धनगढी क्रिकेट एकेडेमीलाई सगरमाथा सिमेन्टको प्रायोजन

धनगढी क्रिकेट एकेडेमीको स्तरोन्नतरु र ग्रासरुट क्रिकेटको विकासमा सगरमाथा सिमेन्टले साथ दिने भएको छ । यसअघि धनगढी क्रिकेट लिगको प्रायोजक समेत रहेको सगरमाथा सिमेन्टले अब एकेडेमीलाई पनि साथ दिने भएको छ ।

सगरमाथा सिमेन्ट र धनगढी क्रिकेट एकेडेमीवच तीन बर्षका लागि प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । घोराही सिमेन्ट इन्डिष्ट्रिका तर्फबाट मार्केटिङ प्रमुख प्रतिक अधिकारी र एकेडेमीका अध्यक्ष सुवास शाहीबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार तीनवर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यक पर्ने खेल सामाग्री, आयोजना गर्ने प्रतियोगिता, ग्रास रुट कार्यक्रम, लगायत सम्पूर्ण कार्यलाई सगरमाथा सिमेन्टले सहयोग गर्नेछ । धनगढी क्रिकेट एकेडेमीले प्रयोग गर्ने जर्सी, आयोजना गर्ने प्रतियोगितामा सिमेन्टको लोगो प्रयोग गर्नेछ ।

सम्झौता पछि सगरमाथा सिमेन्टका तर्फबाट मार्केटिङ प्रमुख प्रतिक अधिकारीले भने ‘धनगढी क्रिकेट एकेडेमीसँग हाम्रो लामो सहकार्य रहँदै आएको छ । विगतमा पनि हामीले धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिगलाई पनि मुख्य प्रायोजन गरिसकेका छौं ।

नेपाली क्रिकेटको विकासका लागि प्रतिबद्ध हाम्रो कम्पनीले यसपटक एकेडेमीमार्फत ग्रासरुट क्रिकेटको विकासमा योगदान गर्ने निर्णय गरेको छ । पुनः एकपटक धनगढी क्रिकेट एकेडेमीसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौं । विगत झै आगामी दिनमा पनि हामी क्रिकेटको शहर धनगढी र नेपाली क्रिकेटमा योगदान पुर्याउँने नै छौं।’

एकेडेमीका अध्यक्ष सुवास साहीले सम्झाैताका बारेमा बाेल्दै भने ‘ग्रासरुट क्रिकेटको विकासमा सगरमाथा सिमेन्टको प्रवेशले नेपाली क्रिकेटको प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेछ । पुनः एकपटक सहकार्यका लागि कम्पनीलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौं । धनगढीलाई क्रिकेटका शहरका रुपमा चिनाउँन र यहाँ देशकै पहिलो फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता आयोजना गर्न सगरमाथा सिमेन्टको प्रमुख हात रहेको छ ।

एकेडेमीसँगको नयाँ सहकार्यले आगामी दिनमा देशको प्रतिनिधित्व गर्ने खेलाडी उत्पादनमा विशेष भूमिका खेल्नेमा विश्वस्त छौं । कम्पनीको सहयोगले यहाँको क्रिकेटमात्रै नभई खेल पर्यटन पर्वधन र समग्र सुदूरपश्चिमको विकासमा भूमिका खेल्ने विश्वास लिएका छौं । यस्तै कम्पनीले धनगढीमा निर्माण हुने फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा समेत सघाउँने प्रतिबद्धता जनाउँदा हामी उत्साहित भएका छौं ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]