रहानेको शतकमा राजस्थानद्वारा दिल्लीलाई १९२ रनको लक्ष्य

२०७६ बैशाख ९, सोमबार २१:५८

इन्डियन प्रिमियर लिग अन्तर्गत ४० औं खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा अघिल्लो खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेलाई दिल्लीले अन्तिम-११ मा स्थान दिएन। सन्दिपको सट्टा क्रिस मोरिसलाई दिल्लीले अन्तिम-११ मा स्थान दिएको छ।

दिल्ली क्यापिटल्स अन्तिम-११ : पृथ्वी शा, शिखर धवन, श्रेयस ऐयर (c), ऋषब पन्त (w), कोलिन इन्ग्राम, क्रिस मोरिस, शेरफाने रदरफोर्ड, अक्सर पटेल, कागीसो रबाडा, अमित मिश्र, इशान्त शर्मा

रहानेको शतक 

सवाईमान सिंह स्टेडियम जयपुरमा जारि खेलमा दिल्लीले टस जितेर राजस्थानलाई ब्याटिंगको निम्तो दियो।

ओपनर सन्जु स्यामसन खाता नखोली रन आउट भए पछि दोश्रो विकेटको लागि कप्तान स्टिभ स्मिथ र अजिंके रहानेले शतकीय साझेदारी गरे।

१४ औं ओभरमा  आउट हुनु अघि स्मिथले ५० रन बनाए। ३२ बलमा उनले ८ चौका प्रहार गरे। स्मिथको विकेट पछि पनि रहानेले इनिंग सम्हालीरहे।

रहानेले १७ औं ओभरमा आईपीएलमा आफ्नो दोश्रो शतक पुरा गरे। ५६ बलमा उनले शतक पुरा गरे। अन्तिमसम्म अविजित रहाने क्रममा उनले ६३ बलमा ११ चौका र ३ छक्का मदतले १०५ रन बनाए।

२० ओभरमा राजस्थानले ६ विकेट गुमाएर १९१ रनको योगफल तयार गर्यो।

दिल्लीको लागि कागीसो रबाडाले सर्वाधिक २ विकेट ( ४-०-३७-२ ) लिए भने इशान्त शर्मा ( ४-०-२९-१ ) , अक्षर पटेल ( ४-०-३९-१ ) र क्रिस मोरिस ( ४-०-४१-१ ) ले १/१ विकेट लिए।

आईपीएल अंकतालिकामा दिल्ली १० खेलमा ६ जित र ४ हार सहित १२ अंकको साथ तेश्रो स्थानमा रहेको छ। राजस्थान भने ९ खेलमा ३ जित र ६ हार बेहोर्दा ६ अंक सहित सातौँ स्थानमा छ। आजको खेल दिल्लीले जित दिल्ली अंकतालिकाको पहिलो स्थानमा उक्लनेछ। चेन्नाई हाल १४ अंक सहित पहिलो स्थानमा रहेको छ जसको नेट रनरेट दिल्लीको भन्दा कम रहेको छ।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy