रिशभ पन्तको आक्रामक इनिंग, रोमान्चक खेलमा दिल्लीको जित, दोश्रो क्वालीफायरमा चेन्नाईसंग भेट पक्का

  • विकेटनेपाल, बैशाख-२५ 

सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्सले आईपीएलको दोश्रो क्वालीफायरमा चेन्नाईसंगको भेट पक्का गरेको छ।

दोश्रो क्वालीफायर शुक्रवार दिल्ली र चेन्नाई बीच खेलिनेछ जसको विजेताले आइतबार हुने फाइनलमा मुम्बई इन्डियन्ससंग उपाधिको लागि खेल्नेछ। पहिलो क्वालिफायरमा चेन्नाईलाई पराजित गर्दै मुम्बई फाइनल प्रवेश गरिसकेको छ।

खेलमा पहिले ब्याटिंग गर्दै हैदरावादले दिएको १६३ रनको लक्ष्य दिल्लीले ८ विकेट गुमाएर १९.५ ओभरमा पुरा गर्यो।

१६३ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले राम्रो सुरुवात गर्यो। ओपनर प्रिथ्भी शाले अर्धशतक बनाउदा पहिलो विकेटको लागि धवनसंग ६६ रनको साझेदारी गरे। धवनले १७ रन बनाए।

पहिलो विकेटको रुपमा धवन आउट भएपछि कप्तान श्रेयस ऐयर पनि ८ रन बनाएर पेभेलियन फर्किए। प्रिथ्भी शा पनि ५६ रन बनाएर ११ औं ओभरमा आउट भए। ३८ बलमा शाले ६ चौका र २ छक्का प्रहार गरे।

दिल्लीको विकेट जाने क्रम रोकिएन। कोलिन मुनरो १४ तथा अक्षर पटेल खाता नखोली आउट भए।

रिशभ पन्तले एक किनार सम्हाल्दै दिल्लीको आशा जोगाई राखे।

रन र बलको अन्तर बढीरहेको बेला पन्तले १८ औं ओभरमा बासील थम्पीको एकै ओभरमा २ छक्का र २ चौका प्रहार गर्दै दिल्लीलाई जित नजिक पुर्याए।

२१ बलमा ५ छक्का र २ चौका प्रहार गरेपछि १९ औं ओभरमा रिशभ पन्त ४९ रन बनाएर आउट हुन पुगे। त्यस बेला दिल्लीलाई जित्न ७ बलमा ५ रन आवस्यक थियो। अन्तिम बलमा रन नदिंदा दिल्लीलाई अन्तिम ओभरमा जित्न ५ रन आवस्यक रह्यो।

रोमान्चक रह्यो अन्तिम ओभर

अन्तिम ओभरमा दुवै नयाँ ब्याट्सम्यान केमो पौल र अमित मिश्रा क्रिजमा थिए भने बलिंगमा यस अघि २ विकेट ( २-०-१७-२ ) लिएका खलिल एहमद आए।

पहिलो बल :- खलिलले पहिलो बल वाइड गरे
दोश्रो बल :- दोश्रो बलमा अमित मिश्राले थर्डम्यान तर्फ १ रन लिन सफल भए
दोश्रो बल :- दोश्रो बलमा केमो पौलले रन बनाउन सकेनन् , अब जित्न ३ बलमा २ रन आवस्यक रह्यो
तेश्रो बल :- मिश्राले रन लिने क्रममा बलरले थ्रो गरेको बललाई छेक्न पुग्दा उनि अब्स्ट्रकिङ्ग द फिल्डको रुपमा आउट भए


चौथो बल :- केमो पौलले चौका प्रहार गर्दै दिल्लीलाई जित दिलाए

केमो पौल ५ रन बनाएर अविजित रहे जसले ४ बलमा १ चौका प्रहार गरे।

हैदरवाद बलर भुवनेश्वर कुमार ( ४-०-४२-२ ) , खलिल एहमद ( २.५-०-२४-२ ) र राशिद खान ( ४-१-१५-२ ) ले २/२ विकेट लिए पनि जितको लागि पर्याप्त रहेन।

हैदरावादको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १६२ रनको योगफल तयार गरेको थियो।

हैदरावादको लागि मार्टिन गुप्टिलले सर्वाधिक ३६, मनिष पाण्डेले ३०, कप्तान केन विलियमसनले २८, विजय शंकरले २५ र मोहम्मद नबिले २० रन बनाए।

दिल्ली बलर केमो पौलले ३ विकेट ( ४-०-३२-३ ) तथा इशान्त शर्माले २ ( ४-०-३४-२ ) विकेट लिएका थिए। ट्रेन्ट बोल्ट ( ३-०-३७-१ ) र अमित मिश्रा ( ४-०-१६-१ ) ले १/१ विकेट लिए।

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]