IPL : डी भिल्लीयर्सलाई नम्बर ६ मा किन पठाइयो ? कोहलीले के भने

२०७७ आश्विन ३०, शुक्रबार ०८:२६

रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स-११ पन्जाब बिरुद्ध बिहिबार राति सम्पन्न खेलको अन्त्य रोमान्चक रह्यो। अन्तिम बलसम्म पुगेको खेललाई निकोलस पुरनले छक्का प्रहार गर्दै जिताए जुन क्रममा बैंगलोरले दिएको १७२ रनको लक्ष्य पन्जाबले २ विकेट गुमाएर पुरा गर्यो। खेलमा टस जितेर ब्याटिंग गरेको बैंगलोरले ब्याटिंगको दौरान गरेको क्रम परिवर्तनले धेरैलाई आश्चर्यमा पार्यो।

अघिल्लो खेलमा कोलकाता बिरुद्ध मुस्किल विकेटमा ३३ बलमा अविजित ७३ रन बनाउदै हिरो बनेका एबि डी भिल्लीयर्सलाई खेलमा छैठौं नम्बरमा ब्याटिंग गर्न पठाइयो। उनि भन्दा अघि वासिंगटन सुन्दर र शिभम दुबेलाई पठाईएको थियो। १६ औं ओभरको अन्तिम बलमा दुबे आउट भएपछि मात्र डी भिल्लीयर्स ब्याटिंग गर्न आए जसले ५ बल खेलेर मात्र २ रन बनाउन सके।

खेलपछि बैंगलोर कप्तान बिराट कोहलीलाई डी भिल्लीयर्सलाई तल्लोक्रममा पठाउनुको कारण सोधिएको थियो। प्रश्नको जवाफमा कोहलीले उक्त निर्णयले काम नगरेको स्वीकारे –

“हामीले यो बारे ( डी भिल्लीयर्स ६ नम्बरमा ) कुरा गरेका थियौं। हाम्रो योजना दायाँ-बायाँ हाते ब्याट्सम्यान बीच संयोजन मिलाउनु थियो। कहिले काहीं तपाईले लिएको निर्णयले काम गर्दैन। तर मलाई लाग्छ १७० राम्रो योगफल थियो।” कोहलीले पोस्ट म्याच प्रेजेन्टेसनमा बताए।

कोहलीले सुन्दर र दुबेलाई अगाडी पठाउदा बलरलाई आक्रमण गर्ने योजना थियो – “योजना त्यही थियो। आँखा जमाउने र हान्न सुरु गर्ने। तर हामीले उनीहरु माथि दबाब बनाउन सकेनौं।”

कोहलीले १७० को योगफल राम्रो रहेता पनि बलरहरुले अरु दिन जस्तो राम्रो नगरेको बताए- हाम्रो बलिंग आक्रमण प्रति मलाई गर्व छ तर आज भने त्यस्तो दिन थिएन, राम्रो हुन सकेन।”

कोहलीले खेल अन्तिम बलसम्म पुगेकोमा आश्चर्य प्रकट गरे – “केहि सकारात्मक कुरा खेलबाट लिएका छौँ। इमान्दार भएर भन्छु म र चहल बीच ( अन्तिम ओभर बलिंग गर्न जाँदा ) केहि कुरा भएको थिएन। तर पछि कुराहरु रोचक बन्यो। खेल १८ ओभरमा सकिन्थ्यो जस्तो लागेको थियो तर उनिहरुले हामीलाई खेलमा फर्कने मौका दिए। त्यति गहिरो खेल जानु आश्चर्यजनक थियो। पन्जाबले अन्तः राम्रो प्रदर्शन गर्यो।”

अन्तिम ३ ओभरमा बैंगलोरलाई जित्न ११ रन आवस्यक हुँदा १८ औं ओभरमा क्रिस मोरिसले मात्र ४ रन तथा १९ औं ओभरमा उदानाले मात्र ५ रन खर्चिएका थिए। जसपछि अन्तिम ओभरमा जित्न २ रन आवस्यक थियो। अन्तिम ओभरको पहिलो ४ बलमा चहलले मात्र १ रन खर्चेका थिए। पाँचौ बलमा गेल रन आउट भएपछि खेल रोमान्चक मोडमा पुगेको थियो। अन्तिम बल सामना गर्न आएका निकोलस पुरनले छक्का हान्दै खेल जिताएका थिए।

जितपछि पन्जाब कप्तान केएल राहुलले सिजनको पहिलो खेलमा अर्धशतक बनाएका क्रिस गेलको तारिफ गर्दै जितले आत्मविश्वास दिएको बताए –

““गेल पछिल्लो २ हफ्ता राम्रो महसुस गरिरहेका थिएनन्। तर उनि ४१ वर्षमा पनि उत्तिकै भोको छन्। उनले जहाँ पनि ब्याटिंग गर्छन् खतरनाक छन्। उनले यसलाई च्यालेन्जको रुपमा पनि लिएका थिए। हामि अंकतालिकामा देखिएको भन्दा निकै राम्रो टिम हौँ। एउटा समुहको रुपमा हामि निराश थियौं र हामि खेलको महत्वपूर्ण समयलाई जितमा बदल्न सकीरहेका थिएनौं। यो कुराले निकै पिडा दिएको थियो। जित्ने र नजित्ने बानिको कुरा पनि हो। यो जितले हामीलाई आत्मविश्वास दिएको छ। यो मेरो कप्तानको रुपमा पहिलो पटक हो र मेरो लागि जितनै महत्वपूर्ण कुरा हो।”

जितपछि ८ खेलमा २ जित र ६ हार बेहोरेको पन्जाब अंकतालिकामा ४ अंक सहित पुछारमा रहेको छ। अझै पनि पन्जाबको अन्तिम-४ पुग्ने सम्भावना जिवितै रहेको छ। हारपछि बैंगलोर १० अंक सहित तेश्रो स्थानमा कायमै रहेको छ जसले ८ खेलमा ५ जित र ३ हार बेहोरेको छ। समान अंक रहेता पनि मुम्बई दोश्रो स्थानमा छ जो नेटरन रेटमा निकै अघि रहेको छ। दिल्ली १२ अंक सहित पहिलो स्थानमा छ।

लिग अन्तर्गत पन्जाबले आगामी खेल आइतबार मुम्बई बिरुद्ध खेल्नेछ भने बैंगलोरले शनिवार राजस्थान बिरुद्ध खेल्ने तालिका रहेको छ।

रोमान्चक खेलमा बैंगलोर बिरुद्ध पन्जाब अन्तिम बलमा विजयी

बैंगलोर बिरुद्ध शानदार प्रदर्शन पछि गेलको प्रतिक्रिया – “युनिभर्स बोस ब्याटिंग गर्दैछ, कसरि नर्भस हुनसक्छु”

IPL : रैना, कोहली र रोहितको रेकर्ड तोड्दै धवनले बनाए ठूलो कीर्तिमान

नोर्कियाले गरे आईपीएल इतिहासकै तीव्र गतिको बल, कति थियो गति

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy