IPL : हैदरावादलाई सहजै पराजित गर्दै दिल्ली शिर्षमा

सनराइजर्स हैदरावादलाई सहजै ८ विकेटले पराजित गर्दै दिल्ली क्यापिल्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ।

युएईमा जारि लिगको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा हैदरावादले दिएको १३५ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा २ विकेट क्षेतीमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर पृथ्वी श ११ रन बनाएर आउट भएपछि अर्का ओपनर शिखर धवनले दोश्रो विकेटको लागि श्रेयस ऐयरसंग ५२ रनको साझेदारी गरे। धवन ३७ बलमा ६ चौका र १ छक्का मद्दतले ४२ रन बनाएर राशिद खानबाट आउट भएपछि ऐयरले कप्तान रिशभ पन्तसंग तेश्रो विकेटको लागि अर्धशतकीय साझेदारी गर्दै टिमलाई जित दिलाए। ऐयरले ४१ बलमा २ चौका र २ छक्का मद्दतले अविजित ४७ तथा पन्तले २१ बलमा ३ चौका र २ छक्का मद्दतले अविजित ३५ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ९ विकेट क्षेतीमा १३४ रन बनाएको थियो। उसको लागि अब्दुल समदले सर्वाधिक २८ तथा राशिद खानले २२ रन योगदान दिए। रिद्दिमान शाह र केन विलीयमसनले समान १८ रन, मनिष पाण्डेले १७ रन तथा जेसन होल्डरले १० रन बनाए। डेभिड वार्नर खाता नखोली पहिलो ओभरमै आउट हुन पुगे।

दिल्लीको बलिंगमा कागीसो रबाडाले ३ विकेट ( ४-०-३७-३ ) लिए भने एनरिक् नोर्किया ( ४-०-१२-२ ) र अक्षर पटेल ( ४-०-२१-२ ) ले समान २ विकेट लिए।

जितपछि लिग अंकतालिकामा दिल्ली १४ अंक सहित शिर्ष स्थानमा पुगेको छ जसले ९ खेलमा ७ जित र २ हार बेहोरेको छ। १२ अंक सहित चेन्नाई दोश्रो स्थानमा छ। हार पछि हैदरावाद ८ खेलमा ७ हार र १ जितको साथ २ अंक बटुल्दै आठौँ स्थानमा छ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]