IPL : दोश्रो खेलमा पनि सन्दिपले पाएनन् मौका, दिल्ली टस हारेर ब्याटिंग गर्दै

युएईमा जारि १३ औं आईपीएल अन्तर्गत शुक्रबार श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्स र महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय राति ७:४५ बजे सुरु हुँदैछ। लिग अन्तर्गत चेन्नाईले पहिलो खेलमा मुम्बईलाई ५ विकेटले पराजित गर्दा दोश्रो खेलमा राजस्थानसंग १६ रनले पराजित भएको थियो। दिल्लीले पहिलो खेलमा किंग्स-११ पन्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो। लिग इतिहासमा दुई टिमले एकअर्कासंग हालसम्म २१ खेल खेलेका छन् जसमध्ये चेन्नाई १५ तथा दिल्ली ६ पटक विजयी भएको छ। अन्तिम पटक २०१९ मा चेन्नाईले दिल्लीलाई दोश्रो क्वालीफायरमा ६ विकेटले पराजित गरेको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर चेन्नाईले दिल्लीलाई ब्याटिंगको निम्तो दिएको छ। टस जितेपछि धोनीले पहिले ब्याटिंग गर्ने टिमले जितेपछि परिस्थितिको सम्मान गरेर निर्णय लिएको बताए। दोश्रो इनिंगमा सित बढी हुने धोनीले बताए।

पहिलो खेलमा उत्कृस्ट प्रदर्शन गरेका चेन्नाई ब्याट्सम्यान अम्बाती रायडु घाइते भएका कारण पुनः अन्तिम-११ मा छैनन्। यस्तै ड्वेन ब्राभो पनि घाइते हुँदा अर्को खेल पनि गुमाएका छन्। रुतुराज गायकवाड र जोश हेजलवुडलाई टिममा मौका दिईएको छ। लुंगी एनगीडीलाई बाहिर रखिएको छ।

सन्दिपले पाएनन् मौका : पहिलो खेलमा पन्जाब बिरुद्ध मौका नपाएका सन्दिपले दोश्रो खेलमा रभीचन्द्रन आश्विन घाइते हुँदा मौका पाउने आशा नेपाली फ्यानहरुले गरेका थिए। आश्विनको पहिको खेलमा पन्जाब बिरुद्ध घाइते भएका थिए। तर भारतीय स्पिनरको सट्टा टिमले भेट्रान लेग स्पिनर अमित मिश्रालाई मौका दिएको छ। कप्तान ऐयरले आश्विन २-३ खेल अझै खेल्न मुस्किल हुने बताएका छन्।  टिमले ४ जना विदेशी खेलाडीको रुपमा शिमरन हेटमायर, मार्कस स्टोइनिस, कागीसो रबाडा र एनरिक नोर्कियालाईनै निरन्तरता दिएको छ। मोहित शर्माको स्थानमा आभेस खानलाई खेलाइएको छ।

दिल्लीको अन्तिम-११ : शिखर धवन, पृथ्वी श, शिमरन हेटमायर ✈️, श्रेयस ऐयर ( कप्तान ), रिशभ पन्त, मार्कस स्टोइनिस ✈️, अक्षर पटेल, अमित मिश्रा, कागीसो रबाडा ✈️, एनरिक नोर्किया ✈️ आभेस खान

चेन्नाईको अन्तिम – ११ :  मुरली विजय, शेन वाटसन ✈️, फाफ डु प्लेसी ✈️, रुतुराज गायकवाड, स्याम करन ✈️ , केदार जाधव, रभीन्द्र् जडेजा, महेन्द्र सिंह धोनी, दिपक चाहर, पियुष चावला, जोश हेजलवुड ✈️

किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?

बिराट र अनुष्काबारे कमेन्ट गर्दा गावस्कर विवादमा

आलोचना पछि धोनीको बचाउ गर्दै प्रशिक्षक फ्लेमिंगले के भने

ढिलो ओभर रेटका कारण कोहलीलाई १२ लाख भारु जरिवाना

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy