डिसीए धनगढीका फास्ट बलर हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सका ‘आइकोनिक खेलाडी’

धनगढी । धनगढी क्रिकेट एकेडेमी (डिसीए)का फास्ट बलर हिक्मत महरा सुदूरपश्चिम रोयल्सका ‘आइकोनिक खेलाडी’ घोषित भएका छन्।

रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि आइतबार र सोमबार धनगढी क्रिकेट एकेडेमीमा आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’ बाट महरा उत्कृष्ट प्रदर्शन गर्दै आइकोनिक खेलाडी बनेका हुन्।

‘ट्यालेन्ट हन्ट’ मा झन्डै ३०० सहभागीमध्येबाट छानिएका महरा अब सुदूरपश्चिम रोयल्सको टोलीबाट एनपीएल खेल्ने अवसर पाउने छन्।

हिक्मत यसअघि पनि धनगढी सुपर लिगमा ‘बेस्ट बलर’, अर्जुन ट्रफीका ‘राइजिङ प्लेयर’ र वल्डलिंक ‘बिट द स्पीड’का ‘फास्टेस्ट बलर’ भइसकेका छन्।

जगत टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरणमा खेलाडी छनोट गरेको हो।

आइकोनिक खेलाडी बाहेक ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइराला गरी पाँच खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा समावेश गरिएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy