सन्दिपको बिषयमा आपत्तिजनक अभिव्यक्ति दिंदा डीन जोन्स बिबादमा

  • विकेटनेपाल – असार १९, मंगलवार

क्यानडामा जारी ग्लोबल टि-२० क्रिकेट प्रतियोगितामा सन्दिप लामिछानेले आफ्नो दोस्रो खेलमा उत्कृस्ट प्रदर्शन गर्दै गर्दा उनको बिषयमा आपत्तिजनक प्रतिक्रिया दिंदा अष्ट्रेलियायी कमेन्टटेटर डीन जोन्स भने बिबादमा मुछिएका छन्।

मोन्टरियल टाइगर्सका र भेनकोभर नाइट्सबिरुद्दको खेलका दौरान सन्दिपले उत्कृस्ट बलिंग प्रदर्शन गर्दै आफ्नो ४ ओभरको स्पेलमा १ मेडनसहित १९ रन खर्चेर १ विकेट हातपारे। आफ्नो बलिंगको अन्तिम ओभरका क्रममा सन्दिपको गुग्लीले ब्याट्सम्यानलाई चक्मा दिएपछि डीन जोन्सले अन एयर कमेन्ट्रिकै क्रममा उनको बिषयमा आपत्तिजनक प्रतिक्रिया दिनपुगेका थिए।

जोन्सले भने, “उनी नेपालबाट खेल्दैछन् र १७ बर्षको उमेरमा यतिहुनु धेरै राम्रो हो तर म भन्छु कि किन कुनै टेस्ट खेल्ने राष्ट्रले सन्दिपलाई धेरै पैसा दिएर आफ्नो देशबाट खेल्न लगाउंदैनन्?”

डीन जोन्सको यस अभिव्यक्ति पछि नेपाली र केहि बिदेशी समर्थक समेत आक्रोशित बनेका छन्। विश्व क्रिकेटमा यसअघि धेरै खेलाडीहरुले दुई राष्ट्रको लागि खेलिसकेको उदाहरण रहेको छ। ओएन मोर्गन (आयरल्याण्ड र इंग्ल्याण्ड), लुक रोञ्चि (अष्ट्रेलिया र न्युजिल्यान्ड), मार्क च्यापम्यान (हंगकंग र न्युजिल्यान्ड) जस्ता खेलाडीहरुले दुईवटा देशबाट खेलिसकेका छन्।

अष्ट्रेलियाका पुर्व खेलाडी डीन जोन्स लामो समयदेखि क्रिकेट कमेन्ट्रि र विश्लेषणमा आबद्ध छन्। विश्वकै ठुला प्रतियोगिताहरु आइपिएल, पीएसएल र अन्य अन्तर्राष्ट्रिय खेलहरुमा कमेन्ट्रि गर्दै आएका जोन्स यसअघि पनि एक विवादमा मुछिएका थिए। सन् २००६ मा कोलम्बोमा सम्पन्न श्रीलंका र दक्षिण अफ्रिका बिचको टेस्ट क्रिकेटको कमेन्ट्रिका क्रममा दक्षिण अफ्रिकी ब्याट्सम्यान हाशिम अम्लालाई आतंककारी भनेपछि जोन्सलाई टेन स्पोर्ट्स च्यानलले कमेन्ट्रि प्यानलबाट बर्खास्त गरेको थियो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]