको छ।

 

 





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]