कुलदिप चम्किंदा कोलकाता बिरुद्ध दिल्लीको जित ( अंकतालिका सहित )

कोलकाता नाइट राईडर्सलाई ४४ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स आईपीएल अंकतालिकाको छैठौं स्थानमा उक्लेको छ।

बारबर्न स्टेडियम मुम्बईमा सम्पन्न खेलमा दिल्लीले दिएको २१६ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा १७१ रन समेटियो।

कोलकाताको लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ५४ रन बनाएता पनि जित्न पर्याप्त रहेन। नितिश रानाले ३० तथा आन्द्रे रसेलले २४ रन बनाए। ऐयरले तेश्रो विकेटको लागि रानासंग ६९ रनको साझेदारी गर्नु बाहेक इनिंग्समा ठूलो साझेदारी भएन।

दिल्लीको बलिंगमा कुलदिप यादवले सर्वाधिक ४ विकेट ( ४-०-३५-४ ) तथा खलिल एहमदले ३ ( ४-०-२५-३ ) विकेट लिए। शार्दुल ठाकुरले २ तथा ललित यादवले १ विकेट लिए। प्लेयर अफ द म्याच चुनिएका यादवले श्रेयस ऐयरको महत्वपूर्ण विकेट समेत लिए।

टस हारेर ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ५ विकेट क्षतिमा २१५ रन बनायो। उसको लागि डेभिड वार्नरले सर्वाधिक ६१ तथा पृथ्वी शले ५१ रन बनाए। वार्नरले ४५ बलमा ६ चौका र २ छक्का तथा शले २९ बलमा ७ चौका र २ छक्का प्रहार गरे। वार्नर र श बीच ९३ रनको ओपनिंग साझेदारी भयो। दोश्रो विकेटको लागि वार्नर र रिशभ पन्तले ५५ रन जोडे। शार्दुल ठाकुरले अन्तिममा आक्रामक ब्याटिंग गर्दै ११ बलमा १ चौका र ३ छक्का मद्दतले २९ रन बनाए। अक्षर पटेलले १४ बलमा २२ तथा रिशभ पन्तले १४ बलमा २७ रन बनाए। छैठौं विकेटको लागि अक्षर र शार्दुल बीच ५९ रनको साझेदारी भयो।

कोलकाताका बलर सुनिल नारायणले २ विकेट लिंदा उमेश यादव, वरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए।

आईपीएल अंकतालिका 

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]