दिल्ली कप्तान गम्भीरको ठुलो बयान, होला सन्दिपलाई फाइदा ?

Sandeep Lamichhane, Gautam Gambhir
  • विकेटनेपाल, फाल्गुन २४ 

इन्डियन प्रिमियर लिग आईपीएल टिम दिल्ली डेयरडेभिल्सले गौतम गम्भीरलाई कप्तानमा नियुक्त गरेको घोषणा छ। अघिल्लो सिजन जाहिर खानले टिमको कप्तानी गरेका थिए।

आईपीएलमा पछिल्लो ७ बर्ष कोलकाता नाइट राइडर्सको कप्तानी गरेका गम्भीरले त्यस अघि सुरुवाती ३ वटा सिजनमा दिल्लीको लागि आईपीएल खेलेका थिए। त्यस क्रममा २००९ र २०१० को सिजन कप्तानी समेत गरेका थिए। कोलकाताको कप्तानी गर्दै गम्भीरले सन् २०१२ र सन् २०१४ को आईपीएल उपाधि समेत उनले जिताईसकेका छन्।

७ बर्ष पछि फेरी पुरानै टिममा फर्किएका गम्भीरलाई दिल्लीले आईपीएल अक्सनमा २.८ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो। अक्सनमा २० लाख भारतीय रुपैयाँमा दिल्लीले नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई खरिद गरेको थियो जसको टिमको कप्तान अब गम्भीर हुनेछन्।

“यो मेरो लागि निकै ठुलो सम्मान हो म फेरी दिल्लीको कप्तान हुँदैछु। मलाई पूर्णत बिश्वास छ कि जुन खेलाडीहरु मेरो टिममा छन् उनीहरुसंग निकै राम्रो टिम बनाउन सक्छौ” गम्भीरले बताए। दिल्ली टिममा सन्दिप लामिछाने सहित ट्रेन्ट बोल्ड, ग्लेन म्याक्सवेल, अमित मिश्रा, मोहम्मद शामी, रिसब पन्त, कासिगो रबाडा, प्रिथ्भी शा, ड्यान क्रिस्टिएन, क्रिस मोरिस जस्ता खेलाडीहरु रहेका छन्।

दिल्लीको प्रशिक्षण यो सिजन अस्ट्रेलियन पुर्व कप्तान समेत रहेका रिकी पोंटिंगले गर्ने घोषणा भैसकेको छ। गम्भीर कप्तान घोषणा भएकोमा पोंटिंगले उनको तारिफ गर्दै उनि राम्रो कप्तान रहेको र उनको व्यक्तित्वले टिमलाई आत्मविश्वास दिने बताएका छन्।

गम्भीरको बयानले सन्दिपलाई फाइदा होला ? 

कप्तान नियुक्त भएपछि गौतम गम्भीरले कति पैसामा खरिद गरेको भन्दा पनि प्रदर्शन जसको राम्रो हुन्छ त्यसैलाई अन्तिम ११ मा स्थान दिने बयान दिएका छन्। नेपाली शेन वार्न सन्दिप लामिछाने आईपीएल खेल्न छानिएपछि उनि दिल्लीको अन्तिम ११ मा छनौट हुनेछन् वा हुने छैनन् बहस चल्दै गर्दा गम्भीरको बयानले नेपाली फ्यानहरुलाई आशाबादी बनाएको छ।

sandeep lamichhane
Sandeep Lamichhane

कम मूल्यमा ( २० लाख भा.रु.) खरिद भएका सन्दिपले बिश्व क्रिकेट लिग डिभिजन-२ मा उत्कृस्ट बलिंग गर्दै प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए भने दिल्लीको क्याम्पमा र अभ्यास खेलमा राम्रो प्रदर्शन गरे अन्तिम ११ मा मौका पाउन सक्ने बिश्वास नेपाली समर्थकहरुले गरेका छन्। दिल्लीमा अनुभवी लेग स्पिनरद्वय अमित मिश्रा र राहुल तेवतिया भएका कारण सन्दिपलाई प्लेइंग ११ मा स्थान बनाउन मुस्किल मानिन्छ।

“खेलाडीको ब्यबस्थापन गर्नु त्यति मुस्किल कम हैन, जसले प्रदर्शन गर्छ त्यही अन्तिम ११ मा खेल्नेछ र त्यसको सुरुवात मबाटै हुन्छ। मैले पनि अन्तिम ११ मा ठाउँ बनाउन प्रदर्शन गर्नेपर्छ।

गम्भीरले थपे “कुरा खेलाडीले पाएको पैसा हैन र उनीहरुको हातमा केहि छैन। एउटा मात्र कुरा खेलाडी हातमा छ त्यो हो टिमको लागि प्रदर्शन जसले उनिहरुलाई टिमको हिस्सा बनाईराख्नेछ”

आईपीएलको प्रदर्शन गम्भीरको टिम इन्डियामा कमब्याक गर्ने माध्यम बन्नेछ भन्ने प्रश्नमा दिल्ली कप्तानले भने-

“प्रत्येक बर्ष आईपीएलमा मलाई यही प्रश्न सोधिन्छ कि आईपीएल मेरो कमब्याकको लागि कति महत्वपूर्ण हुनेछ। म कम्ब्याक सोचेर प्रतियोगिता खेल्दिन म खेल्छु प्रतियोगिता जित्नलाई”

लिगको पहिलो खेलमा दिल्लीले अप्रिल ८ मा किंग्स ११ पन्जाबको सामना गर्दै आईपीएलको सुरुवात गर्नेछ ।

( फोटो – दिल्ली डेयर डेभिल्स फेसबुक )





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]