IPL Match 11 : दिल्लीले पहिले बलिंग गर्ने, आज विलियमसन र इशान्त खेल्ने

युएईमा जारी १३ औं आईपिएल अन्तर्गत मंगलबार ११ औं खेलमा श्रेयस ऐयरको कप्तानिमा रहेको दिल्ली क्यापिटल्स र डेभिड वार्नरको कप्तानिमा रहेको सनराइजर्स हैदराबादबिच प्रतिस्पर्धा हुदैँछ। खेल आबुधाबी स्थित शेख जायद स्टेडियममा नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ। दुबै टोलिले यसअघि समान २-२ खेल खेलिसकेका छन् जसमा दुई जित सहित दिल्ली अकंतालिकाको शिर्ष स्थानमा छ भने दुई हार बेहोरेको हैदराबाद पुछारमा छ।

खेलमा दिल्ली कप्तान श्रेयस ऐयरले टस जितेर हैदरावादलाई ब्याटिंगको निम्तो दिएका छन्।

लिगमा पहिलो पटक हैदरावादले केन विलियमसनलाई अन्तिम११ मा मौका दिएको छ। विलियमसन भित्र हुँदा अलराउण्डर मोहम्मद नाबी बाहिरीका छन्। अघिल्लो खेलमा सुस्त ब्याटिंग गरेपछि आलोचित रिद्दिमान शाहको सट्टा अन्तिम-११ मा हैदरावादले दायाँ हाते १८ वर्षीय ब्याट्सम्यान अब्दुल समदलाई डेब्यु गर्ने मौका दिएको छ। उनि जम्मु कश्मिरका खेलाडी हुन् जसलाई पूर्व भारतीय क्रिकेटर इरफान पठानले प्रशिक्षण दिएका थिए।

हैदरावादको अन्तिम ११ : जोनी बेयरस्टो ✈️, डेभिड वार्नर ( कप्तान ) ✈️ , केन विलियमसन ✈️, मनिष पाण्डे, अब्दुल समद , अभिषेक शर्मा, प्रियम गर्ग, राशिद खान ✈️, भुवनेश्वर कुमार, खलिल एहमद र टि. नटराजन

इशान्त शर्मा अन्तिम-११ मा छन्

दिल्लीले टिममा एउटा परिवर्तन गरेको छ। यस अघि घाइते भएका कारण २ खेल गुमाएका फास्ट बलर इशान्त शर्माले मौका पाउदा आबेश खान बाहिर भएका छन्। नेपाली स्पिनर सन्दिप लामिछानेले तेश्रो खेलमा पनि मौका पाएनन्। टिममा स्पिनरको रुपमा अक्षर पटेल र अमित मिश्रा रहेका छन्।

दिल्लीको अन्तिम ११ : श्रेयस ऐयर ( कप्तान ) , पृथ्वी शा, रिशभ पन्त, शिखर धवन, अमित मिश्रा, अक्षर पटेल, इशान्त शर्मा, शिमरन हेटमायर ✈️, कागीसो रबाडा ✈️, मार्कस स्टोइनिस ✈️ र एनरिक नोर्किया ✈️

हेड टु हेड :- हालसम्म यी दुई टोलीबिच १५ पटक प्रतिस्पर्धा भएको छ जसमध्य हैदराबाद ९ खेल तथा दिल्लीले ६ खेल जितेको छ। गत सिजन दुबै खेलमा दिल्लीले हैदराबादलाई पराजित गरेको थियो। गत सिजन इलिमिनेटरमा दिल्लीले २ विकेटको जित दर्ता गर्दै हैदरावादको यात्रा समाप्त गरेको थियो।

IPL Match 11 : जितको भोको हैदरावादले रोक्ला दिल्लीको जित यात्रा ?

“मात्र ६ बलको कुरा थियो, उनि ( इशान किशन ) ब्याटिंग गर्न जानुपर्थ्यो” – गावस्कर

बैंगलोर र मुम्बई बीचको खेलमा बनेका ९ रोचक रेकर्डहरु

IPL : अंकतालिका, ताजा अरेन्ज र पर्पल क्याप लिस्ट

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy