भारत-अस्ट्रेलियाको टि-२० हेर्न दिपक-दिपा नेपालको झन्डा सहित स्टेडियममा

  • विकेटनेपाल, मङ्सिर १० 

भारत र अस्ट्रेलिया बीच आइतबार सम्पन्न तेश्रो टि-२० खेल हेर्न चर्चित कमेडियन जोडी दिपक राज गिरि र दिपा श्री निरौला अस्ट्रेलियाको सिड्नी स्टेडियम पुगेका छन्।

स्टेडियममा नेपालको झन्डा सहित पुगेको तस्बिर दिपक र दिपा दुवैले सामाजिक संजालमे शेयर गरेका छन्। दुबैले ढाका टोपी समेत लगाएका छन्। खेल हेरेको फोटोमा दिपकले यस्तो क्याप्सन लेखेका छन्-

“रातो र चन्द्र सूर्य जंगि निशान हाम्रो…. भारत र अष्ट्रेलिया बिच भैरहेको किर्केट खेल हेर्दै सिडनीमा
हाम्रो टोपीले हामिलाइ यो भिडमा पनि छुट्टै देखाइएको छ…!!!”

दिपक राज गिरि क्रिकेट खेलको फ्यानको रुपमा परिचित छन् र अस्ट्रेलिया क्रिकेट टिमको फ्यान भएको उनले एक अन्तर्वार्तामा बताएका थिए। उक्त अन्तर्वार्तामा दिपकले अस्ट्रेलियन टिम रिकी पोन्टिंगको पालमा जस्तो बलियो अहिले नभएको समेत याद गरेका थिए। यस्तै अस्ट्रेलिया जानु अघि एक अन्तर्वार्तामा दिपकले समय मिलेसम्म क्रिकेट हेर्न स्टेडियम जाने गरेको बताएका थिए। सोहि अन्तर्वार्तामा दिपा श्री निरौलाले दिपक खेलको निकै ठुलो फ्यान रहेको र विदेश यात्रामा कुनै खेल परेको छ भने ब्यस्त भए पनि समय मिलाएर खेल हेर्न जाने गरेको बताएकी थिईन्।


दिपक राज गिरिले लगातार केहि बर्ष स्पोर्ट्स अवार्ड कार्यक्रममा क्रिकेट र अन्य खेलकुद बारे व्यंग्यात्मक प्रस्तुति समेत दिंदै आएका थिए। पछिल्लो समय भने फिल्म निर्माणमा ब्यस्त दिपकको ठाउँ स्पोर्ट्स अवार्डको प्रस्तुतिमा अरु कलाकारले लिंदै आएका छन्।

केहि महिना अघि टियु क्रिकेट मैदानमा आयोजित कार्यक्रममा दिपक र दिपाले ब्याटिंग र बलिङ्ग समेत गरेका थिए।

बलिंग गर्दै कलाकार दिपक राज गिरि


दिपक र दिपा क्रिकेट मैदान पुगे पछि उक्त पोस्टमा उनका समर्थकहरुले झन्डा र ढाका टोपीसंगै गएकोमा प्रसंशा गरेका छन्। “खेल चाहिँ भारत र अस्ट्रेलियाको अनि सपोर्ट चाहिँ नेपाललाई हो दाजु / दिदी, जय नेपाल” एक समर्थकले कमेन्ट यस्तो छ।

भारत र अस्ट्रेलिया बीचको तेश्रो टि-२० भारतले ६ विकेटले जित्दै सिरिज १-१ ले बराबरीमा टुंग्याएको छ।

खेल हेर्न स्टेडियम पुगे पनि अस्ट्रेलियन टिमको समर्थक दिपकको अस्ट्रेलिया जितेको हेर्ने चाहना भने पक्कै पुरा हुन पाएन।

यसै बर्ष जनवरीमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको नेपालकै पहिलो क्रिकेट कार्निभल अन्तर्गत एक मैत्रीपूर्ण खेलमा दिपक र दिपाले क्रिकेट खेलेका थिए , फोटोहरुमा हेर्नुस –

ब्याटिंग गर्दै कलाकार तथा दिपा श्री निरौला

बोल्ड हुँदै दिपक राज गिरि

 

पारस खड्कासंग दिपक राज गिरिको सेल्फी

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]