भैरहवामा डिसिएलाई उपाधि

२०७९ फाल्गुन ११, बिहीबार १८:१८

धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले बिहीबार भैरहवा सम्पन्न खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।

डिसिएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी(सीईसी)लाई २ विकेटले हराउँदै उपाधि जितेको हो ।

टस हारेर ब्याटिङ गरेको सीईसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको थियो । उसका स्मिथ बुढाले ४६, उमकर यादवले २५ र सिद्धान्त सावदले २० रन जोडे ।

बलिङतर्फ एसपीएका निशान्त रेग्मी, सचिन साउद र निरज ऐरले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको डिसिएको ३१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटायो ।

डिसिएका निरज ऐरले ३९ र रविन्द्र कुँवरले ३० रन जोडे । सीईसीका करण घर्तीमगर र ओकर यादवले २–२ विकेट लिए ।

खेलको म्यान अफ द म्याच डिसिएका निरज ऐर घोषित भए ।

डिसिएले उपाधिसहित ३० हजार नगद हात पारेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy