डि भिल्लियर्सले दिलाए बैंगलोरलाई लगातार तेस्रो जित

  • विकेटनेपाल, बैशाख १२ – बिहिबार

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा रोयल च्यालेंजर्स बैंगलोरले किंग्स ईलेभेन पन्जाबलाई १७ रनले पराजित गरेको छ। जितसँगै ११ खेलबाट ८ अंक बनाएको बैंगलोर अंक तालिकाको सातौँ स्थानमा उक्लेको छ। पराजित भएपछी पन्जाब भने समान ११ खेलबाट नै १० अंक सहित पाचौं स्थानमा यथावत छ।

Image

बैंगलोरको चिन्नास्वामी मैदानमा भएको खेलमा घरेलु टिमले दिएको २०३ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो।

उसका लागि ओपनर क्रिस गेलले पहिलो विकेटको रुपमा आउट हुनुअघि लोकेश राहुलसँग मिलेर ३.२ ओभरमा ४२ रनको साझेदारी गरे। गेलले आक्रामक २३ रन (१० बल, ४ चौका, १ छक्का) बनाए। त्यसपछि दोश्रो विकेटको मयंक अग्रवालले ३५ रन (२१ बल, ५ चौका, १ छक्का) बनाउंदै राहुलसँग ५९ रनको साझेदारी गरे। मयंक ९.१ ओभरमा आउट हुँदा राहुल पनि ४२ रन (२७ बल, ७ चौका, १ छक्का) को आक्रामक पारि खेल्दै १०.१ ओभरमा आउट भए।

Image

त्यसपछि डेविड मिलर र निकोलस पुरणले ८ ओभरमा ६८ रनको साझेदारी गरे। मिलरले तिब्र गतिमा रन बनाउन नसक्दा २५ बलको सामना गर्दै २ चौका सहित मात्र २४ रन बनाए। त्यसको ५ बल पछी नै निकोलस पुरणपनि ४६ रन (२८ बल, १ चौका, ५ छक्का) बनाएर पेभेलियन फर्किए।

अन्तिम ३ ओभरमा पन्जाबलाई जितको लागि ३६ रनको आवश्यकता रहेको थियो। तर उमेश यादव र नवदीप सैनीले मात्र १८ रन खर्चिएपछि पन्जाब पराजित भयो।

Image

बलिंगतर्फ उमेश यादवले ३ विकेट लिन ४ ओभरमा ३६ रन खर्चिंदा नवदीप सैनीले २ विकेट लिन ४ ओभरमा नै ३३ रन खर्चिए। स्टनोइस र मोइन अलिले समान १/१ विकेट लिए।

Image

बैंगलोरको घरेलु मैदान चिन्नस्वामीमा टस हारेर ब्याटिंग गरेको बैंगलोरका कप्तान बिराट कोहली छिट्टै आउट भए। चौथो ओभरमा कोहलीलाई मोहम्मद शामीले क्याच आउट गराए जसले १३ रन बनाएका थिए।

दोश्रो विकेटको लागि ओपनर पार्थिभ पटेल र एबि डी भिल्लर्सले ३६ रनको साझेदारी गरे। पर्थिभ ४३ रन बनाए आउट भए जस अघि २४ बलमा ७ चौका र २ छक्का प्रहार गरे। लगत्तै मोइन अलि पनि ४ रन बनाएर आश्विनको बलमा बोल्ड भए भने अक्षदिप नाथ पनि ३ रन बनाएर आउट भए।

९ ओभरमा ८१/४ को अवस्थामा पुगेको बैंगलोरलाई त्यसपछि डी भिल्लर्स र मार्कस स्टोइनीसले सम्हाले। दुवैले विस्फोटक इनिंग खेल्ने क्रममा अविजित इनिंग खेल्दै बैंगलोरको योगफल २०० पार गराए।

प्लेयर अफ द म्याच घोषित डी भिल्लर्सले अविजित ८२ रन बनाए जुन क्रममा ४४ बलमा ७ छक्का र ३ चौका प्रहार गरे। स्टोइनिसले ३४ बलमा २ चौका र ३ छक्का मदतले अविजित ४६ रन बनाए। दुई ब्याट्सम्यानले पाँचौ विकेटको लागि ११ ओभरमा १२१ रनको साझेदारी गरे।

भिल्जोइनले गरेको इनिंगको अन्तिम ओभरमा डी भिल्लीलर्स र स्टोइनिसले २७ रन बनाए। ओभरमा स्टोइनिसले ३ र डी  भिल्लीलर्सले १ छक्का प्रहार गरे। यस्तै १९ औं ओभरमा भिल्लीलर्सले मोहम्मद शामीलाई लगातार ३ छक्का प्रहार गरेका थिए।

पन्जाब बलर मोहम्मद शामी ( ४-०-५३-१ ) , मुरुगन आश्विन ( ४-०-३१-१ ) , रभीचन्द्रन आश्विन ( ४-०-१५-१ ) र हार्दुस भिलजोन ( ४-०-५१-१ ) ले १/१ विकेट लिए।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]