आईपीएल टि-२० अन्तर्गत १३ औं सिजनमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स बीचको खेल चलीरहेको छ। खेलमा टस हारेर पहिले ब्याटिंग गरेको बैंगलोरले उत्कृस्ट सुरुवात गर्दै ११.१ ओभरमा ९० रन बनाएर २ विकेट गुमाएको छ। क्रिजमा बिराट कोहली र ए बि डी भिल्लीयर्स ब्याटिंग गरिरहेका छन्।
टिमलाई उत्कृस्ट सुरुवात दिलाउने क्रममा लिगमा तथा बैंगलोरको लागि डेब्यु गरेका २० वर्षीय बायाँ हाते ब्याट्सम्यान डेभदत्त पडीक्कलले अर्धशतक बनाएका हुन्। उनले ३६ बलमा अर्धशतक पुरा गर्ने क्रममा ८ चौका प्रहार गरेका थिए।
११ औं ओभरको अन्तिम बलमा विजय शंकरबाट बोल्ड आउट हुनु अघि उनले ४२ बलमा ८ चौका मद्दतले ५६ रन बनाए। अर्का ओपनर आरोन फिन्चले २९ रन बनाएर आउट भएका छन्। फिंच र पडीक्कले पहिलो विकेटको लागि ११ ओभरमा ९० रनको साझेदारी गरेका थिए।
Outstanding debut from young Padikkal. Can see why there was so much hype about him. Wish him well, he is exciting. Loved the on-side pick-up shot and the drive over mid-off
— Harsha Bhogle (@bhogleharsha) September 21, 2020
डेब्युमा शतक बनाएको पडीक्कलको करियरमा यो पहिलो पटक हैन। उनले प्रथमश्रेणी डेब्युमा २०१८ मा महारास्ट्र बिरुद्ध ७७ रन, लिस्ट ए डेब्युमा २०१९ मा झारखण्ड बिरुद्ध ५८ रन तथा टि-२० डेब्युमा उत्तराखण्ड बिरुद्ध अघिल्लो वर्ष ५३ रन बनाएका थिए।
खेलमा बैंगलोरले अलराउण्डर क्रिस मोरिस, पार्थिव पटेल र मोइन अलिलाई बाहिर राखेको छ। अनुभवी ओपनर पार्थिव पटेललाई बाहिर राख्दै बैंगलोरले पडीक्कललाई मौका दिएको हो।
शाहिन अफ्रिदीले ४ बलमा लिए ४ विकेट ( भिडियो सहित )
कप्तान मल्लको ट्वीटले अमेरिकी एम्बेसी क्लिन बोल्ड
IPL Match 3 : बैंगलोर र हैदरावाद खेल्दै, यस्ता छन् दुवै टिमको बलियो र कमजोर पक्ष
“अम्पायरलाई ‘म्यान अफ द म्याच दिनुपर्थ्यो” अम्पायरको ठूलो गल्तिलाई सेहवागको व्यंग्य
