डिसिएल–२ अक्सन : दीपेश देखि विपीनसम्मका ७० खेलाडी बीके

छबि पुरी घोराही । दाङमा हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग सिजन–२ मा खेल्ने खेलाडीहरुको अक्सन गरिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सकेका चर्चित अनुहारसँगै जिल्ला, प्रदेश तहमा तथा उमेर समुहबाट प्रतियोगिता खेलेका खेलाडी शनिबार घोराहीमा भएको अक्सनमार्फत विभिन्न क्बलमा आवद्ध भएका छन् ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि दाङमा हुन लागेको प्रतियोगिताका लागि साविक विजेता घोराही टाईगर्ससहित उपविजेता रहेको देउखुरी वारियर्स तथा पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स, दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज क्लबले अक्सनमार्फत खेलाडी खरिद गरेका हुन् । करीव २ सय खेलाडीबाट ६० जना मात्रै अक्सनमा परेका छन् । बाँकी १० जना खेलाडीहरुमा मार्की खेलाडी र कप्तान टीम मालिकले नै राख्न पाउने व्यवस्था अनुसार अक्सन नगरी टीममा समावेश गरिएको छ । डिसिएल–२ का लागि अहिलेको राष्ट्रिय टीम तथा उमेर समुहबाट खेलीरहेकादेखि जिल्ला स्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीलाई फ्रेन्चाईज क्लबले खरिद गरेका छन् ।

कुन क्लबले कुन खेलाडी भित्र्याए

अक्सनबाट साविक विजेता घोराही टाईगर्सले सबैभन्दा महंगो मुल्यमा दाङबाटै १९ वर्ष मुनिका खेलाडी वृषभ सेन्चुरी र दाङ सिनियरबाट मनोज पुन मगरलाई समान ३१–३१ हजार रुपैयाँमा खरीद गरेको छ । अन्तर्राष्ट्रिय खेल खेलीसकेका दीलिप नाथ, दिपेश कँडेल, अर्जुन घर्तीलाई समान १५–१५ हजारमा, प्रतिश जिसीलाई २७ हजारमा, दाङ सिनियरमा अनुप न्यौपाने, मिलन बुढाथोकीलाई १५–१५ हजारमा, दाङ सिनियरबाटै रविन थापालाई २० हजारमा, दाङ १९ वर्षमुनिमा आकाश चौधरीलाई १२ हजारमा तथा दाङबाट १६ वर्षमुनिमा आकाश पाण्डेलाई १० हजार र हेमराज सापकोटालाई १३ हजारमा खरीद गरेको छ ।

घोराही टाईगर्सको मार्की खेलाडीका रुपमा रसिद खान रहनुभएको छ भने कप्तान सुशान्तसिंह थापा रहनुभएको छ । यी दुवै खेलाडीको मुल्य टीम मालिकले आपसी समझदारीमा तोक्ने प्रावधान रहेको छ । यसैगरी, साविक उपविजेता देउखुरी वारियर्सले सबैभन्दा महंगा खेलाडीका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका दीपक बोहरालाई ३७ हजार रुपैयाँमा भित्र्याएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका प्रज्वल थापालाई १५ हजारमा भित्र्याउँदा दाङ सिनियरबाट आशिष वलीलाई २३ हजारमा, थमन वली, सुरज खनाल, राजकुमार कुमाल, केशव प्रसाद शर्मालाई समान १५–१५ हजारमा तथा आवाज गौतमलाई १६ हजारमा क्लबमा भित्र्याएको छ ।

यसैगरी, देउखुरी वारियर्सले नेपालको इतिहासमै सबैभन्दा कम उमेर समुहमा सबैभन्दा धेरै मुल्यमा देउखुरी वारियर्सले १६ वर्षमुनिका खेलाडी सुभम खनाललाई ३५ हजार मुल्यमा क्लबमा भित्र्याएको छ । सोही उमेर समुहबाट जोन वली १२ हजारमा तथा १९ वर्षमुनिको खेलाडीमा आयुष वलीलाई २६ हजारमा, मनिष केसीलाई १२ हजारमा क्लबमा भित्र्याएको छ । वारियर्सको मार्की खेलाडीका रुपमा नारायण जोशी रहनुभएको छ भने टीम कप्तानमा विशाल विक्रम केसी रहनुभएको छ ।

दंगाली लायन्स आसन्न लिगमा सबैभन्दा बढी मुल्यमा खेलाडी भित्र्याउने क्लब बनेको छ । दंगाली लायन्सले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका बसिर अहमदलाई ५६ हजार मुल्यमा खरीद गरेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै मुल्य हो । यसैगरी, दाङ सिनियरबाट शिशिर डिसीलाई पनि ४७ हजार रुपैयाँमा क्लबमा भित्र्याएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका प्रकाश जैशीलाई २१ हजारमा, शंकर राना, लोकेश बमलाई समान १५–१५ हजारमा क्लबमा भित्र्याउँदा दाङ सिनियर समुहमा विजय बुढा मगर, सनम श्रेष्ठ, हेमराज रानालाई समान १५–१५ हजारमा खरीद गरेर क्लबमा भित्र्याएको छ । दाङ १९ वर्ष मुनिको समुहमा किसन भारती र दीपिन बिष्टलाई समान १२–१२ हजार र १६ वर्ष उमेर समहुमा अंकित बुढा मगर र सचिन आचार्यलाई समान १०–१० हजारमा भित्र्याएको छ ।
टीमको मार्की खेलाडीका रुपमा बीरबहादुर घर्ती रहनुभएको छ भने कप्तान विपिन खत्री रहनुभएको छ ।

अक्सनमा तुलसीपुर रोयल्सले पनि दाङ सिनियर समुहबाट बिराटसिंह भण्डारीलाई सबैभन्दा धेरै मुल्य लगाउँदै ४० हजार रुपैयाँमा क्लबमा भित्र्याएको छ । रोयल्सले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका समुहबाट विपिन रावल र भुवन कार्कीलाई समान १९–१९ हजारमा, रुपेश सिंहलाई १७ हजारमा भित्र्याएको छ ।

यसैगरी, दाङ सिनियर समुहमा शंकर बुढा, गोपाल केसी, विनोद कुमार बिक, स्माईल अन्सारीलाई समान १५–१५ हजारमा भित्र्याएको छ । दाङ १९ वर्ष मुनिमा नविन बिकलाई १२ हजार र निर्मल डाँगीलाई १० हजारमा क्लबमा आवद्ध गरेको छ । सो क्लबले १६ वर्ष मुनि उमेर समुहमा दानिस अन्सारी र सुमित भण्डारीलाई समान १०–१० हजारमा क्लबमा आवद्ध गरेको छ । तुलसीपुर रोयल्सको मार्की खेलाडीका रुपमा अमरसिंह रौटेला रहनुभएको छ भने टीम कप्तानमा दिवान पुन रहनुभएको छ ।

यसैगरी, पुरन्धारा च्यालेन्जर्सले १९ वर्ष उमेर समहुबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका दाङ सिनियर समुहका खेलाडी राजबीर सिंहलाई सबैभन्दा धेरै मुल्य ४२ हजारमा क्लबमा भित्र्याएको छ । पुरन्धाराले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका दीपेन्द्र रावतलाई २३ हजार, प्रनित थापा, कृष्ण कार्की र रीत गौतमलाई समान १५–१५ हजारमा क्लबमा भित्र्याएको छ । दाङ सिनियर समुहबाट हरिस केसी, बिक्रान्त डाँगी र सेजन रानालाई समान १५–१५ हजारमा भित्र्याएको छ भने १९ वर्ष उमेर समुहबाट करण घर्ती मगरलाई १६ हजार र सचिन खत्रीलाई १२ हजारमा क्लबमा भित्र्याएको छ ।

तुलसीपुर रोयल्सले १६ वर्ष मुनिको खेलाडी समुहमा सुजल वलीलाई दोश्रो उच्च मुल्य लगाउँदै ३१ हजार रुपैयाँमा क्लबमा आवद्ध गराएको छ । प्रिन्स थापालाई १० हजारमा भित्र्याएको छ । क्लबको मार्की खेलाडीका रुपमा राष्ट्रिय टीमका सदस्य अर्जुन राउद र कप्तानमा मोहन खत्री रहनुभएको छ ।

करिव २ सय खेलाडीले अनलाइन रजिस्ट्रेशन गरेकोमा उनीहरुलाई अक्सनबाट मापदण्डअनुसार खरिद गरिएको हो ।





थप समाचार

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]

गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर […]

विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ […]

अकिवको कप्तानीमा ओमानको टोली घोषणा

काठमाडौं । अलराउन्डर अकिव इलियाल्सको कप्तानीमा ओमानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागी […]