दिल्लीले यसरी दियो सन्दिपले मौका पाउने संकेत

  • विकेटनेपाल, बैशाख ४ 

इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली डेयर डेभिल्सको खराब प्रदर्शन जारि छ। हालसम्म ४ वटा खेल खेल्दा उसले एउटा मात्र खेल जित्न सकेको छ भने अंकतालिकाको सातौँ स्थानमा रहेको छ।

गौतम गम्भीर कप्तानीको टिमले पहिलो खेलमा किंग्स ११ पन्जाबसंग ६ विकेटको, दोश्रो खेलमा राजस्थान रोयल्ससंग १० रनको हार बेहोरेको थियो भने तेश्रो खेलमा मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको थियो। चौथो खेलमा कोलकातासंग ७१ रनको ठुलो अन्तरले हार बेहोरेपछि दिल्ली टिम आलोचित बन्न पुगेको छ ।

चौथो खेलमा कोलकातासंगको हार पछि दिल्लीको अधिकारिक वेबसाइटले हारको ५ वटा कारण बिश्लेषण गरेको छ जसको पाँचौ नम्बरमा सन्दिप लामिछानेलाई इंगित गर्दै आगामी खेलमा नेपाली शेन वार्नले मौका पाउन सक्ने लेखेको छ।

Sandeep Lamichhane
Sandeep Lamichhane

यस्तो लेखिएको छ दिल्लीको अधिकारिक वेबसाइटमा- 

“एकतर्फ जहाँ दिल्लीको बलरहरुले जमेर रन खर्चीरहेका छन् त अर्कोतर्फ कोलकाताका स्पिनरले ७.२ ओभरमा ६६ रन दिएर ७ जना ब्याट्सम्यानलाई आउट गरे। दुवै टिमको बलिंगमा यही ठुलो अन्तरनै दिल्लीलाई पराजित गर्न पर्याप्त थियो। यो सिजन सबै टिमसंग रर्म्रो स्पिनरहरु छन् जसको फाइदा मैदानमा पनि देखिएको छ। आशा गरिएको छ कि आउने खेलमा दिल्लीले पनि आफ्नो अनुभवी स्पिनर अमित मिश्राको साथमा नेपाली शेन वार्न नामले चर्चित सन्दिप लामिछानेलाई मौका दिन सक्छ।”

दिल्लीले यसरी आफ्नो वेबसाइटमै सन्दिपले मौका पाउने लेखेपछि नेपाली फ्यानहरुले पनि ४ खेलसम्म डगआउटमा समेत बस्ने मौका नपाएका सन्दिप अन्तिम ११ मै पर्न सक्ने अनुमान लगाउन थालेका छन्। तर अझै पनि सन्दिप खेल्न पाउने वा नपाउनेमा भने प्रश्न चिन्ह भने उठीनै रहेको छ।

मौका पाउलान त सन्दिपले ? 

अस्ट्रेलियन पुर्व कप्तान रिकी पोंटिंगको प्रशिक्षणमा रहेको दिल्ली टिममा सन्दिप लामिछाने सहित अमित मिश्रा र राहुल तेवतिया गरि ३ जना लेग स्पिनर रहेका छन् जसमध्ये सन्दिप लामिछानेले हालसम्म अन्तिम ११ मा मौका पाएका छैनन् भने अमित मिश्राले ४ मध्ये १ खेलमा ( पन्जाबसंग ) मात्रै मौका पाएका छन्। मिश्रा पन्जाबसंगको पहिलो खेलमा महँगो साबित हुने क्रममा ४ ओभरमा ४६ रन खर्चेका थिए भने त्यसपछि टिममा स्थान पाएका छैनन्।

अर्का लेग स्पिनर राहुल तेवतियाले भने ४ वटै खेलमा मौका पाएका छन् जुन क्रममा राम्रो बलिंग समेत गरेका छन्। पन्जाबसंग १/२४ , राजस्थानसंग ०/२९ , मुम्बईसंग २/३६ तथा कोलकातासंग ३/१८ को बलिंग स्पेल गरेका राहुलले आफ्नो राम्रो बलिंगलाई निरन्तरता दिएका छन्।

आईपीएल सुरु भएर १३ वटा खेल सकिंदा धेरै विलेट लिने खेलाडीहरुको सुचीमा मुम्बईका युवा लेग स्पिनर मायाँक मारकंडे ४ खेलमा ७ विकेट सहित सुनिल नारिन, उमेश यादब र क्रिस वोक्ससंगै शिर्ष स्थानमा रहेका छन्। दिल्लीका लेग स्पिनर राहुल तेवतिया ६ विकेट सहित पाँचौ स्थानमा रहंदा कोलकाताका लेग स्पिनर कुलदिप यादब ४ खेलमा ५ विकेट लिंदै धेरै विकेट लिने रेसमा अघि छन्। यस्तै अन्य लेग स्पिनर मुजिब उर् रहमान, रासिद खान, युजभेंद्र चाहलको प्रदर्शन पनि राम्रो रहँदै आएको छ।

राहुल तेवतिया राम्रो बलिंग गरिरहेका छन्

लेग स्पिनरहरु सफल रहँदै गरेको अवस्था र दिल्लीले लगातार हार बेहोरेको अवस्थामा आगामी खेलमा नयाँ रणनीति अपनाउदै २ जना लेग स्पिनरलाई टिममा स्थान दिने जोखिम दिल्लीले लिए अथवा तेवतियाको बिकल्प खोजेको खण्डमा सन्दिपले टिममा मौका पाउन सक्छन्। तर तेवतियाको प्रदर्शन राम्रो रहँदै गर्दा दिल्लीले उनको बिकल्प खोज्ला अथवा २ जना लेग स्पिनर राखेर जोखिम मोल्न सक्ला भने प्रश्नले सन्दिपको खेल्ने सम्भावनालाई पर भने धकेलेको छ। तथापी दिल्लीको वेबसाइटले सन्दिपलाई खेल जिताउन सक्ने खेलाडीको बिकल्प दिंदा नेपाली फ्यानहरुलाई भने पुनः आशावादी बनाएको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) पुर्व सीईओ भावना घिमिरेले यही सन्दर्भमा आज गरेको ट्वीट यो लेखमा पक्कै सान्दर्भिक हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy