IPL : कोरोना मुक्त भएपछि अभ्यासमा फर्किए चाहर

चेन्नाई सुपर किंग्सका फास्ट बलर दिपक चाहर पूर्णरुपमा कोरोना भाइरसबाट मुक्त भएपछि शुक्रबार पहिलो पटक अभ्यास सुरु गरेका छन्। चाहरलाई भारतीय क्रिकेट बोर्डले अभ्यासमा फर्किने अनुमति दिएको हो।

चाहर सहित चेन्नाई टिमका १३ जना सदस्यमा कोरोना संक्रमण देखिएको थियो। चाहरको दुइ वटा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई बुधबार जैव-सुरक्षित माहोलमा प्रवेश गर्ने अनुमति दिईएको थियो।

२८ वर्षीय चाहरले आईपीएलमा ३४ खेल खेल्ने क्रममा ३३ विकेट लिएका छन्। २०१८ मा भारतीय टिमको लागि डेब्यु गरेका चाहरले भारतको लागे ३ एकदिवसीय र १० वटा टि-२० खेलीसकेका छन्।

आईपीएलको गत सिजन उपविजेता रहेको चेन्नाईले लिगको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डिएन्ससंग प्रतिस्पर्धा गर्नेछ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/smith-out-1st-odi-wn20/

https://wicketnepal.com/wn20-team-of-the-tournament-wn20/

https://wicketnepal.com/cricket-south-africa-suspended-wn20/

https://wicketnepal.com/ipl-orange-cap-9-players/

https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/

https://wicketnepal.com/kohli-ipl-team-rcb-balance-wn20/

https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy