अभानी प्रिमियर लिग : डेब्युमा जितेन्द्र मुखिया चम्किंदा अभानी शिर्षमा

काठमाडौं । अस्ट्रेलियामा जारी अभानी प्रिमियर लिगमा लालिगुराँस क्रिकेट क्लबमाथि फराकिलो जितका साथ अभानी क्रिकेट क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

यसै साता नेपाली राष्ट्रिय क्रिकेटरद्वय जितेन्द्र मुखिया र प्रदिप ऐरीको साथ पाएको अभानीले उत्कृस्ट प्रदर्शन गर्दै १ सय २६ रनको फराकिलो जित हात पारेको हो ।

पहिले ब्याटिङ गरेको अभानीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।

अभानीका लागि प्लेयर अफ द म्याच समेत घोषित अमित श्रेष्टले ५१ बलमा ७५ तथा सिद्धान्त राजले ४२ बलमा ३० रन बनाए । ओपनिंग गरेका प्रदिप ऐरीले ३ रन मात्र बनाउन सके। लालिगुराँसका तेज चन्दले २ विकेट लिएका थिए ।

१ सय ५६ रनको लक्ष्य पछ्याएको लालिगुराँस १२ दशमलब १ ओभरमा २९ रनमा समेटियो । लालिगुराँसका लागि क्षितिज सिंहले ६ तथा इन्द्रजित शर्माले ४ रन बनाए । अभानीका लागि जितेन्द्र मुखिया र कमल जिसीले चार चार विकेट लिए ।


लिगकै अर्को खेलमा द रोयल खुकुरी क्रिकेट क्लबले सगरमाथा क्रिकेट क्लबलाई १२ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको द रोयल खुकुरीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

खुकुरीका लागि कप्तान पियुष गौतमले ४७ बलमा ७२ तथा सुभिज्ञ भट्टले २६ बलमा १४ रन बनाए । सगरमाथाका लागि माधव प्रसाईले तीन विकेट लिए ।

१ सय ३२ रनको लक्ष्य पछ्याएको सगरमाथाले २० ओभरमा ४ विकेट गसमाएर १ सय १९ रन मात्र बनाउँन सक्यो ।

सगरमाथाका लागि अनिलले ३० बलमा अविजित ३६ तथा अर्जुन श्रेष्टले ३७ बलमा २६ रन बनाए । खुकुरीका लागि जीवन ज्ञवाली र पियुष गौतमले समान दुई दुई विकेट लिए ।

तेस्रो खेलमा कंगारु क्रिकेट क्लबले एक्स्ट्राटेक क्रिकेट क्लबमाथि ८ विकेट जित हात पार्यो । पहिले ब्याटिङ गरेको एक्स्ट्राटेकले १९ दशमलब ४ ओभरमा १ सय १७ रन बनाएको थियो ।

एक्स्ट्राटेकका लागि सन्दीप पौडेलले २४ बलमा २७ तथा कृष्न तिवारीले २० बलमा २६ रन बनाए । कंगारुका लागि सुमन तिमिल्सिनाले चार विकेट लिए ।

१ सय १८ रनको लक्ष्य कंगारुले १६ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । कंगारुका लागि रोजल राउतले ५५ बलमा ५५ तथा सहदेव दाहालले १४ बलमा २४ रन बनाए । एक्स्ट्राटेकका लागि अनिल साहुले दुई विकेट लिए ।

चौथो खेलमा आमादब्लम ब्लजर्समाथि वारियर्स क्रिकेट क्लबले ७ विकेटको जित हात पार्यो ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]