डीसिएल : रोयल्स र लायन्सले उपाधीका लागि खेल्ने

दाङ । दोस्रो संस्करणको नेपाल टेलिकम दाङ प्रिमियर लिगको उपाधीका लागि तुलसीपुर रोयल्स र दंगाली लायन्सले खेल्ने भएका छन् ।

दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी रहेको लिगको शीर्ष दुईमा रहँदै रोयल्स र लायन्सले फाइनलमा स्थान पक्का गरेका हुन् ।

लिग चरणको अन्तिम खेलमा जित हात पादैं लायन्स र रोयल्सले फाइनलमा स्थान पक्का गरेका हुन् । लायन्सले देउखुरी वारीयर्सलाई पराजित गरेको हो । वारियर्स ६ विकेटले पराजित भएको हो । देउखुरीले दिएको १ सय २५ रनको लक्ष्य दंगालीले १८ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । दंगालीका लागि शंकर रानाले ५९ बलमा अविजित ६७ तथा बसिर अहमदले २५ रन बनाए ।

देउखुरीका लागि विशाल विक्रम केसीले ३ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको देउखुरीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । देउखुरीका लागि विशाल विक्रम केसीले ३२ बलमा ४४ तथा आवाज गौतमले २१ बलमा अविजित १७ रन बनाए । दंगालीका लागि शंकर रानाले २ विकेट लिए ।

यस्तै आजै भएको अर्को खेलमा तुलिसपुर रोयल्सले घोराही टाईगर्सलाई ४१ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको तुलसीपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । उसका लागि शंकर बुढाले २८ बलमा ४३ तथा विपीन रावलले ४७ बलमा ३१ रन बनाएका थिए ।

घोराहीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउँन सक्यो । घोराहीका लागि दीपेश कडेलले २४ तथा सुशान्त सिंह थापाले २२ रन बनाए ।

तुलसीपुरका लागि नविन विक र अमरसिंह राउटेलाले समान २ विकेट लिए । दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी रहेका छन् । जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । लिगको उत्कृस्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०/१० हजार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडीले १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy