IPL : दिल्लीले भित्र्याएको अस्ट्रेलियन बलर जसको नाममा छ बिग ब्यास लिगको २ ठुलो रेकर्ड

इन्डियन प्रिमियर लिग ( आईपीएल ) टिम दिल्ली क्यापिटल्सले इंग्ल्यान्ड ओपनिंग ब्याट्सम्यान जेसन रोयको प्रतिस्थापन स्वरूप नयाँ खेलाडीको घोषणा गरेको छ। दायाँ हाते ब्याट्सम्यान रोय अभ्यासको क्रममा घाइते भएपछि पाकिस्तान बिरुद्धको आगामी सिरिजबाट बाहिरिएपछि उनले १३ औं सिजनको आईपीएलबाट समेत बाहिरिएका थिए।

दिल्ली क्यापिटल्सले रोयको सट्टा अनक्याप्ड बायाँ हाते फास्ट बलर ड्यानियल स्याम्सलाई प्रतिस्थापन स्वरूप टिममा भित्र्याएकोको अधिकारिक घोषणा गरेको छ।

दिल्लीमा आबद्ध भएपछि अस्ट्रेलियन फास्ट बलरले खुसि व्यक्त गरेका छन् -“आईपीएल कुनै पनि क्रिकेटरको लागि निकै ठुलो मंच हो। अस्ट्रेलियामा हामि आईपीएल निकै नजिकबाट प्रत्येक वर्ष हेर्ने गर्छौं। दिल्लीले मलाई मौका दिएकोमा म भाग्यमानी महसुस गरिरहेको छु। म युएई पुग्न लालायित छु।”  दिल्लीमा अन्य २ अस्ट्रेलियन खेलाडी मार्कस स्टोइनिस र एलेक्स केरी पनि आवद्ध रहेका छन्।


को हुन् ड्यानीयल स्याम्स

१९९२ मा अस्ट्रेलिया न्यु साउथ वेल्समा जन्मिएका २८ वर्षीय स्याम्स गत सिजन बिग ब्यास लिगमा उत्कृस्ट बलिंग गरेपछि चर्चामा आएका थिए।

बायाँ हाते फास्ट बलरले सिड्नी थन्डर्सको प्रतिनिधित्व गरेका थिए जुनक्रममा २७ वर्षीय बलरले प्रतियोगिताकै सर्वाधिक ३० विकेट लिएका थिए। सोहि प्रदर्शन पछि उनि इंग्ल्यान्ड बिरुद्ध सेप्टेम्बर ४ देखि सुरु हुने आगामी टि-२० र वानडे सिरिजमा डेब्यु गर्न तयार रहेका छन्।

स्याम्स डेथ ओभरमा राम्रो बलिंग गर्न सक्ने बलर हुन्। हालसम्म ३७ टि-२० खेलेका स्याम्सले १८.३६ को औशतले ५२ विकेट लिईसकेका छन्।

स्याम्सको नाममा छ बिग ब्यास लिगको ठुलो रेकर्ड 

स्याम्सको नाममा बिग ब्यास लिगको एकै सिजन सर्वाधिक विकेट लिने तथा एकै टि-२० लिगमा चौथो सर्वाधिक विकेट लिने बलरको रेकर्ड रहेको छ।

उनले गत सिजन बिग ब्यास लिगमा सिड्नी थन्डर्सबाट खेल्ने क्रममा १७ खेलमा १५.३६ को औशत र ११.७ को स्ट्राइक रेटमा ३० विकेट लिएका थिए। बिग ब्यास लिगमा उनि पछि एकै सिजन धेरै विकेट लिने बलर केन रिचर्डसन हुन् जसले २०१८/१९ को सिजनमा २४ विकेट लिएका थिए।

एकै टि-२० लिगमा धेरै विकेट लिने किर्तिमान अल्फानो थोमसको नाममा रहेको छ जसले २०१० को एफपी टि-२० लिगमा १९ खेलमा ३३ विकेट लिएका थिए। आईपीएल २०१३ मा ड्वेन ब्राभोले १८ खेलमा ३२ विकेट लिएका थिए जो यो सुचीमा दोश्रो स्थानमा छन्।

स्याम्स गत सिजन बिग ब्यास लिगको सर्वाधिक विकेट लिने बलर हुन्

बिग ब्यास डेब्युमा सर्वोत्कृष्ट स्पेल  

टि-२० क्रिकेटमा स्याम्सले २०१७/१८ बिग ब्यास लिगमा डेब्यु गरेका थिए। डेब्युमै उनले १४ रन खर्चेर ४ विकेट लिएका थिए जुन बिग ब्यास डेब्युमा हालसम्मकै उत्कृस्ट बलिंग हो।

उनले २०१९ को सिजन ग्लोबल टि-२० क्यानडा लिगमा भानकुभर नाइट्सको प्रतिनिधित्व गरेका थिए। उक्त प्रतियोगितामा उनले ४ खेलमा ७ विकेट लिंदै राम्रो प्रदर्शन गरेका थिए।


आईपीएलको १३ औं सिजन सेप्टेम्बर १९ देखि १० नोभेम्बरसम्म युएईमा आयोजना हुँदैछ। लिगको खेल तालिका सार्वजनिक भएको छैन्।

दिल्ली क्यापिटल्स टिम :- श्रेयस ऐयर, पृथ्वी शा, रिशभ पन्त, शिखर धवन, अक्षर पटेल, कीमो पल, अमित मिश्रा, आवेश खान, हर्शल पटेल, इशान्त शर्मा, कागिसो रबाडा, सन्दिप लामिछाने, रभीचन्द्रन अश्विन, अजिंके रहाने, ड्यानियल स्याम्स , एलेक्स क्यारी, शिमरन हेटमायर, एनरिक नोर्किया, मार्कस स्टोइनिस, मोहित शर्मा, ललित यादव र तुषार देशपान्डे।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/aus-team-to-eng-wn20-odi-t20-ser/

https://wicketnepal.com/ipl-woakes-placement-sa-bow-wn20/

https://wicketnepal.com/5-kheladi-jasko-antim-ipl-wn20/

https://wicketnepal.com/kevin-chakka-car-sisa-wn20/

https://wicketnepal.com/cpl-trinbago-win-top-table-wn20/

https://wicketnepal.com/bradman-11-records-unbreakable-wn20/

https://wicketnepal.com/bravo-500th-wicket-wn20/





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]