बिपिएल : सन्दिपको सिक्सर्सको तेश्रो खेल बलियो ढाका बिरुद्ध

  • विकेटनेपाल – पौष २७, शुक्रवार

बंगलादेशको घरेलु टि-२० क्रिकेट प्रतियोगिता बंगलादेश प्रिमियर लिग ( बिपिएल ) अन्तर्गत स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित टोलि सिल्हेट सिक्सर्सले शनिवार आफ्नो तेश्रो खेल खेल्दै छ। पछिल्लो खेलमा चिट्टागोंग भाइकिंग्स बिरुद्ध जित निकालेको सिक्सर्स आफ्नो लय कायम राख्ने दाउमा रहने छ।

ब्रुअरी ८ तारिकसम्म चल्ने लिगमा खुल्ना टाईटन्स, रंगपुर राईडर्स, राजशाही किंग्स, ढाका डाईनामाइट्स, सिलहेट सिक्सर्स, कोमिल्ला भिक्टोरियन्स र चिट्टागोंग भिकिङ्ग्स गरी ७ वटा टिम सहभागी छन्। प्रतियोगिताका लागि नेपाली गुग्ली ब्वाई सन्दिप लामिछानेलाई डेभिड वार्नर कप्तानीको सिल्हेट सिक्सर्सले आफ्नो टोलीमा अनुबन्धन गरेको थियो।

प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा सिक्सर्सले ढाका डाईनामाईट्सको सामना गर्नेछ। आफ्नो पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्स बिरुद्ध ४ विकेटको हार बेहोरेको सिक्सर्सले दोस्रो खेलमा भने चिट्टागोंगलाई ५ रनले पराजित गरेको थियो।

स्टार अलराउण्डर शाकिव अल हसनको कप्तानीमा रहेको ढाकाको टोलीलाई प्रतियोगिताको उपाधी दाबेदारका रुपमा लिने गरिन्छ। टोलीमा हसनसंगै सुनिल नारायण, कायरन पोल्लार्ड, रोभ्मन पावेल, इयन बेल जस्ता स्टार खेलाडी रहेका छन्।

कति बजे , कहाँ हेर्ने ? 

प्रतियोगिताको प्रत्यक्ष प्रशारण डी स्पोर्ट्सले भारतमा तथा बंगलादेशमा गाजी टिभीले गर्नेछ युट्युबमा Rabbitholebd Sports ले यसको प्रशारण गरिरहेको छ। प्रतियोगितामा सन्दिपको टिमको तेस्रो खेल जनवरी १२ तारिक नेपाली समय साँझ ६:१५ बजे सुरु हुनेछ।

सन्दिपको प्रदर्शन :

प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो दुई खेलमा कसिलो बलिंग प्रदर्शन गरेका सन्दिपले टोलीका लागि कुल २ विकेट लिएका छन्। दुबै विकेट सन्दिपले आफ्नो पहिलो खेलमा कोमिल्ला बिरुद्ध हात पारेका थिए।

पहिलो खेलमा प्रदर्शन (४-०-१६-२) :

बंगलादेश प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा सन्दिप लामिछानेले सानदार बलिङ्ग प्रदर्शन गरेका थिए। बिग ब्यास लिग खेलेर बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश पुगेका सन्दिपलाई सिलहेट सिक्सर्सले पहिलो खेलमा डेब्यु गराएको थियो। चर्चित दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिर हुँदा हुँदै सन्दिपलाई दिएको मौका नेपाली लेग स्पिनरले खेर फालेका थिएनन्।

खेलमा ४ ओभर बलिङ्ग गरेका सन्दिपले ४ ओभरमा मात्र १६ रन खर्चिए २ ठुलो विकेट लिएका थिए। चर्चित पाकिस्तानी ब्याट्सम्यान शोयब मलिक र बंगलादेशी रास्ट्रिय क्रिकेटर अनामुल हकलाई सन्दिपले पेभेलियनको बाटो फर्काएका थिए।

दोस्रो खेलमा प्रदर्शन (४-०-२१-०) :

आफ्नो दोस्रो खेलमा ४ ओभरमा सन्दिपले २१ रन दिएर विकेट विहिन भए पनि चिट्टागोङ्ग ब्याट्सम्यानहरुलाई लक्ष्यसम्म पुग्न नदिन कसिलो बलिङ्ग गर्दै महत्वपूर्ण योगदान दिएका थिए। खेलमा सन्दिपलाई कुनै पनि ब्याट्सम्यानले आक्रामक सटहरु खेलेका थिएनन्। पहिलो खेलमा १ पनि चौका नदिएका सन्दिपले दोश्रो खेलमा १ मात्र चौका दिएका थिए।

सिलहेट सिक्सर्स टिम – 

नासिर होसेन, सब्बिर रहमान, लिटन दास, अफिफ होसेन, तस्किन एहमद, अल अमिन होसेन, तोहिड रिदोय, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अलि अनिक, मेहदी हसन। बिदेशी खेलाडीहरु – डेभिड वार्नर ( कप्तान ) , सन्दिप लामिछाने, सोहेल तन्बिर, मोहम्मद इरफान, गुल्बदीन नैब, आन्द्रे फ्लेचर, निकोलस पुरन, इमरान ताहिर र मोहम्मद नवाज

सिलहेट सिक्सर्सको खेल तालिका : जनवरी ६ – कोमिल्ला भिक्टोरिएन्स ,जनवरी ९ – चिट्टागोंग भिकिङ्गस , जनवरी १२ – ढाका डाइनामाइट्स , जनवरी १५ – कोमिल्ला भिक्टोरिएन्स , जनवरी १६ – रंगपुर राइडर्स, जनवरी १८ – ढाका डाइनामाइट्स , जनवरी १९ – रंगपुर राइडर्स , जनवरी २३ – खुल्ना टाईटन्स, जनवरी २५ – राजशाही किंग्स , जनवरी २६ – खुल्ना टाईटन्स , जनवरी ३० – राजशाही किंग्स , फेव्रुअरि १ – चिट्टागोंग भिकिङ्गस

 





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]